गीत : सुन पियारी !

सुनखानी मा काम गर्ने,”सुन” पियाँरी!
म सुनाउछु बाँसुरिको धुन पियाँरी!

बालबच्चा भोकभोकै बाटो हेर्दै होलान!
आँखाबाट आँसु झार्दै कति बेर रोलान!
दुनियाँमा श्रमिकको के छ चिनारी!
म सुनाउछु बासुँरीको धुँन पियारी!

अभावले थिलिएका मान्छे कर्महारा!
पाखुराको भरमा बाच्ने हामी सर्वहारा!
किस्मतले भाग्य लुट्यो परे बिरामी!
म सुनाउछु बासुँरीको धुन पियारी ।