समाचार

वक्तृत्वकलामा रेन्बोकी प्रकृति प्रथम

नारी प्रतिभा वाङ्मय प्रतिष्ठानले शनिबार आयोजना गरेको विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा रेन्बो एकेडेमिक होम्स् माध्यमिक विद्यालयकी प्रकृति छन्त्याल प्रथम भएकी छन् । आधारभूतका विद्यार्थी सहभागी प्रतियोगिताको शीर्षक ‘राष्ट्रिय एकताका लागि नेपाली भाषा’ थियो । प्रतियोगितामा ज्ञानसागर एकेडेमीकी आर्या त्रिपाठी दोस्रो, ग्लोबल कलिजियटकी स्प्नील गुरुङ तेस्रो र सैनिक आवासीयका उमंग कुँवर सान्त्वना बने । कालिका मावि उत्कृष्ट विद्यालय बनेको छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चतुर्थले क्रमशः ५ हजार, ४… पुरा पढौ

‘विद्युतीय मिडिया वर्गीकरण, प्रदेश सचिवसरहका प्रेस रजिस्ट्रार’

गण्डकी सरकारले आम सञ्चार ऐन ल्याउने प्रक्रिया थालेको छ । सरकारले ‘गण्डकी प्रदेशमा आम सञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०’ शुक्रबार प्रदेशसभामा दर्ता गराएको हो । गण्डकी प्रदेशमा सभामुख कृष्णप्रसाद धिताल यो अधिवेशनमा विधेयकमाथि छलफल नसकिने भएकाले अर्काे अधिवेशनमा पारित हुनसक्ने बताउँछन् । ‘यो अधिवेशनमा विषयगत समितिहरुमा गम्भीर छलफलपछि शायद अर्काे अधिवेशनबाट यो पास होला । यो निकै गम्भीर विधेयक हो,’ उनले भने । विधेयकमा प्रदेश सरकारको ११ औँ… पुरा पढौ

नेपाली भाषा शिक्षक परिषद्को शब्दखेल प्रतियोगिता

नेपाली भाषा शिक्षक परिषद्ले शनिबार आयोजना गरेको शब्दभण्डारसँग सम्बन्धित शब्दखेल प्रतियोगितामा डायमन्ड मोडेल मावि प्रथम भएको छ । प्रतियोगिता दोस्रो सिर्जना मावि, तेस्रो मदरल्यान्ड मावि तेस्रो र रेन्बो एकेडेमिक होम्स् माध्यमिक विद्यालय चौथा बने । बालप्रभात बोर्डिङ स्कुल र बेसलाइन मावि सान्त्वना बने । प्रतियाेगितामा ६२ स्कुल सहभागी थिए । विजेता विद्यालय र विद्यार्थीहरुलाई प्राडा रामनाथ ओझा, प्याब्सन कास्की अध्यक्ष मथुराप्रसाद पौडेल, भाषा परिषद् अध्यक्ष डिल्लीराम अर्याल लगायतले ट्रफी र… पुरा पढौ

सहयात्रीको वार्षिकोत्सवमा शिविर

सहयात्री बचत तथा ऋण सहकारी संस्थाको १३ औं साधारणसभा शनिबार भएको छ । सभाले अध्यक्ष डा त्रिभुवन शर्माको अध्यक्षको प्रतिवेदन, लेखा समिति संयोजक हरिप्रसाद लामिछानेले पेश गरेको लेखा समितिको प्रतिवेदन र कोषाध्यक्षको प्रतिवेदन पारित गरेको छ । सोही अवसरमा पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा भएको शिविरमा २ सय ५ जनाको सित्तै मधुमेह र रगतमा हुने खराब बोसो (टिजी) जाँच गरिएको हो । कार्यक्रममा दुखाई… पुरा पढौ

जनप्रिय बहुमुखीमा अनेरास्ववियू क्रान्तिकारीको सम्मेलन

जनप्रिय बहुमुखी क्याम्पस पोखरामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)को ५१ सदस्यीय कमिटी गठन भएको छ। शुक्रबार भएको क्याम्पस मूल इकाइ समितिको ९ औ सम्मेलनले दामोदर भुषालको अध्यक्षतामा कमिटी निर्वाचित गरेको हो । उपाध्यक्षमा करुणजङ कुवर, विनोद कुवर र इभा परियार छन् । यस्तै, सचिवमा सुदीप बराल, सहसचिव कृज्मा गुरुङ, अन्जना सापकोटा र राजन नेपाली तथा कोषाध्यक्षमा वन्दना सुनार चुनिएका छन् । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं… पुरा पढौ

सबै जिल्लामा पुनस्र्थापना केन्द्रः सिंखडा

सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले विभिन्न खालका हिंसामा परेका पीडितको संरक्षण, न्याय र पुनस्र्थापना सरकारको प्राथमिकतामा रहेको जनाएकी छन् । मानव बेचबिखन विरुद्धको १९ औँ राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले प्रदेशका सबै जिल्लामा पुनस्र्थापना केन्द्र बन्ने उल्लेख गरिन् । पोखरा राजधानीसमेत रहेको कास्कीको पोखरा महानगरपालिका वडा नं. ३३ मा स्थायी पुनस्र्थापना केन्द्र र अरु १० जिल्लामा अस्थायी पुनस्र्थापना केन्द्रहरु सरकारले बनाउने उनको भनाइ छ । ‘हिंसा पीडित… पुरा पढौ

मलायामा गोर्खाली वीरता फिल्ममा

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार राम्रो हुँदै गएको छ । विशेषतः अमेरिका, अस्ट्रेलिया, जापानमा नेपाली चलचित्रले राम्रो व्यापार गर्ने गरेका छन् । आफू निर्देशित पहिलो चलचित्रको ‘रेड कार्पेट’ प्रदर्शनी (प्रिमियर) बेलायतमा गरेका निर्देशक मिलन चाम्सले आउँदो समय राम्रो रहेको सुनाए । गोर्खालीको वीरताको गाथा प्रस्तुत गरिएको चलचित्र ‘गोर्खा वारियर’को हलिउड प्रिमियर बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा यही भदौ २४ गते अर्थात् १० सेप्टेम्बरमा हुँदै छ । विशेषत उक्त चलचित्र भवनमा हलिउडका ठूला… पुरा पढौ

सुर्खेतका वादीलाई ग्लोबल स्कुलको १ लाख

पोखरा रानीपौवास्थित ग्लोबल कलेजियट स्कुलले वादी समुदायको शिक्षा, स्वास्थ्य र रोजगारीको अभियन्ता हिक्मत वादीलाई नगद एक लाख प्रदान गरी सहयोग हस्तान्तरण गरेको छ । सानैदेखि संर्घष गरेर हुर्किएका हिक्मतले वादी समुदायका सयौँ गरिब तथा असहाय बालबालिकाका लागि सुर्खेतको वीरेन्द्र नगरमा होस्टल सञ्चालनमा ल्याएका छन। मंगलबार विद्यालयका प्राचार्य बाबुराम पन्तले हिक्मत वादीलाई एकलाखको चेक हस्तान्तरण गर्दै प्रति वर्ष एकलाखका दरले आगामी ४ वर्षसम्म निरन्तर सहयोग गर्ने घोषणा गरेका छन् । आफ्नो… पुरा पढौ

इलेक्ट्रोनिक्स व्यवसायीलाई सित्तैमा कर शिक्षा

पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघले संस्थाका सदस्यलाई सित्तैमा करसम्बन्धी तालिम दिने भएको छ । आफ्नो व्यवसायको कर आफैं तिर्न सक्ने र करसम्बन्धी काम आफैं गर्न सक्ने बनाउन तालिम आयोजना गरिएको अध्यक्ष नारायण सुवेदीले बताए । ‘पानमा दर्ता भएका व्यवसायीलाई आफैं कर तिरी कर चुत्ता निकाल्न सक्ने र भ्याटमा दर्ता भएकालाई विवरण दर्ता, टिडिएस फाइलिङ जस्ता काम गर्न सक्ने बनाउने तालिमको लक्ष्य हो,’ उनले भने । २०/२० जनाको समूह बनाएर सबै सदस्यलाई… पुरा पढौ

टेकनाथः धेरै क्षेत्रका नमुना व्यक्तित्व

भदौ १२ गते दिउँसोदेखि टेकनाथ बराल भौतिक रुपमा रहेनन् । नेपाली कम्युनिस्ट आन्दोलन, मानवअधिकारको आन्दोलन र समाज परिवर्तनका अभियन्ता बराललाई उनका आफन्त, शुभेच्छुकले विभिन्न तवरले स्मरण गरिरहेका छन् । शनिबार उनी संस्थापक अध्यक्ष रहेको राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालले श्रद्धाञ्जलीसभासहित उनको योगदानबारे परिचर्चा आयोजना ग¥यो । कार्यक्रममा वाम बुद्धिजीवी रामराज रेग्मीले उनलाई राष्ट्रिय सम्पदा, स्वाभीमान र कम्युनिस्ट आन्दोलनका अगुवाको रुपमा स्मरण गरे । वरिष्ठ अधिवक्ता तिलक पराजुलीले बराल… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं