प्रतीकात्मक तस्बिर
तनहुकाे आँबुखैरेनी गाउँपालिका-१ स्थित मित्रता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्र वृतिमा पाठी दिएकाे छ । तनहुँ जिल्लामै पहिलो पटक बाख्राको पाठी छात्रवृति प्रदान गरिएकाे हाे।
विद्यालयले तीन जना विद्यार्थीलाई छात्रवृत्तिका रूपमा पाठी वितरण गरेको प्रधानाध्यापक सुरेन्द्र बोगटीले जानकारी दिए। विद्यार्थीलाई आत्मनिर्भर बनाउन प्रेरित गर्ने उद्देश्यले छात्रवृत्तिमा पाठी वितरण अभियान सुरू गरिएको उनले बताए।
कक्षा ८, ७ र ६ मा अध्ययनरत तीन छात्रालाई छात्रवृत्तिका रूपमा एक/एक वटा पाठी वितरण गरिएको छ । आयआर्जनसँग जोड्न सुरू गरिएको अभियान प्रभावकारी हुने विश्वास लिइएको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान बताउछन् ।