
क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र बाँस्तोला सवारी ज्यान मुद्दामा दोषी ठहर भएका छन् । जिल्ला अदालत, दाङले उनलाई सवारी ज्यान मुद्दामा दोषी ठहर गर्दै १ वर्ष कैद सजाय गर्ने आदेश सुनाएको अदालतका श्रेस्तेदार दामोदर घिमिरेले बताए ।
न्यायाधीश मनोजकुमार श्रीवास्तवको इजलासले उनलाई जेलसहित २ हजार रुपैयाँ सजाय सुनाएको हो । बाँस्तोलाले चलाएको बा ९ च ७१९८ नम्बरको स्कर्पियोले गएको कात्तिक २ गते रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक २९ वर्षीय वसन्तराम चौधरीको मृत्यु भएको थियो । बास्तोला धरौटीमा छुटेका थिए ।