समाचार

पेट्रोलको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो । भारतीय आयल कर्पोरेसनबाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ । नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँमा झरेको छ भने डिजेलको प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्नेछ । पुरा पढौ

छोरेपाटनमा नवदुर्गा पूजा महोत्सवको तयारी

पोखरा १७ छोरेपाटनमा रहेको दुर्गा मन्दिरमा नव दुर्गा पूजाको तयारी भएको छ । यस वर्षको दसैंमा हर्षाेल्लासका पूजा आयोजनाको तयारी भएको दुर्गा मन्दिर व्यवस्थापन समिति अध्यक्ष नारायणप्रसाद शर्मा अधिकारीले बताए । घटस्थापनादेखि महानवमीसम्म मन्दिर परिसरमा विभिन्न कार्यक्रम तय भएको छन् । घटस्थापनाका दिन शोभा यात्रा नगर परिक्रमा गरी घटस्थापना गर्ने तयारी छ । त्यसपछि महानवमीसम्म दैनिक बिहान ७ बजेदेखि ११ बजेसम्म सप्तचण्डी श्रीदेवी भागवत पाठपारायण प्रवचन हुने अध्यक्ष अधिकारीले जानकारी… पुरा पढौ

पोखराका मुख्य चोकमा ट्राफिक लाइट

देशकै ठूलो महानगर पोखराका मुख्य चोकमा यही वर्षभित्र ट्राफिक लाइट बल्ने भएका छन् । मुख्य चोकमा हाइमास्ट लाइट र बजार क्षेत्रमा स्मार्ट लाइटपछि महानगरमा झन्डै दुई दशकपछि ट्राफिक लाइट बल्न लागेका हुन् । सडक विभागको सडक सुरक्षा तथा ट्राफिक शाखाले पोखराका ५ चोकमा ट्राफिक जडान गरेको छ । शाखाकी इन्जिनियर सिना अवाल जडानको काम करिब सकिएको र मंसिरभित्रै ट्राफिक लाइट बल्ने बताउँछिन् । विभागले पृथ्वीचोक, सभागृहचोक, सिर्जनाचोक, जिरो किमी र… पुरा पढौ

कंगोमा नेपाली सैनिकको मृत्यु

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि कंगोमा तैनाथ एक शान्ति सैनिकको मृत्यु भएको छ । नरसिंहदल गणको उनान्तीसौँ डफ्फामा कार्यरत प्युठ भुपजित राईको शुक्रबार मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । खोटाङको फक्टाङ्ग गाउँपालिका वडा नं।८ निवासी राई उक्त गण अन्तर्गत टयाक्टिकल अपरेटिङ बेस जिनामा कार्यरत रहँदा विरामी भएका थिए । उनलाई थप उपचारका लागि कंगोको बुनियास्थित मोरोक्कन लेभल(२ अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको सेनाले… पुरा पढौ

परीक्षाका बेला स्कुल बन्द गरी विद्यार्थी कार्यक्रममा

पोखरा महानगरपालिका वडा नं. ५ मा रहेको समता शिक्षा निकेतनले परीक्षाका बेला विद्यार्थीलाई दिनभर सांस्कृतिक कार्यक्रममा सहभागी गराएको छ । बुधबार बिहान परीक्षा दिएका विद्यार्थी दिनभर पोखरा सभागृहमा आयोजित कार्यक्रममा सहभागी थिए । क्रियटिभ ब्रोडकास्टिङ प्लस नामको व्यक्तिगत फर्मले आयोजना गरेको कार्यक्रममा समताका संस्थापक उत्तम सञ्जेल सम्मानित हुँदै थिए । समता पोखराका प्रिन्सिपल उमेश रेग्मीले संस्थापक सम्मानित हुन लागेकाले विद्यार्थीलाई ल्याइएको दाबी गरे । कार्यक्रममा सहभागी विद्यार्थीले बुधबार बिहान परीक्षा… पुरा पढौ

गाउँपालिका अध्यक्षलाई साढे ३ वर्ष कैद फैसला

लागुऔषध (गाँजा)सम्बन्धी मुद्दामा दोषी ठहर भएका निसिखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीको मुद्दामा उच्च अदालत पोखरा, बागलुङ इजलासले जिल्ला अदालत बागलुङको फैसलालाई नै सदर गरेको छ । आइतबार न्यायाधीशद्वय मदन पोख्रेल र माधविन्द्रराज रेग्मीको संयुक्त इजलासले जिल्ला अदालत बागलुङको तीन वर्ष छ महिना कैद फैसला सदर गर्दै घर्तीलाई थप रु ५० हजार जरिवानाको फैसला गरेको अदालतका सूचना अधिकारी शिवप्रसाद गौतमले बताए । जिल्ला अदालत बागलुङले २०७९ पुस ३ गते घर्तीलाई लागुऔषध… पुरा पढौ

पसिनाले बदल्यो झाडी, सेती किनारमा ड्रागन खेती

पोखरा महानगरको रामघाटमा हिन्दू र बौद्ध धर्मावलम्बीका घाट छन् । दाहसंस्कार गर्न जानेको जमघट हुने यो क्षेत्रमा नदीजन्य पदार्थ उत्खनन् गर्नेहरु पनि भेटिन्छन् । रामघाट क्षेत्रमै व्यावसायिक खेती भएको छ भन्ने धेरैलाई पत्यार लाग्दैन । तर साढे दुई वर्षदेखि यहाँ व्यावसायिक ड्रागन फ्रुट खेती गरिएको छ । पुन जातीका मानिसहरुको साझा संस्था पुन समाज पोखराको व्यवस्थापनमा खेती गरिएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमपट्टि सेती नदीनजिकको छ रोपनीमा लगाइएको… पुरा पढौ

दशैको टीकाको साइत सार्वजनिक

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैँको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ । यस वर्षको बडादशैँ अर्थात् दुर्गा पक्षको सुरुआत भने असोज २८ गते आइतबार हुनेछ । जसलाई नवरात्रारम्भ पनि भनिन्छ । त्यस दिन बिहान ११ः२९ बजे घटस्थापना गर्ने साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले… पुरा पढौ

ड्राइभिङ स्कुल संघ कास्कीमा नयाँ समिति

ड्राइभिङ स्कुल संघ कास्कीको विशेष अधिवेशनले विष्णु पोख्रेलको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चुनेको छ । शनिबार भएको अधिवेशनबाट उपाध्यक्षमा वीरेन्द्र भुर्तेल, सचिव प्रेम अधिकारी, कोषाध्यक्ष सूर्य पौडेल र सहसचिवमा अमृत लम्साल निर्वाचित भए । संघ कास्की सदस्यमा मानबहादुर विक, शेरबहादुर गुरुङ, सबिन थापा, बुद्धि रानाभाट, कोपिला पोख्रेल र बोधराज सुवेदी छन् । यसअघि ड्राइभिङ स्कुल संघ गण्डकीको नाममा अञ्चल समिति रहेको अब प्रदेशमा समिति बनाएर साबिक गण्डकी समितिलाई जिल्ला समिति… पुरा पढौ

डाक्टर कुट्ने र अस्पताल तोडफोड गर्नेलाई उन्मुक्ति दिनु हुँदैन : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले डाक्टर कुट्ने र अस्पताल तोडफोड गर्नेलाई कुनैपनि बाहनामा उन्मुक्ति दिन नहुने बताएका छन् । शनिवार गोरखा अस्पतालको निरीक्षण गर्ने क्रममा उनले भने ‘अस्पतालमा भएका घटनाकमा संलग्नका बारेमा जुनसुकै पार्टीको होस्, चाहे मेरै पार्टीको होस् चाहे अरु कसैको होस् त्यसमा हाम्रो तर्फबाट कुनै सहानुभुती सद्भाव केही पनि रहँदैन ।’ त्यस्ता गतिविधिमा संलग्नलाई कानुनी कारवाहीको दायरामा ल्याउनुपर्ने उनले बताए । ‘यो कुरामा सम्झौता कसैसँग हुँदैन’ उनले थपे… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं