महानगरले ताेक्याे फूल र मालाकाे मूल्य

पोखरा महानगरपालिकाले माला र फूलको मूल्य तोकेकाे छ ।

तिहारमा उपभाेक्ता मारमा परेको गुनासो आएपछि मूल्य तोकिएको कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए ।

‘
गएका वर्षमा फूल र मालाको मूल्यमा उपभोक्ता ठगिएको गुनासो थियो । उनले भने, ‘यो वर्ष मपनरी मूल्य लिन पाइँदैन । महानगरले मूल्यमा एकरुपता कायम गर्न मूल्य तोकिदिएको छ । मेलासमेत हुँदै छ ।’

महानगरले यसपालि फूलको तौल अनुसार मूल्य तोकेको छ । ५ देखि १० ग्रामको एउटा थुंगालाई २ रुपैयाँ, १० देखि १५ ग्रामको ४ रुपैयाँ र १५ देखि २० ग्रामको थुँगाको ५ रुपैयाँ तोकिएको छ ।

यस्तै मालाको पनि फूलको १ सय ५०, १ सय ८० र २ सय तोकिएको छ । मालामा प्रयोग भएका फूलको तौल अनुसार मूल्य निर्धारण भएको हो ।

किलोमा किन्न चाहनेले प्रतिकिलो ४ सय रुपैयाँमा सयपत्री पाउने छन् । यसपालि सरकारले विदेशबाट सयपत्री आयातमा रोक लगाएको छ । पोखरा र आसपासबाटै आउने सयपत्रीले बजारको माग धान्न कठिन हुने व्यवसायीहरु बताउँछन् ।