पोखरा दर्पणले शितलादेवीमा बनायो स्कुल इमर्जेन्सी रुम

लायन्स क्लब अफ पोखरा दर्पणले सामुदायिक र सरकारी बिद्यालयमा प्राथमिक उपचार सेवालाई प्रभावकारी ढङ्गबाट सञ्चालन गर्न पोखराका तीन स्कुलमा स्कुल इमर्जेन्सी रुम बनाउने भयको छ । 

जस अन्तर्गत पोखरा १२ को शितलादेवी माध्यमिक बिद्यालयमा पहिलो स्कूल ईमर्जेन्सी रुमको स्थापना गरिसकेको छ । बुधबार पोखरा १२ का अध्यक्ष सन्तोष बाँस्तोला र लायन्स डिष्ट्रिक्ट ३२५ एलका गभर्नर परमेश्वर बरालले यसको उद्घाटन गरेका छन् ।

आफ्नो वार्षिक कार्ययोजनामा रहेको ब्यवस्थित र गुणस्तरीय स्वास्थ्य कक्ष स्थापनाको अवधारणा अनुरुप क्लबको रुम बनाएको हो । यसबाट सो विद्यालयमा अध्यनरत १ हजार २ सयभन्दा बढी विद्यार्थी, तथा शिक्षक, कर्मचारी लाभान्वित हुने छन् ।

बिद्यालयले उपलब्ध गराएको कक्षमा आवश्यक पूर्वाधारदेखि प्राथमिक उपचारका औषधि, ईमर्जेन्सी बेड, स्ट्रेचर्, मेडिकल ट्रली, आवस्यक स्वास्थ्य उपकरण र अरु सामग्री हस्तान्तरण गरिएको छ । वडाध्यक्ष बास्तोलाले क्लबको यो अभियानले महानगरलाई लागि पनि मार्गदर्शन गरेको जनाए ।

उनले विद्यालयका लागि आवश्यक पर्ने स्वास्थ्य कर्मचारी ब्यवस्थापनका लागि वडा कार्यलयले सहयोग र समन्वय गर्ने वाचा गरे । लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एलका गभर्नर परमेश्वर बरालले सामाजिक कार्यमा अग्रसर लायन्स क्लब अफ पोखरा दर्पणले समाजका लागि नमुना कार्य गरेको भन्दै बधाई दिए । उनले यस किसिमको कार्यबाट विद्यार्थीको पठनपाठनमा समेत सकारत्मक प्रभाव पर्ने अपेक्षा सुनाए ।

उक्त परियोजनाका लागि क्लबका अलावा नेपाल लायन्स फाउण्डेसन, बाल मैत्री क्षेत्रमा कृयाशिल संस्था राइट फर चिल्ड्रेन र क्लबका अध्यक्षको ईन्जिनियरिङ अध्ययन कालका साथीहरुको समूह ूसाथी समूहले सहकार्य गरेका छन् ।

साथी समूहमा किरण केसी, अमित ढुङ्गाना, बिमल बराल, सचिन सापकोटा, सन्तोष अधिकारी, राजिव अधिकारी, रितेश द्वा लगायत छन् । आगामी एक महिनाभित्र थप २ स्कुलमा समेत स्कुल ईमर्जेन्सी रूम स्थापना गरिने सभाध्यक्ष एवं क्लबका अध्यक्ष किरण केसीले घोषणा गरे ।

कार्यक्रम सञ्चालन क्लबका सचिव जीबन बाबु तिवारी र धन्यवाद ज्ञापन द्वितिय उपाध्यक्ष पदमलाल अधिकारी र स्वागत मन्तव्य बिद्यालयका प्रधानाध्यापक बाबुराम अधिकारीले राखेका थिए ।

कार्यक्रममा राइट फर चिल्ड्रेनका प्रमुख कार्यकारी निर्देशक अनिल पौडेल, लायन्सका जोन चेयरपर्सन बिजेन्द्र शर्मा पौडेल, नेपाल लायन्स फौन्डेसन, डिष्ट्रिक्ट ३२५ एलका गण्डकी प्रमुख शान्ताकुमार श्रेष्ठ, बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष टीकाबहादुर कार्की लगायतले बोलेका थिए ।