नीलगिरी सहकारीको रजत जयन्ती

पोखरा १७ मा रहेको नीलगिरी बचत तथा ऋण सहकारीको २५ औं साधारण सभा तथा रजत जयन्ती समारोह आइतबार भएको छ । सभामा नेपाल बचत तथा ऋण केन्द्रीय समिति सञ्चालक चण्डी शर्मा पौडेलले सहकारीका सेयर सदस्यले आफ्नै सहकारीमा कारोबार गर्नुपर्नेमा जोड दिए ।

उनले निक्षेपलाई भन्दा बचतलाई महत्व दिन सहकारी सञ्चालक तथा सेयर सदस्यहरुलाई अनुरोध गरे । पौडेलले सहकारीको धर्म नै लगानीकर्तालाई सर्वोपरि मानेर काम गर्नु भएको औंल्याए ।

पोखरा महानगरपालिका सहकारी समिति अध्यक्ष रविरमण तिवारी, पोखरा ७ का अध्यक्ष राममोहन आचार्य, जिल्ला सहकारी संघ संचालक बिना लोहनी, एम बैंक टेक्नोलोजीजका सञ्जय महासेठ, निवर्तमान अध्यक्ष रवीन्द्रप्रसाद श्रेष्ठ, संस्थापक अध्यक्ष ज्ञानेन्द्रराज पौडेल, पूर्व अध्यक्ष कालिदास पौडेल, गुरुकुल वेद विज्ञान पाठशालाका प्राचार्य विजयराज आचार्य, इन्द्रेणी बचत तथा ऋण सहकारी अध्यक्ष सागर अधिकारी, पूर्व सल्लाहकार महाप्रसाद सुवेदी र सम्मानित विद्यार्थी नम्रता पौडेलले बोलेका थिए ।

कार्यक्रममा बचतकर्ताहरु परिधि आचार्य, डिल्लीराम पराजुली, सरोजनारायण बराल, श्यामप्रसाद भुषाल र जितबहादुर विश्वकर्मा, ज्येष्ठ सदस्य रामप्रसाद श्रेष्ठ र उत्कृष्ट कर्मचारी विनोद पराजुलीलाई सम्मान गरियो l


त्यसैगरी डा राजकुमार पौडेल, सदिच्छा पौडेल, अस्मिता पहारी, डा स्वस्तिका आचार्य, ऋचाकुमारी क्षेत्री, आँचल सुनुवार, निर्जला पौडेल, अञ्जना पहारी, आयुषा अर्याल, आकृति पोख्रेल, नम्रता पौडेल, आस्था कार्की, अर्पन भण्डारी, स्वप्निल शर्मा, आदित्य पोख्रेल, आयुष श्रेष्ठ, रिवाजकुमार क्षेत्रीलाई पनि सम्मान गरिएको छ ।
सामुदायिक विद्यालयका सर्वोत्कृष्ट बिद्यार्थी सम्मानबाट साकार बस्नेत, सगुन परियार र मोनिका पौडेल सम्मानित बने ।

सभामा अध्यक्ष लेखनाथ बराल (गोपी) ले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले पेन्सन कोष, सेयर सदस्य तथा कर्मचारी हित कोष, प्रविधि मैत्री सेवा बिस्तार, दुर्घटना तथा स्वास्थ बिमा लगायतका कर्मचारी तथा सेयर सदस्यमुखी कार्य गरिरहेको जनाए । कार्यक्रममा उपाध्यक्ष गंगाधर पौडेल र सचिव तीर्थराज आचार्यले पनि बोलेका थिए ।