समाचार

प्राकृतिक स्रोत विनाश र जलवायु परिवर्तनले पार्ने असरबारे छलफल

कास्कीको माछापुच्छे गाउँपालिकामा प्राकृतिक स्रोत व्यवस्थापनमा महिला तथा सीमान्तकृत वर्गको सवाल र सम्बोधनका उपायमाथि छलफल भएको छ । युएसएआइडी जल जंगलको आयोजनामा भएको कार्यक्रममा सरोकारवालाले यसबाट परेका असर र समस्यामाथि छलफल गर्दै समाधानका उपायहरु पनि सुझाए । युएसएआइडी जल जंगलका सिनियर जेसी अधिकृत सुनीलकुमार चौधरीले प्राकृतिक स्रोतको विनाश, वातावरण परिवर्तन जस्ता कारणले सबैभन्दा बढी महिला र सीमान्तकृत वर्ग, ग्रामीण समुदाय पीडित भएको औंल्याए । उनले कास्कीको माछापुच्छ«ेमा जलवायु परिवर्तनका केही… पुरा पढौ

गण्डकीसहित ३ प्रदेशका प्रदेश प्रमुख बर्खास्त

सरकारले गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख पदमुक्त गरेको छ । गण्डकीमा डिल्लीराज भट्ट प्रदेश प्रमुख बनेका छन् । सरकारले गण्डकीका पृथ्वीमान सिंह गुरुङ, मधेशमा हरिशंकर मिश्र र सुदूरपश्चिममा देवराज जोशीलाई हटाएको हो । ती प्रदेशमा नयाँ प्रदेश प्रमुख पनि सिफारिस गरेको छ । मधेशमा सुमित्रा भण्डारी, र सुदूरपश्चिममा नजिर मियाँ प्रदेश प्रमुख सिफारिस भएका छन् । नयाँ सबै प्रदेश प्रमुख एमाले निकट हुन् । पुरा पढौ

फ्याफुल्ला सहकारीमा सकारात्मक सोच तालिम

फ्याफुल्ला विकल्प महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजना र तामाङ बौद्ध सेवा समितिको व्यवस्थापनमा नेतृत्व विकासका लागि सकारात्मक सोच विषयमा प्रशिक्षण दिइएको छ । १ सय १४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिलाको नेतृत्व र व्यक्तित्व विकासका लागि तालिम आयोजना गरिएको हो । तालिममा प्रशिक्षक विकास देव योञ्जनले के बोल्ने भन्नेभन्दा पनि कसरी बोल्ने भन्ने बढी महत्वपूर्ण भएको जनाए । विषयवस्तुको ज्ञान भएर पनि बोल्ने कला नहुँदा पछि पर्नुपर्ने… पुरा पढौ

बागलुङकाे ऐतिहासिक चैते दशैं मेला चैत ३० गतेदेखि बैशाख ६ गतेसम्म लाग्ने

विगतका बर्षमा झैँ यो वर्ष पनि बागलुङमा आगामी चैते दशैंकाे अवसरमा मेला आयोजना गरिएको छ । कालीका गुठी व्यवस्थापन समितिले बागलुङ सदरमुकाममा ऐतिहासिक चैते दशैको चैत ३० गतेदेखि बैशाख ६ गतेसम्म बागलुङ नगरपालिका वडा नम्बर १ बाल उद्यान रामरेखामा मेला आयोजना गर्ने भएको छ । लाखौं श्रद्धालु भक्तजनहरूको आस्थाको केन्द्रको रूपमा रहेको चैत्राष्टमी मेला यो वर्ष पनि विभिन्न कार्यक्रम गरेर मनाउने योजना रहेको कालीका गुठी ब्यवस्थापन समिति अध्यक्ष कुमार खड्काले… पुरा पढौ

अमोर सेवाकी सञ्चालक कमलासहित १६ सम्मानित

११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गण्डकी प्रदेश सरकारले विभिन्न क्षेत्रमा योगदान गर्ने १६ महिलालाई सम्मान गरेको छ । स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नं. १ मा रहेको अमोर सेवा नेपाल (बाल गृह) की सञ्चालक सामाजिक अभियन्ता कमला पराजुली समारोहमा सम्मानित भइन् । प्रदेश नीति तथा योजना आयोगका सदस्य डा सुवास अधिकारी, गण्डकीको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेल लगायतले १६ जनालाई जनही नगद ५० हजार र सम्मानपत्रसहित सम्मान… पुरा पढौ

कविताः हाम्रो देशको नारी दिवस

संसारले मनाउँदै छ विश्व नारी दिवस आज ।खै किन न्याय दिन्न हाम्रा चेलीलाई यो समाज ।।अरु देशका नारी पुगे चन्द्र छुन रकेट चढी ।हाम्रा नारी चुलोचौको घरधन्दा मै ब्यस्त बढी ।। निर्मलाको शरीर लुट्दा बोलेनन् यहाँ कोही कलाकार ।सहमति कै सम्बन्धलाई भन्दैछन् रे हो बलात्कार ।।घरको काममा सधंै एक्लै हाम्रा नारीहरु यहाँ ।फेसबुक भरी नारी आदर्शका कुरा भइरहेछन् कठै त्यहाँ ।। १३ बर्षे त्यो बालापन स्कुल जाने खुसीको पन ।लुटिदियो… पुरा पढौ

परिणाम दिन गठबन्धन परिवर्तनः प्रधानमन्त्री

माननीय सांसदहरूले यही फागुन ६ देखि १८ गतेसम्मका छलफलमा केही विषयमा सरकारको धारणा माग गर्नुभएको थियो र त्यसमा सम्मानीय सभामुखबाट जवाफका लागि प्रधानमन्त्रीलाई रूलिङ्ग गरिएको थियो । म आज माननीय सांसदहरूले उठाउनुभएका विषयहरूको जवाफसँगै पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा राख्दैछु । मसँग दुई विकल्प थिए, औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गरिरहने कि पदको जोखिम उठाएरै भएपनि आफ्नो राजनीतिक प्रतिवद्धताअनुसार, राष्ट्रनिर्माणमा लाग्ने ? मैले दोस्रो विकल्प रोजेँ । सुरू… पुरा पढौ

खिलाङका महिलालाई नेतृत्व विकास र उद्घोषण तालिम

मादी गाउँपालिका वडा नं. १ खिलाङका महिलालाई ३ दिने नेतृत्व विकास तालिम प्रदान गरिएको छ । वडा नं. १ को आयोजनामा बुधबारदेखि सुरु भएको तालिम शुक्रबार सकिएको हो । कार्यक्रममा वडाध्यक्ष देविजंग गुरुङले ग्रामीण क्षेत्रका अधिकांश महिलाको दिनचर्या चुलोचौको र घरधन्दामै बित्ने गरेको र त्यही दैनिकीलाई माथी उठाएर नेतृत्वदायी भूमिकामा सक्षम बनाउन तालिम आयोजना गरिएको बताए । उनले अवसर, सम्भावना र सेवालाई समान रुपले वडा भित्रका प्रत्येक समुदाय र भूगोलमा… पुरा पढौ

जनयुद्धमा तनहुँका सहिदको योगदान पुस्तकमा

नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री आशा कोइरालाको पुस्तक ‘अमरगाथा’ प्रकाशित भएको छ । जनयुद्धका क्रममा तनहुँ जिल्लामा सहादत प्राप्त गर्ने सहिद तथा बेपत्ता योद्धाहरूको जीवनीमा आधारित ‘अमरगाथा’ आइतबार विमोचन गरिएको हो । जनयुद्ध अध्ययन प्रतिष्ठान तनहुँले दमौलीमा आयोजना गरेको कार्यक्रममा नेकपा (माओवादी) केन्द्रका महासचिव देवप्रसाद गुरुङले उक्त पुस्तक विमोचन गरे । पुस्तकमा तनहुँमा सहादत प्राप्त गर्ने ६५ र बेपत्ता १५ गरी ८० जना सहिद तथा बेपत्ताको जीवनी यसमा… पुरा पढौ

बुलौदीमा मोटरसाइकल दुर्घटनामा हुँदा कैलालीका २ को मृत्यु

पोखरा महानगरपालिका वडा नम्बर ७, बुलौदीमा शनिबार बिहान भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बिहान पौने ४ बजेतिर बुलौदीको ओरालोमा बाप्र ०२–०३४प५६२१ नम्बरको बुलेट मोटरसाइकल सडक डिभाइडरमा ठोक्किएको थियो । हल्लनचोकबाट जिरो किमीतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते चालक र पछाडि सवार दुवैको उपचारका क्रममा निधन भएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए । दुवैको ठाउँकोमा गम्भीर चोट लागेकोमा उपचारका क्रममा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं