इलेक्ट्रोनिक्स व्यवसायीलाई सित्तैमा कर शिक्षा

पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघले संस्थाका सदस्यलाई सित्तैमा करसम्बन्धी तालिम दिने भएको छ । आफ्नो व्यवसायको कर आफैं तिर्न सक्ने र करसम्बन्धी काम आफैं गर्न सक्ने बनाउन तालिम आयोजना गरिएको अध्यक्ष नारायण सुवेदीले बताए ।

‘पानमा दर्ता भएका व्यवसायीलाई आफैं कर तिरी कर चुत्ता निकाल्न सक्ने र भ्याटमा दर्ता भएकालाई विवरण दर्ता, टिडिएस फाइलिङ जस्ता काम गर्न सक्ने बनाउने तालिमको लक्ष्य हो,’ उनले भने । २०/२० जनाको समूह बनाएर सबै सदस्यलाई तालिम दिने योजना छ ।

पश्चिमाञ्चल तालिम केन्द्रको संयोजनमा तालिम दिन लागिएको हो । अध्यक्ष सुवेदीले करको दायरामा आउन बाँकी इलेक्ट्रोनिक्स व्यवसायीलाई चाँडै दायरमा आउन र संघको समेत सदस्य बन्न आग्रह गरे ।