हेफर इन्टरनेसनल नेपालले देशभरका २० भन्दा बढी पालिकालाई लम्पी स्किन प्रभावित पशुको उपचार गर्नका लागि आवश्यक औषधी तथा सामाग्री हस्तान्तरण गरेको छ ।
पशु सेवा बिभागको तथ्यांक अनुसार नेपालका ७७ वटै जिल्लामा फैलिएको लम्पी स्किन रोगबाट करिब १५ला ख २० हजार पशुहरु संक्रमित भएको पुष्टि भएको छ भने अहिलेसम्म करिब ५३ हजार पशु मरेका छन् । यसै सन्दर्भमा हेफर इन्टरनेशनल नेपालसँग साझेदारीमा कृषि तथा पशु उद्धमशीलता विकास परियोजना सञ्चालन भएका पालिकाहरुमा सहयोग गरिएको हो ।
प्रति पालिका ३ लाख ५० हजार बराबरक विभिन्न २० किसिमका भेटेरिनरी औषधी तथा सामाग्रीहरु तथा प्रतिपालिका २ हजार लम्पी स्किनका जनचेतनामूलक ब्रोसर हस्तान्तरण गरिएको हो । हालसम्म रसुवाको उत्तरगया, सिन्धुपाल्चोकको इन्द्रावती,ं दोलखाको मेलुङ र तामाकोशी गाउँपालिकामा हस्तान्तरण गरिसकेको छ । औषधि हस्तान्तरण समारोहमा हेफर इन्टरनेसनल नेपालका पशु प्रविधि तथा एक स्वास्थ्य अधिकृत डाक्टर राजेन्द्र ढकालले लम्पी स्किन प्रभावित भएका गाउँपालिकाको आग्रह अनुसार औषधी हस्तान्तरण गरिएको बताए ।
लम्पी स्किन सुरु भएपछि गाँउपालिकाका जनप्रतिनिधिसहित स्थानीय हेफर प्रोजेक्ट नेपालका प्राविधिक सहितको टोली समुदायका घर घरमा पुगेको थियो । पालिकाको पशुहरुमा देखिएको उच्च संक्रमण तथा रोग नियन्त्रण गर्न आवश्यक औषधीको अभाव पाइएको हुनाले हेफर इन्टरनेसनल नेपालले सहयोग गरेको डाक्टर ढकालले बताए ।
भोकमरी र गरिबीको अन्त्य गर्न समर्पित हेफर इन्टरनेसनल नेपाल पशु कल्याण, पशुधनको सुरक्षा र जोखिममा परेका समुदायको जीवनस्तर सुधार गर्न प्रतिबद्ध रहेको जनाए । औषधी हस्तान्तरणपछि मेलुङ गाउँपालिका अध्यक्ष हिरा थोकरले महामारीको रुपमा देखिएको लम्पी स्किन रोग नियन्त्रण तथा रोकथामका लागि पालिकासँग प्रयाप्त स्रोतको अभाव रहेको अवस्थामा हेफरबाटं गरिएको सहयोगले यस क्षेत्रका पशुधन हरुको सुरक्षामां योगदान गरेको उनको भनाइ छ ।
औषधी वितरण भएका उत्तरगया, इन्द्रावती र तामाकोशी गाउँपलिकाका अध्यक्षहरु क्रमशः माधवप्रसाद अर्याल, झम्कनाथ नेपाल, प्रोणप्रताप केसीले महामारीको समयमा हेफरबाट पालिकामा भएको सहयोगले साना किसानको पशुधन सुरक्षामा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै धन्यवाद दिए ।






