समाचार

गोहीको आक्रमणबाट मृत्यु

चितवनमा गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्युहुनेमा पूर्वी चितवनको रत्ननगर नगरपालिका–५ स्थित मगरटोलका ४४ वर्षीय फगुना महतो रहेका छन् । शनिवार साँझ महतो डुङ्गाघाट क्षेत्रमा मृतावस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । महतो माछा मार्न जाँदा गोहीले आक्रमण गरेको हुन सक्ने अनुमान छ । पुरा पढौ

दोस्रो योजनामा राेजगारी सिर्जना र उत्पादन वृद्धि केन्द्रित

गण्डकी प्रदेश सरकारले चालु वर्ष दोस्रो पञ्चवर्षीय योजना (२०८०।८१–२०८५।८६) निर्माण गर्दैछ । उक्त योजना निर्माणकालागि आईतवार अवधारणा पत्र पारित भएको छ । प्रदेश नीति तथा योजना आयोगले तयार गरेको अवधारण पत्र मुख्यमन्त्री तथा आयोगका अध्यक्ष सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले पारित गरेको हो । मुख्यमन्त्री पाण्डेले बसाईसराई रोक्ने, उत्पादन र उत्पादकत्व वृद्धी गर्ने, रोजगारीको अवसर सिर्जना गर्ने गरी दोस्रो पञ्चवर्षीय योजना बनाउन सुझाब दिए । ‘कार्यन्वयन हुने खालका योजना मात्रै… पुरा पढौ

पाखुरीकोटमा युआरएको सहयोगमा निशुल्क शिविर

पोखरा–१३, भद्रकालीमा शनिबार मधुमेह तथा रगतमा हुने खराब बोसो (टिजी) सित्तैमा जाँच गरिएको छ । पाखुरीकोट गुरुङ समाजको आयोजनामा भएको शिविरमा ३ सय ७ जनाको सित्तैमा जाँच गरिएको हो । पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा भएको शिविरमा अरु सबै प्रकारका जाँचमा समेत ५० प्रतिशत छुट दिइएको थियो । कार्यक्रममा वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारीले मानिसमा अक्सर देखिने स्वास्थ्य समस्या, ती समस्या निराकरणका लागि अपनाउनुपर्ने… पुरा पढौ

पोखरा पावरहाउसमा महिला मृत फेला

पोखरा १७ मा पावरहाउस नजिकै नहरमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । ५८ वर्षीया पवित्रा बराल नहरमा मृत अवस्थामा भेटिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी बेदप्रकाश जोशीले जानकारी दिए । ‘आज दिउँसो बरालको शव भेटिएको हो । उनी शुक्रबारदेखि घरबाट सम्पर्कविहीन थिइन्,’ जोशीले भने । स्थानियले ड्यामसाइड नजिकैको स्थानबाट मान्छे खसेको जस्तो देखिएको शुक्रबार नै जानकारी दिएपछि हिजो दिउँसैबाट प्रहरील्े खोजी गरेको थियो । पुरा पढौ

अपांग महिलालाई सामूहिक बलात्कार आरोपमा २ युवा पक्राउ

स्याङ्जामा ३२ वर्षीया अपांग महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा २ युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले महिलालाई बलात्कार गरेको आरोपमा पुतलीबजारका २५ वर्षीय सुवास गुरुङ र २७ वर्षीय मदन गुरुङलाई पक्राउ गरेको हो । परिवारको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी पावलसिंह लामाले जानकारी दिए । प्रहरीका अनुसार घटना भदौ २० गतेको हो । बौद्धिक अपांग भएकी ती महिलालाई आफ्नै घरमा… पुरा पढौ

२५ औं लामाचौर तीज महोत्सव सुरु

पोखरा, ३० भदौ । नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) को आयोजनामा २५ औं संस्करणको लामाचौर तीज महोत्सव शनिबार सुरु भएको छ । संस्थाको २७ औं वार्षिक समारोह एवं तीज अवसरमा ३ दिनसम्म लामाचौरको इन्द्रराज्यलक्ष्मी माविको प्रांगणमा महोत्सव संचालन हुनेछ । महोत्सवको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र आचार्यले समुद्घाटन गरे । उनले नेपाली कला संस्कृति संरक्षणमा जोड दिँदै नवआदर्शले निरन्तररुपमा आयोजना गर्दै आएको महोत्सवको सफलताको शुभकामना दिए । संस्थाको… पुरा पढौ

विनय प्रखेप सदस्य

प्रदेश खेलकुद परिषद गण्डकीको रिक्त सदस्य पदमा विनय थापा मनोनयन भएका छन् । सदस्यमा मनोनयन भएका थापालाई शुक्रबार पद तथा गोपनियताको शपथ ग्रहण गराइएको हो । परिषदका सदस्य सचिव श्रीधर शर्माले परिषदको सभाकक्षमा उनलाई शपथ ग्रहण गराए । यसअघि परिषदका सदस्य रामचन्द्र थापाले राजीनामा दिएसँगै परिषदमा एक पद रिक्त थियो । परिषद सदस्यमा मनोनयन भएका थापा नेपाल वुद्धिचाल संघका केन्द्रीय उपाध्यक्षसमेत हुन् । शपथ ग्रहण कार्यक्रममा परिषदका सदस्यहरु, कार्यालय प्रमुख… पुरा पढौ

चौथो मिष्टर बुल्समेन शारीरिक सुगठन प्रतियोगिताको तयारी अन्तिम चरणमा

पोखरा-मोफसलको सर्वाधिक पुरस्कार राशीको चौथो मिष्टर बुल्समेन शारीरिक सुगठन प्रतियोगिता आगामी असोज ५ र ६ गते लालितपुरको सानेपामा हु्दैं छ । प्रतियोगिताको आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । पुरस्कार राशी ओभरअल च्याम्पियनले ट्रफीसहित नगद ५ लाख रुपैयाँ प्राप्त गर्ने छ । बुल्समेन क्लब पोखरा तीन संस्करणका प्रतियागिता पोखरामै आयोजना गरेको थियो । खेलकुदलाई विकेन्द्रीकरण गर्नुपर्ने ध्येयसहित क्लबले पहिलो पटक पोखरा भन्दा बाहिर ललितपुरमा आयोजना गर्ने निर्णय गरेको हो । मोफसलकै… पुरा पढौ

बसुन्धरा पार्ककाे १० राेपनीमा ग्रिन भेन्चर जोन बनाइने

फोहोर व्यवस्थापनमा बारम्बार समस्या खेप्दै आएको पोखरा महानगरमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)ले ग्रिन भेन्चर जोन बनाउने भएको छ । महानगरकै स्वामित्वमा रहने यो जोन बसुन्धरा पार्कको करिब १० रोपनीमा बन्नेछ ।जोनका लागि कोइकाले ९.८ मिलियन डलर र युएनडिपीले ०.८७ मिलियन डलर लगानी गर्ने छन् । जोनका लागि महानगरका फोकल पर्सन नेत्र तिमिल्सिनाले नकुहिनेबाट फोहोर व्यवस्थापनको नमुना केन्द्र र पर्यटकीय स्थलको रुपमा यसलाई विकास गरिने अवधारणा सुनाए । फेरि प्रयोग… पुरा पढौ

लम्पी स्किन उपचारमा पालिकालाई हेफरको साथ

हेफर इन्टरनेसनल नेपालले देशभरका २० भन्दा बढी पालिकालाई लम्पी स्किन प्रभावित पशुको उपचार गर्नका लागि आवश्यक औषधी तथा सामाग्री हस्तान्तरण गरेको छ । पशु सेवा बिभागको तथ्यांक अनुसार नेपालका ७७ वटै जिल्लामा फैलिएको लम्पी स्किन रोगबाट करिब १५ला ख २० हजार पशुहरु संक्रमित भएको पुष्टि भएको छ भने अहिलेसम्म करिब ५३ हजार पशु मरेका छन् । यसै सन्दर्भमा हेफर इन्टरनेशनल नेपालसँग साझेदारीमा कृषि तथा पशु उद्धमशीलता विकास परियोजना सञ्चालन भएका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं