समाचार

राउटेलाई गण्डकी सरकारको ५० हजार

देशका विभिन्न स्थानमा घुम्दै पोखरा आइपुगेको राउटे समुदायको टोलीले आइतबार गण्डकीका मुख्यमन्त्रीलाई भेटेको छ । चार सदस्यीय राउटेको टोलीले मुख्यमन्त्रीलाई काठबाट बनेको चौका उपहार दिएको छ । आजीविकाको लागि गास, बास कपासको जोहो गर्न समस्या भएको भन्दै टोलीले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग सहयोगको अपेक्षा सुनाएको थियो । टोलीले आर्थिक सहायताका लागि अनुरोध गरेपछि मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारको तर्फबाट ५० हजार प्रदान गरे । उनले राउटे समुदायले भोग्नुपरेका समस्या, अहिलेको अवस्था,… पुरा पढौ

बेपत्ता याेद्धा चमनलालकाे सम्झना

जनआन्दोलनका घाइतेको सेवा, सुविधा घटाइएको भन्ने हल्ला मिथ्या भएको सामाजिक विकास तथा स्वास्थ मन्त्री सुशीला सिंखडाले दाबी गरेकी छन् । जनआन्दोलनका घाइतेलाई निशुल्क स्वास्थ बिमा तथा उपचार कार्यक्रमलार्य प्रदेश सरकारले निरन्तरता दिएको उनको प्रष्टिकरण छ । राज्यद्वारा बेपत्ता योद्वा मजदूर नेता चमनलाल बरालको २१ औं खोज सभालाई उनले यस्तो बताएकी हुन् । मन्त्री सिम्खडाले जिल्ला अस्पताल र प्रदेश सरकारमातहत रहेका सबै अस्पतालबाट सेवा सुविधा लिन सकिने जानकारी दिइन् । उनले… पुरा पढौ

स्रष्टा समाज पुम्दीभुम्दीमा नयाँ नेतृत्व

स्रष्टा समाज पुम्दीभुम्दीको पहिलो अधिवेशन तथा दोस्रो साधारणसभाले गोविन्द बरालको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । समाजको उपाध्यक्षमा नवराज बराल, सचिव ध्रुव विपश्वी, कोषाध्यक्ष रुप्रसाद बराल र सहसचिवमा लक्ष्मी बराल चुनिएका छन् । कार्यसमिति सदस्यमा नन्दलाल बराल, शोभाकर बराल र हरिप्रसाद बराल छन् । बाँकी ३ पछि मनोनित हुने छन् । संस्थाको वरिष्ठ सल्लाहाकारमा नवराज बराल ‘निशान्त’, सहप्राध्यापक भीमनाथ बराल, नेपाल विज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिष्ठानका कुलपति डा खगराज… पुरा पढौ

रवीन्द्र माकाजुलाई ऋषिलीला पुरस्कार

ऋषिलीला पत्रकारिता पुरस्कार २०८० लेखक रवीन्द्र माकाजूलाई प्रदान गरिने भएको छ । पोखरा वृद्धाश्रमबाट सञ्चालित यो पुरस्कारको राशि नगद २५ हजार र सम्मानपत्र छ । वृद्धाश्रमको आगामी भदौ ९ गते हुने २७ औं वार्षिक साधारणसभामा यो पुरस्कार अर्पण गर्ने कार्यक्रम छ । लेखक माकाजूका पाँच दर्जनभन्दा बढी कृति प्रकाशित छन् । ज्येष्ठ नागरिकको हकहितबारे कलम चलाउने लेखक÷पत्रकारलाई यो पुरस्कार प्रदान गर्ने गरिएको छ । यो पुरस्कारबाट यसअघि चट्याङ मास्टर, हरि… पुरा पढौ

पोखरा शारीरिक सुगठन संघमा नयाँ समिति

पोखरा शारीरिक सुगठन संघको शनिबार भएको विशेष साधारणसभाले ज्ञानेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ समिति चुनेको छ । समितिको प्रथम उपाध्यक्षमा विक्रम उदास, द्वितीय उपाध्यक्ष पूर्ण श्रेष्ठ, महासचिव उमेश सिके, सचिव ईन्जिनियर उत्तममान उदास र कोषाध्यक्ष पुष्प उदास चुनिएका छन् । १३ सदस्यीय कार्यसमितिका सदस्यमा अर्जुन गिरी, प्रेम पुन, महेश उदास, प्रवीण वैद्य र रञ्जन बुद्धाचार्य छन् । बाँकी दुई सदस्य पछि थप गरिने नवनिर्वाचित अध्यक्ष ज्ञानेन्द्रले बताए । पुराना कार्यसमितिले गर्दै… पुरा पढौ

स्वास्थ्य क्षेत्र सुधार गर्न कुनै कसरत बाँकी रहने छैन : मन्त्री सिंखडा

पोखरा । गण्डकी प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयकाले आयोजना गरेको प्रदेश स्तरीय स्वास्थ्य कार्यालयहरुको समिक्षा कार्यक्रमलाइ सम्बोधन गर्दै सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले बिरामीको चाप घटाउने गरेर काम गर्ने दिर्नेशन दिएकी छन् । जिल्ला अस्पतालबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिर्फर गर्ने र गण्डकी प्रदेश भन्दा बाहिरका अस्पतलमा रिर्फर गर्दा बिरामीलाइ समस्या हुने भन्दै सकेसम्म धेरै रोगको उपचार गण्डकी प्रदेशमा गर्न निर्देशन दिएकी हुन । आयुर्वेद… पुरा पढौ

स्थानीय तह कर्मचारी संगठन पोखरामा हरिलाल

पोखरा महानगरपालिकामा खहरिलाल आचार्यको अध्यक्षतामा ११ सदस्यीय पोखरा महानगरपालिका स्थानीय तह कर्मचारी संगठन गठन भएको छ । महानगरमा क्रियाशील स्थानीय तह कर्मचारी संघ नेपाल, नेपाल निजामती कर्मचारी संगठन र राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालमा आवद्ध कर्मचारीको भेला र अधिबेशनबाट उपाध्यक्षमा दमयन्ती पराजुली, सचिव अनिल आचार्य, सह सचिव अर्जुन बहादुर क्षेत्री र कोषाध्यक्षमा बेलकुमारी गुरुङ चुनिए । सदस्यमा गोबिन्दप्रसाद देवकोटा, सबिना श्रेष्ठ, रबिन्द्र गोदार, राजेन्द्र पौडेल, दीपक कोइराला र गौरा रिमाल छन्… पुरा पढौ

औद्योगिक व्यापार मेलाबाट साढे १३ लाख बचत, यसपालिको मेला तय

पोखरा उद्योग वाणिज्य संघले गर्दै आएको राष्ट्रिय औद्योगिक व्यापार मेलाको मिति तय भएको छ । संघले आउँदो मंसिर २१ देखि पुस १ गतेसम्म मेला गर्ने सार्वजनिक गरेको हो । बिहीबार आयोजित पत्रकार सम्मेलनमा संघ अध्यक्ष पवन प्रजापतिले मेलाको मिति तय गरी तयारीसमेत सुरु गरिएको जानकारी दिए । पोखरा ९ नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा मेला हुनेछ । अध्यक्ष प्रजापतीले मेला गण्डकी प्रदेशमा व्यवसाय विस्तार र प्रदेशको पर्यटकीय सम्भावना खोज्न केन्द्रीत हुने… पुरा पढौ

कास्कीका १८ हजार पशुलाई लम्पी स्किन

कास्कीमा हालसम्म १८ हजार २४ पशुलाई लम्पी स्किन रोगको संक्रमण देखिएको छ । ३ हजार ७ सय ७६ बाच्छाबाच्छी, १२ हजार २ सय ७८ गाई, १ हजार ७ सय २८ गोरु, १ सय ४८ भैँसी, ८० पाडापाडी र १४ वटा राँगोमा संक्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख शम्भु पाण्डेले जानकारी दिए । संक्रमणबाट हालसम्म ६ सय १९ पशुबस्तु मरेका छन् । सबैभन्दा बढी संक्रमण गाईमा देखिएको… पुरा पढौ

छोरीलाई विष खुवाइ हत्या गर्ने आमालाई ३ वर्ष कैद

तनहुँ जिल्ला अदालतले छोरीलाई विष खुवाइ हत्या गरेको अभियोगमा एक जनालार्य तीन वर्ष कैद फैसला सुनाएको छ । अदालतले पोखरा २४ कास्कीकोटकी २९ वर्षीया सुष्मा विकलाई ३ वर्ष कैद र ३० हजार जरिवाना हुने फैसला सुनाएको हो । जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको बुधबारको इजलासले उक्त फैसला गरेको जिल्ला अदालतका इजलास अधिकृत कृष्ण गौतमले जानकारी दिए । सुष्माले विसं २०७७ माघ १९ गते दिउँसो तनहुँको आँबुखैरेनी गाउँपालिका २ खानीखोलास्थित न्यू लिगलिग… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं