४७ औं स्मृति दिवस तथा २ कृतिहरु लोकार्पण

पोखरा–२०, श्री १०८ स्वामी देवानन्द वेदान्त केशरी महाराजजीको ४७ औं स्मरण दिवसको अवसरमा श्री साईदेव साधना कुटीरद्वारा प्रकाशित २ वटा कृतिहरु एक भव्य समारोह बीच यही माघ ११ गते गुरुवारका दिन पोखरा २० भलाममा अवस्थित श्री साई देव साधना कुटीरको प्राङ्गणमा लोकार्पण भएका छन । उक्त कृतिहरु बिद्वान द्वय क्रमशः नेपाल ऋषि डा।जगमान गुरुङज्यू तथा सह–प्राध्यापक डा।भोला नारायाण रेग्मीको करकमलबाट लोकार्पण भएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल ऋषि डा।जगमान गुरुङज्यूले दिप प्रज्वलन गरी सुरु भएको उक्त समारोहमा सन्त महाराजजीहरु, विद्वत वर्गहरु, बिभिन्न संघ संस्थालाई नेतृत्व प्रदान गर्ने मान्यजनहरु , तथा श्रद्दालु जनहरु गरी करीब २०० जनाको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको गरिमा बढाउन उपस्थित सबैलाई बाल बिकासकी छात्रा श्री अनास्तासिया थापाले शव्दहरुद्वारा स्वागत गरेकी थिइन ।

समारोहको प्रारम्भमा गायत्री मन्त्र उच्चारणको साथै सामुहिक वेद वाचन गरिएको थियो । कार्यक्रम सफलताको शुभकामना वाणीहरु क्रमशः श्री तिर्थराज पौडेल श्री राजेन्द्र कायस्थ, श्री बिष्णु बहादुर खत्रीज्यूले प्रस्तुत गर्नु भएको थियो ।स्वामी देवानन्द वेदान्त केशरी महाराजजीको सालिकमा माल्यार्पण गर्दै श्री १०८ स्वामी ईशानानन्द महाराजजीले उहाँको वाचन कला शैलीको स्मरण गराउनु भएको थियो । कनिष्ठ शिष्यका रुपमा परिचित विद्वान श्री टंक नापीतज्यूले पनि स्वामी देवानन्दको अद्भुत विद्वताका बारेमा स–बिस्तार बयान गर्नुभएको थियो । साथै आफ्ना गुरु सँगका साथ समयलाई सम्झेर ल्याउदा आजपनी गुरु आफै सामु रहेको आभाष हुने कुराहरु ब्यक्त गर्नु भएको थियो । विद्वानहरुको प्रबचन सहित बीच(बीचमा प्रस्तुत गरिएका भगवानका भजनहरुले समारोह स्थललाई नै भगवतीय कृपा बर्षाको गुन्जायस दिलाएको थियो ।समारोहमा प्रस्तुत बिषय बस्तुहरुमा मन्त्र मुग्ध सबै जना आनन्दले हर्ष बिभोर बन्नु भएको थियो ।

वेदान्त केशरी स्वामी देवानन्द स्मृति ग्रन्थ २०८० लोकार्पण गर्दै नेपाल ऋषि डा।जगमान गुरुङज्यूले समारोहमा उपस्थित सबैलाई सद्भाव राखेमा जति असम्भव लाग्ने कुराहरु पनि सम्भव भएका दृष्टान्तहरु दिनुभएको थियो ।साथै उहाँले स्वामी देवानन्द वेदान्त केशरी आफ्ना पनि गुरु भएको र उहाँले स्वंय आफ्नै वरद हस्तद्वारा देवीको मन्त्र लेखिदिएको कुराको पनि खुलासा गराउनु भएको थियो ।प्रकाण्ड विद्वान भएर पनि सा¥र्है सरल र सादा जीवन यापनमा बिस्वास राख्ने स्वामी देवानन्द महाराजजीसँग बिताएका सत्संङहरुको स्मरण गराउनुभएको थियो । स्वामी देवानन्द महाराजजीको सम्झनामा तयार पारिएको उक्त स्मृति ग्रन्थको सम्पादन समूुहमा पुराण प्राज्ञ श्री मोहन खःश क्षेत्रीज्यू ,सह–प्राध्यापक डा। श्री भोला नारायण रेग्मीज्यू, साहित्यकार देवेन्द्र के।सीे। “देवु”, ज्यू र श्री सूर्य सुमन थापाज्यू रहनु भएको छ । सह(प्राद्यापक डा। भोला नारायाण रेग्मीज्यूले महाकाल शनिमृत्युन्जय आदि स्तोत्र कवच सहित नवग्रह शान्ति तथा सङ्क्षिप्त हवन विधि पुस्तक लोकार्पण गर्दै स्मरण दिवसको महत्व दर्शाउनु भएको थियो । साथै उहाँले स्वामी देवानन्द महाराजजीको तपोबल द्वारानै यस्ता सत्कर्महरुको प्रेरणा मिल्न सक्ने बताउनु भएको थियो । बिभिन्न मन्त्रहरुको संगालोको रुपमा रहेको उक्त पुस्तकमा समय सान्दर्भिक बिभिन्न धार्मीक अनुष्ठानका साथै नित्य कर्महरुलाई सम्पन्न गर्ने सा¥है सरल तरिका छोटकरीमा प्रस्तुत गरिएको जानकारी पनि गर्नु भएको थियो । स्मरण रहोस स्वामी देवानन्द स्वामीजीको जन्म फूलबारीमा(हालको पोखरा म। न। पा। ११ ) भए पनि उहाँल भलामको(हाल पोखरा म। न।पा। २०) वाहिरबारी भन्ने ठाउँमा रमणीय बगैँचाको निर्माण गरी करीब ३५ बर्ष बिताउनु भएको थियो ।उक्त स्थानमा अहिले देश(बिदेशबाट समेत साधकहरु आई साधना गर्ने स्थल “श्री साई देव साधना कुटीर” रहेको छ ।सोही दिव्य भुमीमा अनवरत ३ घण्टासम्म चलेको उक्त भव्य समारोहको संचालन श्री सूर्य सुमन थापाले गर्नु भएको थियो भने भगवानमा मङ्गल आरती पश्चात् सो समारोह समापन भएको थियो ।