समाचार

शृंखला क्लबमा दिनेशको नेतृत्व

पोखरा महानगरपालिका वडा नं. २० मा क्रियाशील शृखला क्लबको पाँचौं अधिवेशनले दिनेश बस्नेतको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । शनिबार भएको अधिवेशनबाट उपाध्यक्षमा मोहन रावल, सचिव हरिश थापा, सहसचिव विक्रम खत्री र कोषाध्यक्षमा शरद खत्री चुनिए । सुनील सुनार, योगेन्द्र बस्नेत र निर्दाेष नेपाली सदस्य छन् । नवनिर्वाचित समितिलाई निर्वाचन मण्डलका संयोजक नवीन थापाले सपथ गराएका छन् । निर्वाचन समितिमा महेन्द्रराज पौडेल र निर्मल खत्री सदस्य थिए । नवनिर्वाचित… पुरा पढौ

नेवा खलः कास्की अध्यक्षमा अशोक पालिखे

नेवा खलः कास्की अध्यक्षमा फेरि अशोक पालिखेकै नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चुनिएको छ । अधिवेशनबाट कार्यसमिति, सल्लाहकार तथा आमन्त्रित सदस्यहरु चयन भएका हुन् । समितिको वरिष्ठ उपाध्यक्षमा तीर्थ श्रेष्ठ, अर्का उपाध्यक्ष प्रकाशलाल श्रेष्ठ, महासचिव श्रीकृष्ण कतिला, उपमहासचिव भैरवलाल श्रेष्ठ र कोषाध्यक्षमा चन्द्रबहादुर राजभण्डारी छन् । सदस्यमा पदेन सदस्यतर्फबाट संगीता बज्राचार्य, वीनित जोजिजु, कृष्णबहादुर श्रेष्ठ, सुशील गोशली र गोपाल बाटाजु छन् । संस्थागत तर्फबाट सन्तोष श्रेष्ठ, हर्कमान शाही र श्रवणलाल जोशी… पुरा पढौ

पोखराका ट्याक्सी मिटरमा चल्ने, नचले कारवाही हुने

पोखराका ट्याक्सी मिटर चल्न नमानेको गुनासो धेरै आएपछि शनिबार भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले सरोकारवालासँग अन्तक्र्रिया आयोजना ग¥यो । कार्यक्रममा सहभागी ट्याक्सी व्यवसायीले गण्डकी प्रदेश सरकारले २ वर्षअघि समायोजन गरेको भाडादर अनुसार गुड्न सहमति जनाएका छन् । यातायात मन्त्रालयले २०७८ फागुन १ गतेदेखि लागू हुने गरी भाडादर समायोजन गरेको थियो । भाडा समायोजनापछि पनि ट्याक्सी मिटरमा चलेका थिएनन् । यातायात मन्त्री रेशमबहादुर जुग्जालीसहित सरोकारको अन्तरक्रियामा पोखरेली ट्याक्सी सेवा… पुरा पढौ

पोखरा १७ मा कांग्रेसको आन्तरिक विशेष अभियान

नेपाली कांग्रेसको केन्द्रीय परिपत्र अनुसार ‘आन्तरिक विषेश अभियान २०८०’ अन्तर्गत नेपाली कांग्रेस पोखरा १७ को वडा भेला शनिबार भएको छ ।कार्यक्रममा कास्की कांग्रेस सभापति किशोरदत्त बरालले कांग्रेसलाई जनताले भर गर्ने, अनुशासित र बलियो पार्टी बनाउनका लागि सबै विषयलाई स्वास्थ छलफल गर्दै जनपक्षीय रुपमा चलाउनुपर्ने बताए । उनले पोखरा १७ मा कुनै विवाद नरहेको स्पष्ट पार्दै ०७९ को तिहारको शुभकामना आदानप्रदानका अवसरमा गरिएको उपस्थितिको माइन्युटलाई अन्य प्रयोजनमा प्रयोग गरिएको भन्दै आपत्ति… पुरा पढौ

आयल निगमका हामिक नै चोरीमा संलग्न !

चोरी आरोपमा छानबिनमा पर्ने भएपछि आयल निगमका प्रादेशिक प्रमुख चित्तरञ्जन दास सम्पर्कविहीन भएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले निगम गण्डकी प्रदेश कार्यालयबाट डिजेल चोरी गरी बिक्रीका लागि लैजादै गरेको ट्यांकर बिहीबार नियन्त्रणमा लिएको थियो । गगनगौंडामा रहेको निगमको डिपोबाट इन्धन पश्चिमाञ्चल पेट्रोल पम्प लैजाँदै गरेको ग२ख ८३६ नम्बरको ट्यांकर नियन्त्रणमा लिइएको थियो । त्यो्याङ्कर डाँडाकोनाक प्रहरी चौकीमा राखिएको छ । १२ हजार लिटर क्षमताको त्यो ट्यांकरमा थप ३ हजार… पुरा पढौ

१ महिनाभित्रै पोखराका चोकका सालिक सालिक पार्कमा

पोखरा महानगरपालिका भित्र सडकमा रहेका सबै सालिकहरूको व्यवस्थापन गरिने भएको छ । शुक्रवार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको अध्यक्षतामा बसेको सर्वदलीयरसर्वपक्षीय बैठकले सडकमा रहेका सालिकहरू महानगरमा क्रियाशील राजनीतिक दलहरू, सरकारी निकाय तथा सरोकारवाला संघसंस्थाहरुसँग आवश्यक समन्वय गरी एक महिना भित्र स्थानान्तरणरव्यवस्थापन गर्ने निर्णय गरेको हो । सर्वदलीयरसर्वपक्षीय बैठकको निर्णयमा भनिएको छ, “पोखरा महानगरपालिका भित्र सडकमा रहेका सबै सबै सालिकहरूको सम्बन्धमा महानगरमा क्रियाशील राजनीतिक दलहरू, सरकारी निकाय तथा सरोकारवाला संघसंस्थाहरुसँग आवश्यक… पुरा पढौ

प्रदेशको मोडल फेर्नैपर्छः अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय उपाध्यक्ष डिपी अर्यालले अहिलेको प्रदेश संरचना कामकाजी नभएको उल्लेख गर्दै त्यसको मोडेलमा परिमार्जन जरुरी भएको टिप्पणी गरेका छन् । आगामी आमनिर्वाचनअघि नै प्रदेश संरचनाको नयाँ मोडल तयार गरी जनतामा जाने योजना उनले सुनाए । ‘अहिलेको प्रदेश संरचना कामकाजी भएन । नेताहरुलाई व्यवस्थापन गर्ने ठाउँ जस्तो देखियो, आगामी आमनिर्वाचनअघि नै प्रदेशको कस्तो मोडेल राम्रो हुन्छ भन्ने खाकासहित जनतामा जान्छौं,’ उनले भने । उनले अरु दलका राम्रा… पुरा पढौ

रोजिना र अनुरागलाई बाल साहित्य पुरस्कार

कौशिलादेवी भण्डारी बाल साहित्य पुरस्कारबाट विद्यार्थीद्वय अनुराग सापकोटा र रोजिना अधिकारी सम्मानित भएका छन् । अनुराग शितलादेवी मावि पोखरामा कक्षा ८ मा पढ्छन् भने रोजिना महेन्द्र मावि लाहाचोककी कक्षा १० की छात्रा हुन् । नारी प्रतिभा वाङ्मय प्रतिष्ठानले संस्थाको वार्षिकोत्सवको अवसरमा बिहीबार आयोजना गरेको कार्यक्रममा अग्रज लोकगायिका हरिदेवी कोइराला, प्रतिष्ठानकी संस्थापक सल्लाहकार डा पुष्पा केसी भण्डारी लगायतले पुस्रकार प्रदान गरेका हुन् ।डा पुष्पाले आफ्नी सासू कौशिलादेवीको स्मृतिमा स्थापना स्थापना गरेको… पुरा पढौ

पाेखराकाे नहरमा डुबेर बालककाे मृत्यु

पोखरामा आज नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । पोखरा महानगरपालिका—१७ घारीपाटन निवासी डिल्लीराम अधिकारीका छोरा सम्वोधन अधिकारी दिउसो सोही वडाको पावर हाउस नजिक नहर कुलोमा पौडी खेल्ने क्रममा बगेका थिए । बेपत्ता बालकको खोजी गर्ने क्रममा घटनास्थलभन्दा एक सय मिटर तल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।बालकलाई खोजीका क्रममा सशस्त्र प्रहरी बल कालिका गण मालेपाटनबाट खटिएको टोलीले फेला पारेको थियो । बालकको शव पोस्टमार्टमका… पुरा पढौ

कांग्रेस सांसद डा सुनील शर्मा पक्राउ

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले बिहीबार कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य सुनील शर्मालाई पक्राउ गरेको छ । उनीमाथि फर्जी कागजात बनाएको अभियोग छ। शर्माले शैक्षिक प्रमाणपत्र कीर्ते गरेको पाइएको प्रहरी प्रवक्ता कुवेर कडायतले बताए । सोही प्रकरणमा अन्य तीन जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । ब्युरोले मेडिकल क्षेत्रसँग सम्बन्धित कीर्ते कागजात बनाएकोबारे उनीमाथि अनुसन्धान भइरहेको जनाएको छ । शर्मा गत मंसिरमा सम्पन्न निर्वाचनमा मोरङ ३ बाट प्रत्यक्ष निर्वाचित भएका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं