समाचार

शीतल सहकारीको साधारणसभा

पोखरा १७ छोरेपाटनमा रहेको शीतल बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा शनिबार भयो । सभामा पोखरा महानगर सहकारी समितिका अध्यक्ष रवीरमण तिवारीले ऋण लिएर तिर्नु पर्दैन भन्ने मानसिकता कसैले राखेको छ भने आजै हटाउन आग्रह गरे । ऋण लिएर सहकारीलाई समस्यामा पार्नेलाई नगरपालिकाका सेवा, सुविधा वञ्चित गर्ने प्रक्रियामा रहेको उनले जनाए । तिवारीले सहकारीहरुले पैसाको खरिद, बिक्री मात्र नगरी उत्पादनमा लगाउन सके राम्रो हुने उनको तर्क… पुरा पढौ

पर्यटन मन्त्रीको सफाइ अभियान विन्ध्यवासिनीमा

संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्री सुदन किराँतीले शनिबार पोखराको विन्ध्यवासिनी मन्दिर क्षेत्रमा सरफाइ अभियान चलाए । केही महिनादेखि हरेक शनिबार काठमाडौंको पशुपतिनाथमा सरसफाइ अभियान चलाउँदै आएका मन्त्री किराँती पोखरा आएका बेला विन्ध्यवासिनीमा अभियानलाई निरन्तरता दिएका हुन् । शनिबार बिहानै सामाजिक सञ्जालमार्फत् उनले सरसफाइमा सहभागी हुन पोखरेलीलाई आह्वान गरेका थिए । उनले प्रतीकात्मक रुपमा कार्यक्रम गरिएको सुनाए । मन्त्री किरातीले भने, “यहाँ धेरै नै फोहोर भएकाले सफाइ गरिएको होइन, सबै… पुरा पढौ

माओवादीको म्याग्दी–पोखरा सम्पर्क मञ्च हेम्जामा श्रीपाली

हेम्जा, ५ असोज । पोखरा महानगरपालिका–२५ हेम्जामा नेकपा माओवादी केन्द्रको म्याग्दी पोखरा सम्पर्क समिति अन्तरगत इकाई कमिटि गठन भएको छ । नेकपा माओवादी केन्द्रको म्याग्दी–पोखरा सम्पर्क समितिले शुक्रबार हेम्जाको सुइखेतमा आयोजना गरेको भेला तथा अन्तरक्रियापछि रणबहादुर श्रीपालीको अध्यक्षतामा ३१ सदस्यीय कमिटि गठन भएको हो । दिलकुमारी हर्मेल उपाध्यक्ष, अबिर बिक सचिव र प्रेम रसाइली कोषाध्यक्षमा चयन हुनुभएको माओवादी केन्द्र म्याग्दी–पोखरा सम्पर्क समितिका अध्यक्ष लोकनाथ भट्टराईले जानकारी दिनुभयो ।कार्यक्रममा नेकपा माओवादी… पुरा पढौ

‘कोइकालाई बसुन्धरा पार्क नदेऊ’

पोखरा, ५ असोजसरोकारवालाले फेवाताल किनारको बसुन्धरा पार्कमा कुनै पनि वाहानामा कसैलाई संरचना बनाउन नदिन आग्रह गरेका छन् । पोखरा महानगरले कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) लाई पार्कको १० रोपनी जग्गा ग्रिन भेन्चर जोन स्थापनाका लागि दिएपछि स्थानीयले खबरदारी गरेका हुन् । राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपाल र स्थानीयको टोलीले शुक्रबार कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे र पोखरा महानगरकी उपमेयर मञ्जुदेवी गुरुङलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा सार्वजनिक… पुरा पढौ

धर्मराज त्रिवि प्रज्ञिक परिषद् सदस्य

गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस पोखरा १७ का क्याम्पस प्रमुख धर्मराज बराल त्रिवि प्राज्ञिक परिषद् सदस्य बनेका छन् । त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्तबाट क्याम्पसका प्रमुखहरुको तर्फबाट बराल नियुक्त भएका हुन् । त्रिवि उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले त्रिवि कार्यकारी परिषद्को हालै भएको बैठकको सिफारिस अनुसार बराललाई प्राज्ञिक परिषद् सदस्य नियुक्त गरेका हुन् । प्राज्ञिक परिषद् सदस्यले पाठ्यक्रम निर्माण, परीक्षा व्यवस्थापन, अनुसन्धान लगायतका विषयमा काम गर्छन् । देशभर त्रित्रिबाट सम्बन्धन प्राप्त साढे ५… पुरा पढौ

वैज्ञानिक मनिषा द्वालाई डागर स्मृति पुरस्कार

डागर स्मृति प्रतिष्ठान नेपालले आठौं वार्षिक साधारण सभाको अवसरमा युवा वैज्ञानिक र अग्रज समाजसेवीलाई पुरस्कृत एवम् सम्मानित गरेको छ । प्रतिष्ठानले हरेक वर्ष ऋषि पञ्चमीका दिन अर्पण गर्दै आएको १० हजार ५ सय राशिको डागर स्मृति पुरस्कारबाट युवा वैज्ञानिक मनिषा द्वा पुरस्कृत बनेकी छन् । मौलिक संस्कार संस्कृतिको संरक्षण गर्दै प्रतिष्ठानलाई उल्लेख्य योगदान दिएका दिने समाजसेवी प्रेमचन्द उपाध्याय डागर स्मृति संरक्षक सम्मान अग्रज समाजसेवी तथा सफल व्यवसायी प्रेमचन्द उपाध्यायलाई गरिएको… पुरा पढौ

कांग्रेसमा शारदा पौडेलसहित ८ केन्द्रीय सदस्य थपिए

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । देउवाले कांग्रेस विधानको धारा २१ को उपधारा १० बमोजिम बिहीबार ८ जनालाई केन्द्रीय समितिमा मनोनित गरेका हुन् । कास्कीकी शारदा पौडेल केन्द्रीय सदस्य बनेकी छन् । उनी संविधानसभा सदस्यसमेत हुन् । यस्तै, गुल्मीका डा. चन्द्र भण्डारी, अर्घाखाँचीका मानबहादुर विश्वकर्मा, पर्वतका अर्जुनप्रसाद जोशी, काभ्रेका शिवप्रसाद हुमागाई, बागलुङका किरणराज शर्मा पौडेल, रुपन्देहीका भरतकुमार शाह, र पर्साका अनिलकुमार रुंगटा मनोनित… पुरा पढौ

तीजगीतमा समृद्धिलाई दोहोरो सफलता

समृद्धि महिला समूह पोखरा १७ ले सोमबार आयोजित दुई स्थानका तीजगीत प्रतियोगितामा प्रथम स्थान हाँसिल गरेको छ । राम मन्दिर सञ्चालक समितिले गरेको खुला तीज प्रतियोगितामा समृद्धि प्रथम हुँदै १० हजार र प्रमाणपत्र पाएको छ । ९ टिम सहभागी प्रतियोगितामा दोस्रो श्रीराम जानकी आमा समूह, तेस्रो सुशान्त आमा समूह र चौथो नमुनाशील मार्ग आमा समूह बनेका थिए । सन्ध्या पौडेलले उत्कृष्ट नृत्यको पुरस्कार पाइन् भने उत्कृष्ट भेषभूषामा श्री रामजानकी सन्तोषपथ… पुरा पढौ

मादी–जनप्रिय सम्झौता

पोखरा, १ असोजकास्कीको मादी गाउँपालिका र पोखरा ८ मा रहेको जनप्रिय बहुमुखी क्याम्पसबीच छात्रवृत्तिसम्बन्धी सम्झौता भएको छ । सम्झौतापछि जनप्रियमा मादीका १ विद्यार्थीले पूर्ण छात्रवृत्तिमा बिएमटिएम पढ्न पाउने छन् । त्यस्तै, अर्का १ जनाले एमबिए (एचएम)मा पूर्ण छात्रवृत्तिमा पढ्न पाउने छन् । सम्झौतापत्रमा मादी अध्यक्ष देवीजंग गुरुङ र जनप्रियका क्याम्पस प्रमुख लोकराज भण्डारीले हस्ताक्षर गरेका हुन् । विद्यार्थीलाई गाउँपालिकाले ७५ प्रतिशत र क्याम्पसले २५ प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने छन् ।… पुरा पढौ

भाटभटेनीलाई १ लाख जरिवाना

ललितपुरम्याद गुज्रेका सामग्री बिक्री गरेको भन्दै संयुक्त बजार अनुगमन ललितपुरको टोलीले पुल्चोकस्थित भाटभटेनी सुपरमार्केटलाई एक लाख जरिवाना गरेको छ । ् ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारसहितको टोलीले आइतबार कृष्णगल्लीमा रहेको भाटभटेनी, मानभवनको विग मार्ट र पुल्चोकको सेलवेज डिपार्टमेन्ट अनुगमन गरेको थियो । अनुगमनका क्रममा भाटभटेनीले म्याद सकिएको घिउ, अण्डा बिक्री गरेको पाइएपछि न्यूनतम एक लाख जरिवाना गरिएको सहायक प्रजिअ सुनुवारले जानकारी दिए । संयुक्त बजार अनुगमन ललितपुरको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं