समाचार

जनप्रियलाई ४० रोपनी जग्गा उपलब्ध गराउँछु ः मन्त्री थापा

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापाले ४ हजार विद्यार्थी अध्ययन गर्ने जनप्रिय क्याम्पसलाई ४० रोपनी जग्गा उपलब्ध गराउन प्रतिवद्ध भएको बताए । जनप्रिय बहुमुखी क्याम्पसको ३२ औं वार्षिकोत्सवका अवसरमा प्रमुख आमन्त्रित थापाले मानित विश्वविद्यालयका लागि आवश्यक जग्गा, भौतिक पूर्वाधार, भवन निर्माणका लागि आफू र प्रदेश सरकार प्रतिवद्ध रहेको जनाए । थापाले दुईपटकसम्म मुलकभरिकै उत्कृष्ट सामुदायिक क्याम्पस र गुणस्तर सुनिश्चितताको प्रमाणपत्र पाएको जनप्रिय क्याम्पसको गुणस्तरले खुशी लागेको… पुरा पढौ

प्राडा बुद्धिलाई अवार्ड, दीपेन्द्रलाई पुरस्कार

नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान गरेकोमा प्राडा बुद्धिबहादुर थापालाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । युआरएल फाउन्डेसनले शनिबार आयोजना गरेको कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा केदारभक्त माथेमा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्राडा भरतबहादुर खत्री, गुणस्तर विज्ञ सुशील थापा, राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार प्रतिभा छनोट समिति संयोजक बद्रिविनोद प्रतीक, फाउन्डेसनका अध्यक्ष ठाकुरप्रसाद पन्थ लगायतले उनलाई सम्मान गरेका हुन् । सोही कार्यक्रममा पत्रकारितामार्फत् स्वास्थ्य क्षेत्रमा योगदान गरेकोमा दीपेन्द्र श्रेष्ठलाई… पुरा पढौ

‘जाम हिड साइली’ लिएर आइन् शान्ति

गायिका शान्ति श्रीस मगर पोखराकी स्थायी बासिन्दा हुन् । बुटिक व्यवसायी श्रीस संगीत क्षेत्रमा समेत क्रियाशील छिन् । अहिले गायिका मगरको ‘जाम हिड साइली’ सार्वजनिक भएको छ । उनको अफिसियल युटुबमार्फत सार्वजनिक भएको गीतमास्वरुपराज आचार्यको समेत स्वर समेटिएको छ । सुरेश रानामगरको शब्द, संगीत रहेको गीतमा गौरव पहारी र रजनी गुरुङको अभिनय छ । म्युजिक भिडियोको छायाँकन काठमाडौंमा गरिएको हो । मौसम हिमालीको कथा, निर्देशन र कोरियोग्राफीमा गीतको म्युजिक भिडियो… पुरा पढौ

ड्राइभिङ स्कुल संघ गण्डकीमा ठकुरीको नेतृत्व

ड्राइभिङ स्कुल संघ नेपाल गण्डकी प्रदेश समितिको शनिबार पोखरामा भएको प्रथम अधिवेशनले तुलबहादुर ठकुरी (कास्की) को अध्यक्षतामा नयाँकार्य समिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा प्रविण सापकोटा (नवलपुर), उपाध्यक्षमा नवराज तिवारी (तनहुँ), सचिवमा रामचन्द्र पौडेल (कास्की), सहसचिवमा भीमलाल खनाल (स्याङजा), सदस्यमा नवराज दवाडी (कास्की), गोपाल अधिकारी (स्याङ्जा), हेमराज महतो (नवलपुर), मेघनाथ देवकोटा (कास्की), मनध्वज राना (तनहुँ), कमलादेवी गुरुङ (कास्की), सुस्मिता थापा (नवलपुर) र गंगाराम शर्मा चापाँगाई (कास्की) छन् ।… पुरा पढौ

नगर प्रहरी माथि हातपात गर्ने व्यवसायी घिमिरे पक्राउ

ड्युटीमा रहेका नगर प्रहरीमाथि हातपात तथा अभद्र व्यवहार गर्ने एक व्यवसायीलाई कास्की प्रहरीले पक्राउ गरेको छ । शनिवार साँझ महेन्द्रपुलमा फुटपाथको सामान हटाउने क्रममा नगर प्रहरी माथि आक्रमण गर्ने रेनुका स्टोरका सञ्चालक गोविन्द प्रसाद घिमिरेलाई घटना लगत्तै कास्की प्रहरीले पक्राउ गरेको हो ।  घिमिरेलाई आइतबार सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको कास्की प्रहरीका प्रवक्ता डिएसपी श्रवण कुमार विकले जानकारी दिनुभयो । फुटपाथमा सामान राखेर व्यापार गर्दै आएका घिमिरेलाई पटक… पुरा पढौ

पोखराबाट बस चोरेर भाग्दै गरेका किशोर पक्राउ

सामान्यतया किशोरावस्था शिक्षाआर्जनकै अवधि हो । यो उमेरमा किशोरकिशोरीहरु घरबाटै स्कुल, क्याम्पसमा शिक्षार्जन गर्छन् । पछिल्लो समय साइबर अपराध र अन्य आपराधिक घटनामा किशोरकिशोरीको संलग्ना बढ्दै गएको छ । हालै प्रहरीले पोखरामा रोकिराखेको बस चोरेर चितवन पुग्नुभएका एक किशोरलाई पक्राउ गरेको छ । शुक्रबार राति पोखरा महानगरको वडा नं. ९ मा पार्किङमा राखिएको ग१ख ९६३८ नम्बरको बस चोरी भयो । शुक्रबारै राति चितवनको भरतपुर नगरपालिका वडा नं. ११ आँपटारीबाट सो… पुरा पढौ

भिजन क्लब अफ काठमाडौको चार्टर हस्तान्तरण

मानवीय सेवा र सामाजिक उत्तरदायित्वको उद्येश्य अनुरुप स्थापित भिजन क्लवस् ईन्टरनेशनलको पहीलो क्लव भिजन क्लव अफ काठमाडौंको संस्थामा आवध्दता चार्टर हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसालको प्रमुख आतिथ्यता र उप-प्रमुख सान्नानी लामाको विषेश आतिथ्यतामा गत शनिबारका विविध कार्यक्रम सहित भिजन क्लव अफ काठमाडौंको संस्थामा आवध्दता चार्टर हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । काठमाडौंको गोकर्णेश्वर ४ उतरवाहिनीमा स्थित हिमाली घरमा आयोजित कार्यक्रममा स्थानिय बाल-बालिकाहरुद्वारा साँस्कृतिक… पुरा पढौ

ठगी मुद्दामा वडा सदस्यसहित ४ पक्राउ

लेकसाइडको फुटट्रायकमा ठगी आरोपमा वडा सदस्यसहित ४ जना पक्राउ परेका छन् । पोखरा लेकसाइड स्थित फुटट्रायकमा फोटोग्राफीगरे बापत मिलन पहारी समेतले धम्काई प्रतिव्यक्ति १३ हजार ५ सय लिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा पोखरा ६ का वडा सदस्य दीपेन्द्र पहारी पनि छन् । उनी नेकपा एमालेबाट निर्वाचित भएका हुन् । १५ जनाको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले ती ४ जनालाई… पुरा पढौ

कास्कीमा तामाङ पत्रकार संघको २० औं स्थापना दिवस

तामाङ पत्रकार संघको २०औं स्थापना दिवसको अवसर पारेर तामाङ पत्रकार संघ कास्कीले पोखरामा बुधबार शुभकामना आदानप्रदान एवं अन्तक्र्रिया कार्यक्रम आयोजना गरी मनाएको छ । कार्यक्रमको उद्घाटन गर्दै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सल्लाहकार दीपेन्द्र श्रेष्ठले तामाङ पत्रकार संघ कास्कीले पछिल्ला सबै कुरा बुझेर संघको स्थापना गरी आफ्ना कार्यक्रमलाई गतिशील बनाइरहेको भन्दै प्रशंसा गरे । आफ्नो समुदायको भाषा, संस्कृतिको विषयलाई उठान गर्दै क्षमता अभिवृद्धिमा पनि जोड दिनुपर्ने उनको भनाइ थियो ।… पुरा पढौ

प्याब्सनको नेपाली रचनात्मक प्रतियोगिता

प्याब्सन कास्कीले आयोजना गरेको आधारभूत तह स्तरीय नेपाली रचनात्मक प्रतियोगिताको नतिजा सार्वजनिक भएको छ । मंसिर १५ गते भएको प्रतियोगिताको नतिजा बुधबार सार्वजनिक भएको हो । प्रतियोगितामा सबलाइम माध्यमिक विद्यालयकी सोनिया थापा प्रथम भएकी छन् भने रेन्बो एकेडेमिक होम्सका साहिल राना दोस्रो भएका छन् । बालप्रभात बोर्डिङकी प्रकृति अधिकारी, शान्ति निकेतनकी हर्षी भूत्र्याल र पोखरा पब्लिकका शुभदर्शन केसी क्रमशः तेस्रो, चौथो र पाँचौं भएको प्रतियोगिताका संयोजक डिल्लीराम अर्यालले जानकारी दिए… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं