भदौरे जिप दुर्घटनाः २ को मृत्यु, १० घाइते

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ भदौरे, थमाकोडाँडामा आइतबार दिउँसो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु १० घाइते जना भएका छन् ।

कास्की प्रहरीका अनुसार दुर्घटनामा परी पोखरा २३ का ५५ वर्षीय लक्ष्मण सुनार र ५२ वर्षे जयराम सुनारको मृत्यु भएको छ । घाइतेमध्ये चारको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र ६ जनाको मणिपाल शिक्षण अस्पताल उपचार भइरहेको छ ।

पोखराबाट भदौरे जाँदै गरेको ग१ज ४५४७ नम्बरको जिप सल्लाघारीमा सडकबाट करिब दुई सय ५० मिटर तल खसेको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सूर्यबहादुर रानाले घाइतेहरुको उपचार जारी रहेको र केहीको अवस्था गम्भीर रहको जनाए ।