पोखरा ६ मा ५ दिने साबुन,सर्फ सिप तथा आयमुलक तालिम समापन

गणेश पहारी, पोखरा । बैशाख १२ । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन, सर्फ, भाडा धुने झोल साबुन सिप तथा आयमुलक ५ दिने ब्यवासयी तालिमहरुको मंगलबार सकिएको छ ।

वडा नं ६ वडा समितिको कार्यालयको सहयोगमा “साबुन, सर्फ, भाडा धुने झोल साबुन सिप तथा आयमुलक” कार्यक्रम जनजाति, अल्पसख्यं, उत्पीडित, मुसलिम, दलित र निम्नआय भएका वेरोजगार तथा गृहणीलाई लक्षित गरेर शिपमुलक तालिम सञ्चालन गरिएको हो । तालिम ८० जना गृहणी महिलाहरुको सहभागिता रहेको तालिममा दुई समुह बनाइ प्रशिक्षण दिइएको थियो ।

समापन समारोह कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सासंद देवका पहारी त्रिपाठीले तालिम अत्यन्तै उपलव्धीमुलक रहेकाले यसलाई वजारीकरण गर्न सुझाव दिनु भयो । पहारीले तालिमपछि व्यवसाय प्रवद्र्धनमा पनि ध्यान दिनु पर्ने कुरामा जोड दिदै, उहाँले तालिमले बेरोजगारी समस्या न्यूनीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

तालिममा सहभागीहरुलाई साबुन बनाउने मेशिन प्रदान गर्दै वडा अध्यक्ष बिष्णु वहादुर भट्टराईले साबुन बनाएर आर्थिक उपार्जनको माध्यम बनाउन आह्वान गर्नु भयो । भट्टराईले वडाले महिला तथा युवा लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेर कार्ययोजना बनाएको बताउनु भयो । पोखरा महानगर पालिका वडा न ६ का सचिब राम बहादुर खत्रिले सिकाइलाई प्रभावकारी बनाउन अनुरोध गर्नु भएको थियो । खत्रिले तालिमबाट सिकेको ज्ञानबाट लाभ लिन सकेमात्र तालिमको औचित्यता पूरा हुने बताउनु भयो ।

कार्यक्रमका संयोजक तथा वडा सदस्य शोभा जलारीले तालिममा सीकेको शिपलाई व्यवहारमा उतार्न सल्लाह दिनु भयो । उनले सिकाइलाई प्रभावकारी बनाउन अनुरोध गरेकी थिइन । सुचनाका हकका लागि राष्ट्रिय सञ्जाल महानगर संयोजक अनिल थापाले सिकेको ज्ञानलाई ब्यवहारमा उर्तान आग्रह गनुभयो । “प्लान स्टार सानो संसार” काठमाण्डौका प्रशिक्षकलहरुले प्रशिक्षण दिएको तालिममा सहभागि प्रशिक्षार्थीहरु मिना जलारी, चित्रा परियार,लक्ष्मी भुर्तेल अधिकारी र लिला सुनारहरुले आफ्नो सिकाई अनुभव शेयर गर्नु भएको थियो ।