
साहित्यकार दिनेश बस्नेतको नयाँ कृति ‘गाउँको बाटो’ सार्वजनिक भएको छ । मंगलबार भलाममा आयोजना गरिएको कार्यक्रममा समाजसेवीद्वय मना कार्की, रवि कार्की र साहित्यकार बस्नेतले संयुक्त रुपमा कृति साaर्वजनिक गरे ।
बालकविता सञ्चयन ‘गाउँको बाटो’ बस्नेतको पाँचौं कृति हो । समाजसेवी रविले बस्नेतका कृतिहरुमा स्थानीय परिवेशको चित्रणसहित बालमनोविज्ञान समेटिने गरेको जनाए । बालबालिकाका लागि लेख्नु भनेको बालबालिकालाई शिक्षित गर्नुभएको उल्लेख गरे ।
कवि बस्नेतले बालबालिकामा असल भावना, आशावादित र भविष्यको सम्भावना जगाउन चाहेको जनाए । ‘बालबालिकाले साहित्यबाट सिकेर असल नागरिक बनिदिए समाजका सबैजसो अभिभावक जस्तै साहित्यकारलाई पनि सन्तुष्टि मिल्छ,’ उनले भने । कार्यक्रममा माया मन्टेसरीका प्रिन्सिपल नारायण कार्कीले समेत बोलेका थिए ।
कोपिला किताबले प्रकाशन गरेको यो कृतिको मूल्य २ सय ५० रुपैयाँ छ । कृतिमा १८ कविता छन् ।