समाचार

फेदीखोला समाजको अध्यक्षमा लामिछाने

वृहत फेदीखोला पोखरा सम्पर्क समाजको चौंथो बार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनले जगदिश लामिछानेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समाजको प्रथम उपाध्यक्षमा विजय पौडेल, दितिय उपाध्यक्षमा लाल कार्की अन्जान, सचिवमा मिनप्रसाद सुवेदी, सहसचिवमा कुलबहादुर रानाभाट (मन), कोषाध्यक्षमा जितबहादुर क्षेत्री (राजकुमार) र सदस्यहरुमा रोहिणी पौडेल, देवीका कार्की अधिकारी, प्रेमसागर पौडेल, सिता तिमिल्सिना, नरेन्द्र कार्की, गंगा पराजुली कुँवर, दिपेन्द्र पौडेल, अभिषेक सुवेदी र अनिश गौतम चयन भएका… पुरा पढौ

मधुमेह र टिजी सित्तैमा जाँच

पोखरा–१७, विरौटामा रहेको घारीकुलो बचत तथा ऋण सहकारीको आयोजना शनिबार मधुमेह तथा रगतमा हुने खरा बोसो(टिजी) सित्तैमा जाँच गरिएको छ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी बिरौटा शाखाको प्राविधिक सहयोगमा भएको शिविरमा २ सय ७ जनाले सित्तैमा जाँच सेवा लिएका छन् । कार्यक्रममा वरिष्ठ फिजिसियन डा कृष्णराज अुधिकारीले स्वस्थ जीवन सबैभन्दा ठूलो सम्पत्ति भएको उल्लेख गर्दै रोग लाग्नै नदिन उचित जीवन शैली र बेला बेलामा परीक्षण गर्न आग्रह गरे । रोग लागिहाले… पुरा पढौ

रामबाबुलाई माधव वियोगी पुरस्कार

महाकाव्यकार माधव वियोगीको नाममा स्थापित माधव वियोगी साहित्य पुरस्कार २०८० बाट साहित्यकार रामबाबु सुवेदी सम्मानित हुने भएका छन् । माधव वियोगी वाङ्मय प्रतिष्ठानद्वारा स्थापित सो पुरस्कारको राशि २५ हजार र सम्मानपत्र छ । नेपाली साहित्यको श्रीवृद्धिका लागि विशेष गरी छन्दोवद्ध कविता र बाल साहित्यको विकासमा दीर्घ साधनारत सुवेदीलाई सो पुरस्काका लागि छनोट गरिएको प्रतिष्ठानका सचिव छन्दमणि त्रिपाठीले जानकारी दिए । प्रतिष्ठानका उपाध्यक्ष नवराज बरालको अध्यक्षतामा शनिबार बसेको बैठकले यो निर्णय… पुरा पढौ

भलाममा १८ गतेबाट सेभेन ए साइड फुटबल

पोखरा–२०, भलाममा रहेको श्रृङ्खला क्लबले यही कात्तिक १८ गतेबाट खुला सेभेन ए साइड फुटबल प्रतियोगिता गर्ने भएको छ । ‘हाम्रो भलाम, राम्रो भलाम’ भन्ने उद्घोषका साथ क्रियाशील क्लबले आयोजना गरेको फुटबल प्रतियोगिताको यो आठौं शृंखला हो । प्रतियोगितका विजेताले १ लाख ३१ हजार १ एक सय २१ र उपविजेताले ६५ हजार १ सय ६१ का साथमा सिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । आठौं सेभेन ए साइड प्रतियोगिता संयोजक मीनबहादुर… पुरा पढौ

आन्तरिकलाई १००; विदेशीलाई ५०० प्रवेश शुल्क

कास्कीको माछापुच्छे गाउँपालिकामा पर्यटकीय पदमार्गहरु भ्रमण गर्दा शुल्क तिनुपर्ने भएको छ । गाउँपालिकाले शुक्रबार सूचना जारी गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई शुल्क लगाउने निर्णय भएको जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले जारी गरेको विज्ञप्तीअनुसार गाउँपालिका प्रवेश गर्ने स्वदेशी पर्यटकका लागि १ सय र विदेशी पर्यटका लागि ५ सय रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ । गाउँपालिकाले पदमार्गमा पूर्वाधार निर्माण तथा व्यवस्थापन गर्न, सूचना केन्द्र स्थापना गर्न, सोलार बत्ति जडान,… पुरा पढौ

ठुलढुङ्गामा कृषि उपज सङ्कलन केन्द्र

पोखरा महानगरपालिका वडा नं.२२ ठुलढुङ्गामा कृषि उपज सङ्कलन केन्द्र सञ्चालन गरिएको छ । महानगरपालिकाको आर्थिक विकास महाशाखा र वडा नं.२२ को समन्वय तथा स्थानीय कृषकहरूको सक्रियतामा सिद्धार्थ राजमार्ग तरकारी पकेट क्षेत्र अन्तरगत उत्पादित कृषिजन्य उपजहरूको सङ्कलनका लागि सो केन्द्र सञ्चालनमा ल्याइएको हो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस प्रकारका सङ्कलन केन्द्रहरू मार्फत उत्पादक र उपभोक्ताहरू प्रत्यक्ष रूपमा जोडिने र स्थानीय उत्पादनको सहज बजारीकरणमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो… पुरा पढौ

इलेक्ट्रोनिक्स व्यवसायीबिच शुभकामना आदानप्रदान

पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघ कास्कीले बुधबार सदस्यबीच शुभकामना आदान प्रदान गरेको छ । वडादसैं, तिहार, छठ लगायतका पर्वको सन्दर्भमा संस्थाले कार्यक्रम गरी शुभकामना आदानप्रदान गरेको हो । कार्यक्रममा संस्थाका प्रदेश अध्यक्ष उदयबहादुर केसीले निरन्तर बढ्ने बैंकको ब्याजले कठिन अवस्था सिर्जना भएको जनाए । उनले बैंक तथा वित्तीय संस्थाको दबाब झेल्दा हैरान व्यवसायीलाई महानगरले कर बढाएर आहात बनाएको आरोप लगाए । संस्थाका अध्यक्ष नारायण सुवेदीले मितव्यायी बनेर चाडपर्वन बनाउन र स्वास्थ्यको… पुरा पढौ

युआरएल पत्रकाररिता पुरस्कार र लाइफ टाइम एचिभमेन्ट अवार्डका लागि छनोट समिति

डा नारायण ओझा वद्रिविनोद प्रतीक यसपालिको युआरएल पत्रकारिता पुरस्कार र युआरएल लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदानका लागि छनोट समिति गठन गरिएको छ । युआरएल पत्रकारिता पुरस्कारका लागि प्रतिभा चयनको संयोजन प्रेस स्वतन्त्रता सेनानी वद्रिविनोद प्रतीक र युआरएल लाइफ टाइम एचिभमेन्ट अवार्डको प्रतिभा चयनको संयोजन वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा नारायण ओझाले गर्ने छन् । ८ सदस्यीय समितिमा गुणस्तर विज्ञ सुशील थापा, समाजसेवी नरहरि बराल, नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उपकोषाध्यक्ष… पुरा पढौ

प्रभावकारी बन्यो मेयर बाख्रा पकेट कार्यक्रम

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कृषक प्रोत्साहनका कार्यक्रमहरूलाई महानगरपालिकाले प्राथमिकता दिइने बताउनुभएको छ । पोखरा २८ सौर्य बजारमा आयोजित तेस्रो खसी बोका मेला प्रदर्शनी उहाँले मेयर बाख्रा पकेट कार्यक्रमको प्रभावकारिता कृषकहरूको उत्पादनमा देखिएकाले कृषक प्रोत्साहनका कार्यक्रमहरूलाई थप प्राथमिकता दिइने बताउनुभयो । “कृषक दाजुभाइ तथा दिदीबहिनीहरूले पाल्नुभएका खसीबोकाहरु ७५ ८० केजीसम्म भएको पाएकामा मलाई विगतमा वितरण गरिएको अनुदानको सम्झना आइरहेको छ, यो बाख्रा पालनमा देखिएको सकारात्मक नतिजा हो, प्रमुख आचार्यले भन्नुभयो,… पुरा पढौ

नीलगिरी सहकारीको रजत जयन्ती

पोखरा १७ मा रहेको नीलगिरी बचत तथा ऋण सहकारीको २५ औं साधारण सभा तथा रजत जयन्ती समारोह आइतबार भएको छ । सभामा नेपाल बचत तथा ऋण केन्द्रीय समिति सञ्चालक चण्डी शर्मा पौडेलले सहकारीका सेयर सदस्यले आफ्नै सहकारीमा कारोबार गर्नुपर्नेमा जोड दिए । उनले निक्षेपलाई भन्दा बचतलाई महत्व दिन सहकारी सञ्चालक तथा सेयर सदस्यहरुलाई अनुरोध गरे । पौडेलले सहकारीको धर्म नै लगानीकर्तालाई सर्वोपरि मानेर काम गर्नु भएको औंल्याए । पोखरा महानगरपालिका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं