
पोखरा ५ पस्र्याङमा रहेको बिहानी मन्टेसरीस्स् प्रि–स्कुलले बुधबार सरस्वती पूजासहित अक्षरारम्भ कार्यक्रम गरेको छ । बालबालिकामा हुने बालमनोविज्ञान अनुसार व्यवहारिक शिक्षा प्रदान गर्दै आएको बिहानीकी प्रिन्सिपल कल्पना रेग्मीले बताइन् ।
स्कुलले सो अवसरमा नर्सरी, एलकेजी र युकेजीमा विषेश छुटमा भर्ना खुलाएको छ । बुधबार बिहानदेखि बेलुका सम्म उपस्थित हुने बालबालिकालाई छुट हुने व्यवस्था गरिएको प्रिन्सिपल रेग्मीले बताइन् ।
यो मन्टेसरीले पोखरा उपत्यकाभित्र यातायात सुविधासमेत उपलब्ध गराउँछ । बालबालिकाको सर्वाङ्गीण विकास र बाल सिकाईलाई मध्यनजर गर्दै दक्ष तथा अनुभवी शिक्षकबाट शिक्षण गरिने उनले बताइन् ।