समाचार

शृंखला क्लबमा दिनेशको नेतृत्व

पोखरा महानगरपालिका वडा नं. २० मा क्रियाशील शृखला क्लबको पाँचौं अधिवेशनले दिनेश बस्नेतको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । शनिबार भएको अधिवेशनबाट उपाध्यक्षमा मोहन रावल, सचिव हरिश थापा, सहसचिव विक्रम खत्री र कोषाध्यक्षमा शरद खत्री चुनिए । १५ सदस्यीय समितिका सदस्यमा राजकाजी गौतम, किरण खत्री, विजय कार्की, अमृत गौतम, चिरञ्जीवी केसी, योगेन्द्र बस्नेत, सुनील सुनार, सुनील खत्री, सीता सापकोटा र सुबिना नेपाली छन् । समितिका सल्लाहकारमा निर्मल खत्री, रविबहादुर… पुरा पढौ

बडिगाड गाउँपालिकाको सार्वजनिक सुनुवाई भदौ २ गते हुने

बागलुङको बडिगाड गाउँपालिकाले आगामी भदौ २ गते सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने भएको छ । गत आर्थिक वर्षमा सम्पन्न भएका योजनाहरुको समिक्षा तथा सार्वजनिक सेवा प्रवाहको सवालमा नागरिहरुलाई सुसूचित गराउने उद्देश्यले सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको गाउँपालिकाकाले जनाएको छ । स्थानीय शासन सञ्चालन ऐनले गरेको व्यवस्था अनुसार स्थानीय निकाय र नागरिकहरु बीचमा दोहोरो सम्बाद स्थापित गर्दै विकास निर्माणका कार्य र सेवाप्रवाहलाई गुणस्तरीय एवं प्रभावकारी बनाउन हरेक सार्वजनिक सुनुवाईको नियमित आयोजना गरिएको… पुरा पढौ

कास्कीका स्कुल भोलि बिदा

कास्कीका विद्यालयमा मंगलबार बिदा दिइने भएको छ । शिक्षा विकास तथा समन्वय इकाइ कास्कीले सोमबार सूचना निकालेर गुरुङ समुदायको परम्परागत पर्व ट्होंटेमा बिदा हुने जनाएको हो । इकाइ प्रमुख लोकराज आचार्यले तमु धीं नेपालको अनुरोधपछि स्थानीय बिदाबाट कट्टा हुने गरी मंगलबार बिदा दिन पत्रचार गरिएको जानकारी दिए । गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री हुँदा ट्होटेमा बिदा दिइएको थियो । इकाइ प्रमुख आचार्य भन्छन्, ‘विगतमा प्रदेशमा बिदा दिइएको थियो । पहिले… पुरा पढौ

१ महिनामै भत्कियो पोखराको कालोपत्र

पोखरा ९ सहाराटोलमा भएको कालोपत्र एक महिना नहुँदै उप्किएको छ । गत असार अन्तिमतिर पृथ्वी राजमार्गबाट ट्राफिक कार्यालय कास्की हुँदै नयाँबजार निस्कने बाटो कालोपत्र भएको थियो । यो बाटोमा अहिले धेरै ठाउँमा खाल्डा परेका छन् । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको १० लाख बजेटबाट ८० मिटर कालोपत्र गरिएको थियो । पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले सडक कालोपत्र गर्दा प्राविधिक अनुगमन नपुगेको र लापरबाही देखिएको जनाए । पुरा पढौ

गण्डकी सरकारले तत्काल कागबेनीमा राहत पठाउने

गण्डकी सरकारले आइतबार राति बाढी क्षति गरेको मुस्ताङको कागबेनी क्षेत्रमा तत्काल राहत पठाउने भएको छ । सोमबार बिहान बसेको प्रदेश विपद् ब्यवस्थापन कार्यकारी समितिको अकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको कागबेनीमा बाढीबाट विस्थापित र प्रभावित नागरिकलाई राहत दिन र उद्धारमा जुट्न निर्देशन दिइएको मुख्यमन्त्री मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताउनुभयो । पीडितको उद्धार, उपचार, राहत र पुनस्र्थापनाको काम प्रदेश सरकारले सुरु गरेको छ । मुख्यमन्त्री पाण्डेको अध्यक्षतामा… पुरा पढौ

कक्षा १२ काे रिजल्ट यसरी हेर्नाेस्

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १२ सानो ठिमी भक्तपुरबाट २०८० सालमा सञ्चालित परीक्षाको कक्षा १२ को परीक्षाफल  सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ ।  बोर्डका सहसचिव एवं प्रवक्ता जङ्गबहादुर अर्यालले परीक्षाफल प्रकाशनका लागि अन्तिम तयारी भइरहेको जानकारी दिए । उनले आजै परीक्षाफल प्रकाशन हुनसक्ने सम्भावना भने न्यून रहेको स्पष्ट पारे । बोर्डले साउनभित्रमै परीक्षाफल प्रकाशन गरिसक्ने प्रतिबद्धता जनाएको छ ।  नेपाल टेलिकमले आइभिआर, एसएमएस, युएसएसडी र वेबसाइटमार्फत परीक्षाफल प्राप्त… पुरा पढौ

विशेष मुक्तक वाचनमा नवपुस्ता

नवपुस्तालाई प्रोत्साह गर्ने मुल उद्देश्यका साथ मुक्तक मञ्च केन्द्रीय समितिले १८३ औँ नियमित वाचन श्रङ्खलामा विशेष कार्यक्रमको आयोजना गरेको भव्यताका साथ समापन गरेको छ । हरेक महिनाको अन्तिम शनिबारमा नियमित मुक्तक वाचन हुनेगरेकोमा यसपटक भने मुक्तक मञ्चले बिशेष मुक्तक वाचनमा नयापुस्ता कार्यक्रम राखेको हो । कार्यक्रममा बिशेष वाचकहरू बिवेक अधिकारी, अनुष्का पौडेल , गौरव ढुंगाना, सुसन पौडेल, उषा गुरुङ, बिना बराल, क्रिसला पोख्रेल, सन्देश पौडेल, सुजित प्रसाद कुशवाहा र बिना… पुरा पढौ

शृंखला क्लबमा दिनेशको नेतृत्व

पोखरा महानगरपालिका वडा नं. २० मा क्रियाशील शृखला क्लबको पाँचौं अधिवेशनले दिनेश बस्नेतको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । शनिबार भएको अधिवेशनबाट उपाध्यक्षमा मोहन रावल, सचिव हरिश थापा, सहसचिव विक्रम खत्री र कोषाध्यक्षमा शरद खत्री चुनिए । सुनील सुनार, योगेन्द्र बस्नेत र निर्दाेष नेपाली सदस्य छन् । नवनिर्वाचित समितिलाई निर्वाचन मण्डलका संयोजक नवीन थापाले सपथ गराएका छन् । निर्वाचन समितिमा महेन्द्रराज पौडेल र निर्मल खत्री सदस्य थिए । नवनिर्वाचित… पुरा पढौ

नेवा खलः कास्की अध्यक्षमा अशोक पालिखे

नेवा खलः कास्की अध्यक्षमा फेरि अशोक पालिखेकै नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चुनिएको छ । अधिवेशनबाट कार्यसमिति, सल्लाहकार तथा आमन्त्रित सदस्यहरु चयन भएका हुन् । समितिको वरिष्ठ उपाध्यक्षमा तीर्थ श्रेष्ठ, अर्का उपाध्यक्ष प्रकाशलाल श्रेष्ठ, महासचिव श्रीकृष्ण कतिला, उपमहासचिव भैरवलाल श्रेष्ठ र कोषाध्यक्षमा चन्द्रबहादुर राजभण्डारी छन् । सदस्यमा पदेन सदस्यतर्फबाट संगीता बज्राचार्य, वीनित जोजिजु, कृष्णबहादुर श्रेष्ठ, सुशील गोशली र गोपाल बाटाजु छन् । संस्थागत तर्फबाट सन्तोष श्रेष्ठ, हर्कमान शाही र श्रवणलाल जोशी… पुरा पढौ

पोखराका ट्याक्सी मिटरमा चल्ने, नचले कारवाही हुने

पोखराका ट्याक्सी मिटर चल्न नमानेको गुनासो धेरै आएपछि शनिबार भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले सरोकारवालासँग अन्तक्र्रिया आयोजना ग¥यो । कार्यक्रममा सहभागी ट्याक्सी व्यवसायीले गण्डकी प्रदेश सरकारले २ वर्षअघि समायोजन गरेको भाडादर अनुसार गुड्न सहमति जनाएका छन् । यातायात मन्त्रालयले २०७८ फागुन १ गतेदेखि लागू हुने गरी भाडादर समायोजन गरेको थियो । भाडा समायोजनापछि पनि ट्याक्सी मिटरमा चलेका थिएनन् । यातायात मन्त्री रेशमबहादुर जुग्जालीसहित सरोकारको अन्तरक्रियामा पोखरेली ट्याक्सी सेवा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं