फ्रेन्ड्शिप कप श्री फ्रेन्ड्शिप युवा क्लब, म्याग्दे ०१, गुणादी, तनहुँको आयोजनामा म्याग्दे १, गुणादी, तनहुँ स्थित गुणादी खेल मैदानमा नेपाल अधिराज्यभरका विभिन्न टिमले सहभागिता जनाएर आफ्नो उत्कृष्ट खेल प्रदशन मार्फत खेलप्रेमी दर्शक महानुभावहरुलाई मनोरंजन प्रधान गर्ने अवसर पाउनुका साथै विजेता, उपविजेता लगायत उत्कृष्ट खेलाडीले आफ्नो उत्कृष्ट खेल प्रदशनको उचित मुल्यांकन सहित प्रोत्साहन स्वोरुप ठुलो धनरासी हात पार्न सक्ने (7A) साइड नक आउट फुटबल प्रतियोगिता हो l “श्री फ्रेन्ड्शिप युवा क्लब” म्याग्दे १, गुणादी, तनहुँको एक मात्र लोकप्रिय र आफ्ना सामाजिक क्रियाकलाप, स्थानीय विकास निर्माण लगायत सरसफाइका क्षेत्रमा अग्रसरता र खेलकुदका गतिविधिमा अतुलनिय कार्य गरेका कारण स्थानिय मात्र नभई बिश्वभर छरिएर रहनु भएका जन मानसमा आफ्नो छाप छोड्न सफल युवा क्लब हो l श्री फ्रेन्ड्शिप युवा क्लब २०६० मा स्थापना भएको क्लब हो तर यस क्लबको लोकप्रियता बढेको भने फ्रेन्डशिप कपको पहिलो संस्करण जुन क्लबका बर्तमान अध्यक्ष दुर्गा राज थापा मगरको सक्रियतामा सुरु भएको थियो र उनैको सक्रियतामा २०७६ मा दोस्रो संस्करण र अहिले २०८० मा तेस्रो संस्करणको आयोजाना भएको छ l
नेपालका बर्तमान राष्टपती नेपाली काङ्ग्रेसका वरिष्ठ नेता राम चन्द्र पौडेल द्वारा समुद्द्घाटन भएको २०७५ भाद्र १ गते देखी २०७५ भाद्र १० गते जनै पुर्णिमाको दिन सम्म म्याग्दे १, तनहुँ, गुणादी खेल मैदानमा सम्पन्न प्रथम फ्रेन्डसीप कप २०७५ (7A) साइड नक आउट फुटबल प्रतियोगिताको विजेता लोकत्रान्तिक युवा क्लब, चापाघाटले नगद पुरस्कार ७५,७५०/- ट्रफी, मेडल र प्रमाणपत्र हात पर्न सफल भएको थियो भने उप बिजेता हैरान्स क्लब, दमौलीले नगद पुरस्कार ३५,३५०/- ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुजाएको थियो । प्रथम फ्रेन्ड्शिप कपको विजेता लोकत्रान्तिक युवा क्लबमा २ जना बिदेशी खेलाडिको पनि सम्लग्नता रहेको थियो र खेलको मुख्य आकर्षण बन्न सफल भएका थिए ।
“समाज परिवर्तन को लागि युवा परिचालन” भन्ने मुल नाराका साथ म्याग्दे १, तनहुँ, गुणादी खेल मैदानमा फाल्गुन १८ गतेदेखि फाल्गुन २४ गते सम्म सम्पन्न दोस्रो फ्रेन्ड्शिप कप २०७६ (7A) साइड नक आउट फुटबल प्रतियोगिताको उपाधि दोभान युथ क्लव, भादगाउँले हात पारेको थियो । अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलमा रिभर साइड युवा क्लबलाई २–१ गोलले पराजित गर्दै दोभानले उपाधि जितेको थियो । बिजेता दोभान युथ क्लव, भादगाउँले नगद पुरस्कार १ लाख ११ हजार १ सय ११ रूपया, सिल्ड , मेडल र प्रमाणपत्र हात पार्न सफल भएको थियो भने उप बिजेता रिभर साइड युवा क्लबले ५५ हजार ५ सय ५५ रूपया, सिल्ड , मेडल र प्रमाणपत्रमा चित्त बुजाएको थियो । फाइनल खेलको म्यानअफ द म्याच दोभानका बिकास श्रेष्ठ भएका थिए ।
खेलकुद विकासमा युवाहरुको सहभागिता’ भन्ने मुल नाराका साथ आउँदै गरेको विजयादशमी तथा दिपावलीको अवसरमा आयोजना हुन गईरहेको तेस्रो फ्रेन्डशिप कपमा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि असोज १९ गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ७५०० तोकिएको छ । म्याग्दे–१ तनहुँ स्थित गुणादी खेलमैदानमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित १,२३,४५६/- रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ६७,८९०/- रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको र अहिले हुन लागेको तेस्रो फ्रेन्डशिप कपमा कम्तिमा ५० टिमको सहभागिता रहने कुरा आयोजक क्लबका स-सचिव डम्बर बहादुर आले (कुमार) ले जनाएका छन् l
प्रथम फ्रेन्डसीप कप २०७५ र दोस्रो फ्रेन्डशिप कप २०७६ मा जस्तै तेस्रो फ्रेन्डशिप कप २०८० मा पनि जनस्तर, वडा, गाउँपालिका, पेसागत जिम्मेवारीका कारण देश बिदेशमा छरिएर रहनुभएका आफ्नो माटॊ, आफ्नो गाउँ ठाँउ लाई माया गर्नु हुने बिशाल हृदयले भरिपुर्ण हाम्रा प्यारा दाजुभाइ तथा दिदिबहिनीहरु, स्वदेशमै कार्यरात उधमी, व्यापारी, कर्मचारी, सहयोगी मनहरू र आयोजक क्लब्का सदस्यहरुबाट आवस्यक सहयोग र साथ एवम सम्पुर्ण सहभागिता जनाउने टिमबाट सभ्य र अनुशासित ढङ्गबाट उत्कृष्ट खेल प्रदशन हुनेमा आयोजक बिश्व्स्त रहेको आयोजक क्लबका सदस्य निर्दोष वाग्लेले बताएका छन् ।
यस प्रतियोगिताबाट बिभिन्न ठाउका युवाहरुले बिभिन्न टिम मार्फत आफ्नो उत्कृष्ट खेल पर्दशन गर्ने मौका पाउनुका साथै बिभिन्न टिमका साथीहरु सँग मित्रता प्रगड बनाउने अवसर प्राप्त गर्नेछन । त्यती मात्र नभै यस कार्यले मानसिक तनाब बाट मुक्त गर्ने, शारिरिक व्यायाम हुने, मनोरन्जन प्राप्त हुने र भोली गएर आफ्नो गाउँठाउँ , जिल्ला हुँदै राष्ट्र लाई पनि खेल्कुदको क्षेत्रमा चिनाउने अभियानमा युवा हरुलाई हौसला प्रधान गर्न आयोजक क्लबका बर्तमान अध्यक्ष दुर्गा राज थापा मगर लागी परेका छन् ।




