समाचार

परिणाम दिन गठबन्धन परिवर्तनः प्रधानमन्त्री

माननीय सांसदहरूले यही फागुन ६ देखि १८ गतेसम्मका छलफलमा केही विषयमा सरकारको धारणा माग गर्नुभएको थियो र त्यसमा सम्मानीय सभामुखबाट जवाफका लागि प्रधानमन्त्रीलाई रूलिङ्ग गरिएको थियो । म आज माननीय सांसदहरूले उठाउनुभएका विषयहरूको जवाफसँगै पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा राख्दैछु । मसँग दुई विकल्प थिए, औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गरिरहने कि पदको जोखिम उठाएरै भएपनि आफ्नो राजनीतिक प्रतिवद्धताअनुसार, राष्ट्रनिर्माणमा लाग्ने ? मैले दोस्रो विकल्प रोजेँ । सुरू… पुरा पढौ

खिलाङका महिलालाई नेतृत्व विकास र उद्घोषण तालिम

मादी गाउँपालिका वडा नं. १ खिलाङका महिलालाई ३ दिने नेतृत्व विकास तालिम प्रदान गरिएको छ । वडा नं. १ को आयोजनामा बुधबारदेखि सुरु भएको तालिम शुक्रबार सकिएको हो । कार्यक्रममा वडाध्यक्ष देविजंग गुरुङले ग्रामीण क्षेत्रका अधिकांश महिलाको दिनचर्या चुलोचौको र घरधन्दामै बित्ने गरेको र त्यही दैनिकीलाई माथी उठाएर नेतृत्वदायी भूमिकामा सक्षम बनाउन तालिम आयोजना गरिएको बताए । उनले अवसर, सम्भावना र सेवालाई समान रुपले वडा भित्रका प्रत्येक समुदाय र भूगोलमा… पुरा पढौ

जनयुद्धमा तनहुँका सहिदको योगदान पुस्तकमा

नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री आशा कोइरालाको पुस्तक ‘अमरगाथा’ प्रकाशित भएको छ । जनयुद्धका क्रममा तनहुँ जिल्लामा सहादत प्राप्त गर्ने सहिद तथा बेपत्ता योद्धाहरूको जीवनीमा आधारित ‘अमरगाथा’ आइतबार विमोचन गरिएको हो । जनयुद्ध अध्ययन प्रतिष्ठान तनहुँले दमौलीमा आयोजना गरेको कार्यक्रममा नेकपा (माओवादी) केन्द्रका महासचिव देवप्रसाद गुरुङले उक्त पुस्तक विमोचन गरे । पुस्तकमा तनहुँमा सहादत प्राप्त गर्ने ६५ र बेपत्ता १५ गरी ८० जना सहिद तथा बेपत्ताको जीवनी यसमा… पुरा पढौ

बुलौदीमा मोटरसाइकल दुर्घटनामा हुँदा कैलालीका २ को मृत्यु

पोखरा महानगरपालिका वडा नम्बर ७, बुलौदीमा शनिबार बिहान भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बिहान पौने ४ बजेतिर बुलौदीको ओरालोमा बाप्र ०२–०३४प५६२१ नम्बरको बुलेट मोटरसाइकल सडक डिभाइडरमा ठोक्किएको थियो । हल्लनचोकबाट जिरो किमीतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते चालक र पछाडि सवार दुवैको उपचारका क्रममा निधन भएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए । दुवैको ठाउँकोमा गम्भीर चोट लागेकोमा उपचारका क्रममा… पुरा पढौ

‘द रोड अहेड’ फागुन २० गते पोखरामा

एजी इन्टरटेन्मेन्टको आयोजना र ग्रेस इन्टरनेसनल माइग्रेसनको संयोजनमा पोखरामा एक दिने सिजन २ ‘द रोड अहेड’ कार्यक्रम गरिने भएको छ । विद्यार्थी तथा युवाहरुलाई जीवनको मार्गदर्शनका लागि ‘द रोड अहेड’ कार्यक्रम गर्न लागिएको हो ।यही फागुन २० गते पोखराको न्यु रोडमा रहेको सिटी स्क्यायरमा हुने कार्यक्रममा चर्चित कलाकार, खेलाडी र सञ्चारकर्मीले प्रशिक्षण दिने ग्रेस इन्टरनेशनल पोखरा शाखाका सञ्चालक प्रदिप कुमार लम्सालले जानकारी दिए । शैक्षिक यात्राको रुपमा विभिन्न क्षेत्रमा चर्चित… पुरा पढौ

सवारी ज्यान मुद्दामा धर्मेन्द्र बास्तोलालाई १ वर्ष कैद

क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र बाँस्तोला सवारी ज्यान मुद्दामा दोषी ठहर भएका छन् । जिल्ला अदालत, दाङले उनलाई सवारी ज्यान मुद्दामा दोषी ठहर गर्दै १ वर्ष कैद सजाय गर्ने आदेश सुनाएको अदालतका श्रेस्तेदार दामोदर घिमिरेले बताए । न्यायाधीश मनोजकुमार श्रीवास्तवको इजलासले उनलाई जेलसहित २ हजार रुपैयाँ सजाय सुनाएको हो । बाँस्तोलाले चलाएको बा ९ च ७१९८ नम्बरको स्कर्पियोले गएको कात्तिक २ गते रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको… पुरा पढौ

दीक्षित विद्यार्थीलाई ला ग्रान्डीको सम्मान

ला ग्रान्डी इन्टरनेसनल कलेजले पोखरा विश्वविद्यालयको १९ औं दीक्षान्त समारोहमा दीक्षित कलेजका १ सय १२ विद्यार्थीलाई सम्मान गरेको छ । कलेजले बिहीबार ग्रयाजुयसन एन्ड अवार्ड सेरेमानी आयोजना गरी विद्यार्थीहरुलाई बधाईसहित सम्मान गरेको हो । समारोहमा २०१८ ब्याचका विद्यार्थीमध्ये सिजिपिए ३.७ देखि माथि ल्याई डिन लिस्टमा पर्न सफल बिसिएतर्फकी आस्था श्रेष्ठ (३.९५), सिम्रन सिल्पकार(३.९१) र सपना बानियाँ (३.८८) लाई नगदसहित सम्मान गरिएको हो । यसैगरी बिबिएतर्फ सञ्जिला धरेल (३.८८), प्रतीक्षा सुवेदी(३.८७),… पुरा पढौ

पिसिएमको ग्रयाजुएसन समारोह

पोखरा कलेज अफ म्यानेजमेन्टबाट स्नातक तहमा दीक्षित विद्यार्थीको ग्राजुएसन समारोह भएको छ । समारोहमा बिबिए र बिसिआइएस विषय अध्ययनरत कलेजका ८३ विद्यार्थीलाई कलेजले सम्मान गरेको थियो । समारोहमा पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डिन डा. दयाराज ढकालले विद्यार्थीलाई बधाईका साथै उज्ज्वल भविष्यको कामना गरे । डिन ढकालले धेरै ग्रेड प्राप्त गर्दैमा अत्यन्तै उत्साहित र थोरै ग्रेड प्राप्त गरेकोमा हतोत्साहित नहुनसमेत विद्यार्थीलाई आग्रह गरे । प्राध्यापक चन्द्रा भद्राले विद्यार्थीको असली परीक्षा अब… पुरा पढौ

केशरजंग बने त्रिविका उपकुलपति

त्रिभुवन विश्वविद्यालय(त्रिवि)को उपकुलपतिमा प्राडा केशरजंग बराल नियुक्त भएका छन् । प्रधानमन्त्री एवं त्रिविका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार उनलाई उपकुलपति नियुक्त गरेका हुन् । पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति बराल बराल व्यवस्थापन संकायका प्राध्यापक हुन् । उनले भारतको दिल्ली विश्वविद्यालयबाट विद्यावारिधि गरेका थिए । उनी पोखराको पृथ्वीनारायण क्याम्पसका प्राध्यापक बराल त्रिविको २० औँ उपकुलपति बनेका हुन् । पोखरा–१० का बासिन्दा बराल २०६४ देखि ०६८ सम्म पोखरा विश्वविद्यालयका उपकुलपति थिए । शिक्षामन्त्री अशोककुमार… पुरा पढौ

पोखरा २१ का वडाध्यक्ष रिहालगत्तै पक्राउ

पोखरा २१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदी रिहा लगत्तै पक्राउ परेका छन् । मंगलबार जिल्ला अदालत कास्कीमा उपस्थित भएका सुवेदी सहकारी ठगी मुद्दा थुनछेक बहसपछि धरौटीमा रिहा भएका थिए । ८ लाख धरौटी बुझाएर रिहा भएका सुवेदीलाई प्रहरीले फेरि पक्रेको हो । शान्ति केसीले वडाध्यक्ष सुवेदीले आफूलाई ठगेको जाहेरी दिएकाले उनलाई नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ । ठगी अभियोगमा फरार सुवेदी अदालतमा उपस्थित भएपछि थुनछेक बहस भएको थियो । न्यायधीश… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं