समाचार

पहिलो पाइला मन्टेसरी १२ वर्षमा

पहिलो पाइला मन्टेसरी किन्डर होम १२ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा शनिबार मन्टेसरीले अभिभावक दिवस तथा दीक्षान्त आयोजना गरेको छ । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्यले बालबालिकाको सर्वांगीण विकासका लागि अभिभावकसमेत जिम्मेवार बन्नुपर्ने विचार राखे । उनले बालबालिकाको गुणस्तरीय शिक्षा सुलभ र सरल तवरले पाउने अधिकार सुनिश्चित गर्ने दायित्व राज्यसहित सबै सरोकारवालाको भएको जनाए । आचार्यले विद्यार्थीलाई धेरै गृहकार्य र घोकन्ते शिक्षा दिनुभन्दा… पुरा पढौ

पोखरा ६ मा जलारीलाई बञ्चित गरिएको तालिम सकियो

पोखरा महानगरपालिका वडा नम्बर ६ को महिला सञ्जालको आयोजनामा भएको क्षमता अभिवृद्धि तथा उद्घोषण तालिम बिहीबार सकिएको छ । महिला सञ्जाल वडामा कार्यक्रम सञ्चालनका लागि बनाइएको लुज फोरम हो । सो कार्यक्रममा सहभागी हुन गएका जलारी आमा समूहका प्रतिनिधिलाई जनप्रतिनिधि र सञ्जालका पदाधिकारीले फिर्ता पठाएका थिए । मंगलबार वडाकै कार्यक्रममा विभेद भोग्नु परेपछि जलारी समुदाय बुधबार डेलिगेसन गएको थियो । डेलिगेसन र दबाबपछि वडा कार्यालय भने महिला सञ्जालका सदस्यका लागि… पुरा पढौ

लायन्स पोखरा लेकसाइडको अध्यक्षमा धर्मराज

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ यम अन्तगर्तको लायन्स क्लब अफ पोखरा लेकसाइडको १० औ अधिबेशनले वर्ष २०२४(२५ का लागि धर्मराज थापाको अध्यक्षतामा नयाँ नेतृत्व चुनेको छ । क्लबका प्रथम उपाध्यक्षमा ईन्द्रमान चौहान, द्वितीय उपाध्यक्ष भीमप्रसाद आचार्य, तृतीय उपाध्यक्ष श्याम थापा, सचिव कमलबहादुर भुजेल र कोषाध्यक्षमा कमलप्रसाद अधिकारी छन् । यस्तै, क्लब प्रशासकमा खिम लामिछाने काजी, सहसचिव राजेश भण्डारी, सहकोषाध्यक्ष भूपेन्द्र लामा, मेम्बर चेयरपर्सन धर्म पन्थी, यलसीआयफ कोकोर्डिनेटर चन्द्र केसी र जोन… पुरा पढौ

न्यायाधीश गिरीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले वैवाहिक बलात्कारको आरोप लागेका न्यायधीश भुवन गिरीलाई थुनामा पठाउन आदेश दिएको छ । बुधबार न्यायाधीशहरु हरि फूयाल र तिलप्रसाद श्रेष्ठको इजलासले जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गर्दै गिरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । यस अघि गिरीलाई जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएका थिए । न्यायाधीश गिरीकी पत्नीले आफूमाथि वैवाहिक बलात्कार भएको भन्दै गिरीविरुद्ध जाहेरी दिएकी थिइन् । त्यसपछि… पुरा पढौ

जीवन माओवादी केन्द्र कास्की इन्चार्ज

नेकपा (माओवादी केन्द्र)कास्की इन्चार्जको जिम्मेवारी रामजी बराल ‘जीवन’ले पाएका छन् । पोखरा २२ का बासिन्दा बराल माओवादी केन्द्रीका केन्द्रीय सदस्य हुन् । पार्टीका कास्की इन्चार्ज राजकाजी गुरुङ राजधानी बस्न थालेपछि जीवनले जिम्मेवारी पाएका हुन् । पार्टीका केन्द्रीय सदस्य बराललाई इन्चार्जको जिम्मेवारी दिइएको माओवादी केन्द्र गण्डकी प्रदेश इन्चार्ज दीनानाथ शर्माले बताए ।२०४२ सालमा स्कुल इकाइ अध्यक्षबाट राजनीतिक यात्रा थालेका जीवनले ०४७ सालमा कम्युनिस्ट पार्टीको सदस्यता पाएका थिए । मशाल, एकता केन्द्र… पुरा पढौ

पोखरामा पनि पठाओको सेवा बिस्तार हुँदै, बाइक राइडरको दर्ता सुरु

काठमाडौँ । राइड सेयरिङ व्यवसायमा लोकप्रिय कम्पनी पठाओले पोखरासँगै मुलुकभर थप १७ सहरमा 'बाइक राइड' सेवा बिस्तार गर्ने भएको छ । मुलुकभर सेवा बिस्तार गर्ने नीतिअनुसार बागमती प्रदेशको काठमाडौँ उपत्यका र चितवनमा मात्रै सीमित पठाओको सेवा छिट्टै थप सहरमा उपलब्ध गराउन लागिएको पठाओ नेपालका प्रबन्ध निर्देशक असिम मान सिंह बस्न्यातले जानकारी दिए । बस्न्यातका अनुसार राइड सेयरिङ सेवाको पर्याय बनेको पठाओको सेवा अब कोशी प्रदेशका नौ सहरहरु बिराटनगर, दमक, उर्लाबारी,… पुरा पढौ

पोखरामा विश्व अटिजम दिवस मनाइयो

आम समुदायमा अटिजमसम्बन्धी सचेतना जगाउने उद्देश्यले मंगलबार पोखरामा विश्व अटिजम दिवस मनाइएको छ । दिवसको सन्दर्भमा अटिजम केयर सोसाइटी गण्डकीको अगुवाईमा चिप्लेढुंगा स्थित मानव अधिकारचोकदेखि नयाँबजारको प्रर्दशनी केन्द्रसम्म सचेतनामूलक ¥याली निकालिएको छ । कार्यक्रममा गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री महेन्द्रध्वज जिसीले अटिजम भएका बालबालिका तथा अभिभावकका लागि सबै क्षेत्रको सहयोग आवश्यक पर्ने बताए । अटिजम क्षेत्रको सवालमा गण्डकी प्रदेश सरकार संवेशनशील भएको उल्लेख गर्दै उनले सो क्षेत्रको… पुरा पढौ

बजारमा आइपुग्यो ‘गाउँको बाटो’

साहित्यकार दिनेश बस्नेतको नयाँ कृति ‘गाउँको बाटो’ सार्वजनिक भएको छ । मंगलबार भलाममा आयोजना गरिएको कार्यक्रममा समाजसेवीद्वय मना कार्की, रवि कार्की र साहित्यकार बस्नेतले संयुक्त रुपमा कृति साaर्वजनिक गरे । बालकविता सञ्चयन ‘गाउँको बाटो’ बस्नेतको पाँचौं कृति हो । समाजसेवी रविले बस्नेतका कृतिहरुमा स्थानीय परिवेशको चित्रणसहित बालमनोविज्ञान समेटिने गरेको जनाए । बालबालिकाका लागि लेख्नु भनेको बालबालिकालाई शिक्षित गर्नुभएको उल्लेख गरे । कवि बस्नेतले बालबालिकामा असल भावना, आशावादित र भविष्यको सम्भावना… पुरा पढौ

सहकारी दिवसमा मान्द्रेढुंगाको शिविर

६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा मान्द्रेढुंगा बहुउद्देश्यीय सहकारीको आयोजनामा मंगलबार निशुल्क स्वास्थ्य शिविर भएको छ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल) प्रालिको प्राविधि सहयोगमा भएको शिविरमा ३ सय ५० जनाको जाँच गरिएको छ । सहकारीले पोखरा १४, विशाल मार्ग, काजीपोखरीमा आयोजना गरेको यो शिविर युआरएलले विभिन्न संघ, संस्थासँगको सहकार्यमा आयोजना गरेको १ सय ६४ औं शिविर हो । कार्यक्रममा पोखरा १४ का वडाध्यक्ष बोधबहादुर कार्कीले कृषि उत्पादनसहितका क्षेत्रमा काम गरिरहेको… पुरा पढौ

माओवादी नेता कालीबहादुर खाम पक्राउ

नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खाम काठमाडौँबाट पक्राउ परेका छन्। माओवादी जनयुद्धका कमाण्डर खामलाई काठमाडौँको ठमेलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए । हाल माओवादी केन्द्रका केन्द्रीय सदस्य रहेका खाममाथि कोटेश्वरका व्यवसायी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोप छ। उनी लामो समयदेखि श्रेष्ठको हत्या कसूरमा फरार थिए । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं