१ महिनामै भत्कियो पोखराको कालोपत्र

पोखरा ९ सहाराटोलमा भएको कालोपत्र एक महिना नहुँदै उप्किएको छ । गत असार अन्तिमतिर पृथ्वी राजमार्गबाट ट्राफिक कार्यालय कास्की हुँदै नयाँबजार निस्कने बाटो कालोपत्र भएको थियो ।

यो बाटोमा अहिले धेरै ठाउँमा खाल्डा परेका छन् । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको १० लाख बजेटबाट ८० मिटर कालोपत्र गरिएको थियो ।

पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले सडक कालोपत्र गर्दा प्राविधिक अनुगमन नपुगेको र लापरबाही देखिएको जनाए ।