समाचार

प्रचण्ड, विप्लव र माधवको एउटै स्वरः फुट्नमात्र होइन, जुट्न पनि जानेका छौँ

समाजवादी मोर्चाका शीर्षस्थ नेताहरुले अहिले मोर्चा बने पनि भविष्यमा एउटै पार्टी र एउटा लक्ष्यमा पुग्न सक्ने औंल्याएका छन् । उनीहरुले कम्युनिस्टहरुले फुट्नमात्र नभएर जुट्न पनिजुट्न पनि जानेको सुनाए । अनेक फुट र वैमस्यबाट आएको नेपाली कम्युनिस्ट आन्दोलन फेरि मोर्चामार्फत् एकीकरणको मार्गमा पुग्ने उनीहरुको विश्वास छ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादको आधारशीला निर्माण गर्न मोर्चा बनाइएको जनाउँदै पार्टी एकतासम्म पुग्ने र जनताको सपना साकार पार्ने… पुरा पढौ

एकै जिल्लामा वर्षमा ९ चितुवा मृत फेला

पर्वतमा गएको वर्षमात्रै ९ चितुवा मृत फेला परे । डिभिजन वन कार्यालय पर्वतका आर्थिक वर्ष २०७९÷८० मा ९ चितुवा मृत फेला परेका थिए भने २ वटाको जीवितै उद्धार गरिएको थियो । शुक्रबार पनि मोदी गाउँपालिका ७ राम्जादेउरालीमा १ चितुवा मृत भेटिएको छ । गौतम कुल मन्दिर नजिकै धानखेतमा चितुवा मृत फेला परेको हो । डिभिजन वनका कर्मचारी र प्रहरीसहितको टोलीले मृत चितुवालाई गाडेको छ । डिभिजन वन कार्यालयका प्रमुख नवराज… पुरा पढौ

२३ वर्षपछि बाघजात्राः को को बन्दै छन् राजारानी र बाघ ?

पोखरामा २३ वर्षपछि १८ गते सोमबारदेखि २० गते बुधबारसम्म बाघ जात्रा देखाइँदै छ । यस पटकको बाघजात्रा करिब लाखले अवलोकन गर्ने आयोजकको अनुमान छ । यसपालि बाघजात्रा आयोजना गर्न पोखरा महानगरपालिका, वडा कार्यालय, नेवा छें लगायतले साथ दिएका छन् । जात्रालाई महानगर र नेवाः खल कास्कीले संरक्षकत्वमा दिएका छन् । बाघजात्रा आयोजक समिति २०८० संयोजक जवाहरलाल श्रेष्ठले पोखरा महानगरपालिकासहित आसपास अरु पालिकाका प्रमुख, प्रदेश सरकार, सभासदसहित बाहिरी जिल्लाबाट पनि अतिथि,… पुरा पढौ

भोलि समाजवादी मोर्चाको सभा, मोर्चा गण्डकी संयोजकमा गायत्री

समाजवादी मोर्चा गण्डकी प्रदेश संयोजन समितिको संयोजकको जिम्मेवारी गायत्री गुरुङले पाएकी छन् । मोर्चामा आवद्ध दलहरुबीच आलोपालो नेतृत्व गर्ने सहमति अनुरुप पहिलो पटक गुरुङले नेतृत्व पाएकी हुन् । उनी नेकपा (माओवादी केन्द्र) गण्डकी अध्यक्ष हुन् । मोर्चा सदस्यमा माओवादी केन्द्रबाट ज्ञामनाथ गैरे र जगन्नाथ खनाल, एकपा (एकीकृत समाजवादी)बाट केशवलाल श्रेष्ठ, श्रीनाथ बराल र प्रतापलाल श्रेष्ठ छन् । जनता समाजवादी पार्टीले मोर्चाका सदस्यमा गोपाल गुरुङ, निर्मल जिसी र रमेश नेपालीलाई उठाएको… पुरा पढौ

सर्पले डसेकी महिलाको झारफुक गर्दागर्दै ज्यान गयो

बैतडीमा विषालु सर्पले डसेकी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका १ सेरीकी ५५ वर्षीया पार्वती घटाल छिन् । मङ्गलबार राति उनलाई खाना पकाउँदै गर्दा सर्पले टोकेको थियो । बुधबार दिउँसो उनको मुत्यु भएको पञ्चेश्वर स्वास्थ्यचौकीका इन्चार्ज सुरेश सार्कीले जानकारी दिए । सर्पको टोकाइबाट गम्भीर भएकी घटालको झारफुक गर्दागर्दै मृत्यु भएको हो । ‘हामीलाई भर्खर मात्रै थाहा भयो, सर्पले टोकेपछि झारफुकको साटो अस्पताल लगेको भए ती महिलाले… पुरा पढौ

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँको एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन् । प्रहरीलेतनहुँ ऋषिङ गाउँपालिका-७, ज्यामिरेमाइ आधारभूत विद्यालयका प्रधानाध्यापक झुलबहादुर थापालाई बालिका बलात्कारको आरोपमा सोमबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अवदेश विष्टका अनुसार थापालाई लमजुङको भोर्लेटारबाट पक्राउ गरिएको हो । गत साउन ३१ गते प्रधानाध्यापक थापाले १२ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै परिवारले प्रहरीमा उजुरी दिएका थिए । उजुरी दिएपछि थापा फरार थिए… पुरा पढौ

भुटान-पोखरा सिधा उडान हुने

भुटानको ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार भुटानको पारा अन्तर्राष्ट्रिय विमानस्थलबाट यही भदौ २३ गते सिधा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रुक एयरले उडान गर्ने भएको हो । यो उडान चार्टर हो । “भुटानको ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि सेप्टेम्बर २३ मा सिँधै उडान गर्ने छ । यो उडान चार्टर्ड उडान हुनेछ ।” उनले भने । ड्रक एयरको विमान… पुरा पढौ

सम्झौता कार्यान्वयन गर्न ड्राइभिङ स्कुल व्यवसायीको माग

कास्कीका ड्राइभिङ स्कुल व्यवसायीले सवारी ट्रायल सेन्टरमा प्रयोग हुने सवारी साधन बाहिरका प्रशिक्षार्थीलाई सिकाउन प्रयोग भएको भन्दै ध्यानाकर्षण पत्र बुझाएका छन् । आइतबार कार्यालयमा पुगेको टोलीले यातायात सवारी कास्की प्रमुख जितेन्द्रजंग केसीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका हुन् । उनीहरुले यातायातको प्रयोगात्मक परीक्षामा प्रयोग हुने सवारी ट्रायल सकिएपछि कार्यालय हाताभित्रै राख्ने व्यवस्था मिलाउन माग गरे । ट्रायलमा प्रयोग हुने गाडीको टेन्डर कुसुम सप्लायर्स र दुई पांग्रेको टेन्डर सेल प्लेक्सले पाएका थिए… पुरा पढौ

बारा–पोखरा समाजमा होमविलास

बारा–पोखरा सम्पर्क समाजको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनले होमविलास सापकोटाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समाजको वरिष्ठ उपाध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठ, उपाध्यक्ष राजु देवकोटा, सचिव राजेन्द्रप्रसाद आचार्य र कोषाध्यक्ष गंगा लामिछाने निर्वाचित भए । सदस्यमा सम्झना भुजेल, बिजेन्द्र चौधरी, ओमनाथ तिमल्सिना, उमेशकुमार ठाकुर, सञ्जु चौधरी र राहुल पासवान छन् । वन विज्ञान क्याम्पस पोखराका प्राडा नारायण गौतम र निर्वाचन अधिकृत दिलीपकुमार श्रेष्ठले नवनिर्वाचित पदाधिकारीलाई सपथ गराएका छन्… पुरा पढौ

पोखरा वृद्धाश्रमको वार्षिकोत्सवमा रवीन्द्र पुरस्कृत

ऋषिलीला पत्रकारिता पुरस्कार २०८० बाट लेखक रवीन्द्र माकाजू सम्मानित भएका छन् । पोखरा वृद्धाश्रमको शनिबार आयोजित २६ औं वार्षिक साधारणसभामा प्रतिनिधिसभा सदस्य विद्या भट्टराई अधिकारी लगायतले उनलाई पुरस्कृत गरेका हुन् । पोखरा वृद्धाश्रमबाट सञ्चालित यो पुरस्कारको राशि नगद २५ हजार र सम्मानपत्र छ । लेखक माकाजूका ५ दर्जनभन्दा बढी कृति प्रकाशित छन् । ज्येष्ठ नागरिकको हकहितबारे कलम चलाउने लेखक÷पत्रकारलाई यो पुरस्कार प्रदान गर्ने गरिएको छ । यो पुरस्कारबाट यसअघि चट्याङ… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं