अनुराग र रोजिनालाई बाल साहित्य पुरस्कार

कौशिलादेवी भण्डारी बाल साहित्य पुरस्कार विद्यार्थीद्वय अनुराग सापकोटा र रोजिना अधिकारीलाई प्रदान गरिने भएको छ । अनुराग शितलादेवी मावि पोखरामा कक्षा ८ मा पढ्छन् भने रोजिना महेन्द्र मावि लाहाचोककी कक्षा १० की छात्रा हुन् ।

बालबालिकालाई साहित्यप्रति रूचि जगाउने उद्देश्यले यो पुरस्कार नारी प्रतिभा वाङ्मय प्रतिष्ठानकी संस्थापक सल्लाहकार डा पुष्पा केसी भण्डारीले स्थापना गरेकी हुन् । पुष्पाले आफ्नी सासू कौशिलादेवी भण्डारीको स्मृतिमा स्थापना स्थापना गरेको यो पुरस्कार राशि नगद १० हजार ५ रुपैयाँ छ ।

नेपाली कला, साहित्य क्षेत्रमा योगदान दिने व्यक्तित्वको खोजी साथै नेपाली भाषा, संस्कृतिको उत्थानका लागि स्थापित पुरस्कारको व्यवस्थापन नारी प्रतिभा वाङ्मय प्रतिष्ठानले गर्दै आएको छ ।

पुरस्कार यही साउन २५ गते संस्थाको वार्षिकोत्सवको अवसरमा हुने समारोहमा वितरण गरिने अध्यक्ष छन्दिका त्रिपाठीले जानकारी दिइन् ।