पोखरा महानगरपालिका वडा नं. २० मा क्रियाशील शृखला क्लबको पाँचौं अधिवेशनले दिनेश बस्नेतको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ ।
शनिबार भएको अधिवेशनबाट उपाध्यक्षमा मोहन रावल, सचिव हरिश थापा, सहसचिव विक्रम खत्री र कोषाध्यक्षमा शरद खत्री चुनिए । सुनील सुनार, योगेन्द्र बस्नेत र निर्दाेष नेपाली सदस्य छन् ।
नवनिर्वाचित समितिलाई निर्वाचन मण्डलका संयोजक नवीन थापाले सपथ गराएका छन् । निर्वाचन समितिमा महेन्द्रराज पौडेल र निर्मल खत्री सदस्य थिए ।
नवनिर्वाचित अध्यक्ष बस्नेतले सामाजिक रुपान्तरण सँगसँगै पारदर्शिता र भलाम क्षेत्रको समग्र विकासमा पहल गर्ने प्रतिवद्धता गरे । कार्यसमितिका केही सदस्य र सल्लाहकार चाडै चयन गरी क्लबलाई यो क्षेत्रको अग्रणी र नमूना संस्थाको रुपमा स्थापित गरिने उनले बताए ।






