कांग्रेसमा शारदा पौडेलसहित ८ केन्द्रीय सदस्य थपिए

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । देउवाले कांग्रेस विधानको धारा २१ को उपधारा १० बमोजिम बिहीबार ८ जनालाई केन्द्रीय समितिमा मनोनित गरेका हुन् ।

कास्कीकी शारदा पौडेल केन्द्रीय सदस्य बनेकी छन् । उनी संविधानसभा सदस्यसमेत हुन् । यस्तै, गुल्मीका डा. चन्द्र भण्डारी, अर्घाखाँचीका मानबहादुर विश्वकर्मा, पर्वतका अर्जुनप्रसाद जोशी, काभ्रेका शिवप्रसाद हुमागाई, बागलुङका किरणराज शर्मा पौडेल, रुपन्देहीका भरतकुमार शाह, र पर्साका अनिलकुमार रुंगटा मनोनित भएका छन् ।

मनोनित हुने चन्द्र भण्डारी, हुमागाई र शारदा पौडेलबाहेक सबै संस्थापन पक्षका हुन् ।

जोशी र हुमागाईं यस अघि पनि केन्द्रीय सदस्य थिए । रुंगटा उद्योगपति हुन् । भण्डारी १४ औं महाधिवेशनमा उपसभापतिमा र विश्वकर्माले सहमहामन्त्रीमा पराजित भएका थिए ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।