प्रदेश खेलकुद परिषद गण्डकीको रिक्त सदस्य पदमा विनय थापा मनोनयन भएका छन् । सदस्यमा मनोनयन भएका थापालाई शुक्रबार पद तथा गोपनियताको शपथ ग्रहण गराइएको हो ।
परिषदका सदस्य सचिव श्रीधर शर्माले परिषदको सभाकक्षमा उनलाई शपथ ग्रहण गराए । यसअघि परिषदका सदस्य रामचन्द्र थापाले राजीनामा दिएसँगै परिषदमा एक पद रिक्त थियो ।
परिषद सदस्यमा मनोनयन भएका थापा नेपाल वुद्धिचाल संघका केन्द्रीय उपाध्यक्षसमेत हुन् । शपथ ग्रहण कार्यक्रममा परिषदका सदस्यहरु, कार्यालय प्रमुख तोपलाल भुसाल लगायत सहभागी थिए ।




