बुलौदीमा मोटरसाइकल दुर्घटनामा हुँदा कैलालीका २ को मृत्यु

पोखरा महानगरपालिका वडा नम्बर ७, बुलौदीमा शनिबार बिहान भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

बिहान पौने ४ बजेतिर बुलौदीको ओरालोमा बाप्र ०२–०३४प५६२१ नम्बरको बुलेट मोटरसाइकल सडक डिभाइडरमा ठोक्किएको थियो । हल्लनचोकबाट जिरो किमीतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते चालक र पछाडि सवार दुवैको उपचारका क्रममा निधन भएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

दुवैको ठाउँकोमा गम्भीर चोट लागेकोमा उपचारका क्रममा निधन भएको हो । कैलालीको सोरहनपुर गाउँपालिका वडा नम्बर ३ घर भएका वर्ष २८ का महेश आचार्यलाई सवा ४ बजे र सोही ठाउँ घर भएका ३० वर्षीय शैलेन्द्रकुमार उपाध्यायलाई पौने ५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । मोटरसाइकल प्रहरी नियन्त्रणमा छ ।

दुवै शव क्षेत्रीय क्षेत्रीय अस्पतालमै राखिएको छ भने घटनाबारे अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।