समाचार

कविताः बाटुलीको चिह्नारी

'तिमी जून जस्तै छौ'उसको सौन्दर्यको बयानलेमख्ख पर्छे बाटुलीअनि ऐनामा हेर्छे आफ्नो अनुहारफेरि एकपटकफेरि एकपटक रमाउँछे। हो त,जुनको अनुहारमा देखिने दागहरूको अस्तित्वबाटुलीको अनुहारमा कतै देखिँदैननिर्दोष छ उसको शरीरअनि यही शरीरको रूपसँगै झुन्डिएको छउसको अस्मिताइज्जतसामाजिक मर्यादाअदृश्य पर्खालभित्र। हिजोआज मात्र होइन,आदौदेखि नै उसको पहिचान गराउँछउसको शरीरको अप्रत्याशित अङ्गलेउसको सुन्दरता कहाँ छ?रूप अथवा गुणमाअन्योलमा छे बाटुलीअन्योलमै थिइन उसकी आमाहजुरआमा र हजुरआमाकी हजुरआमा। उसको नारीत्वको परिचयउसको शरीरउसको भेषभूषाउसको हिँडाइउसको हँसाइउसको नम्रताकोमलतासहनशीलताको पल्लामा छ उसलाई सम्हाल्न… पुरा पढौ

कास्की बारमा भगवतीको नेतृत्व

कास्की जिल्ला बार एसोसियसनको अध्यक्षमा अधिवक्ता भगवती पहारी विजयी भएकी छन् । शुक्रवार भएको निर्वाचनबाट पहारी अध्यक्ष चुनिएकी हुन् । उपाध्यक्षमा गीता आचार्य र सहसचिव प्रिती पाण्डे निर्विरोध भएका छन् । बारको नवनिर्वाचित कार्यसमिति सचिवमा कृष्णकुमार श्रेष्ठ, कोषाध्यक्ष विनाका शर्मा र सदस्यमा शंकर सैंजु, ईश्वर परियार, अनुप पौडेल, गणेशबहादुर आले, प्रदीपकुमार राना, पुरुषोत्तमराज घिमिरे, हेमराज अधिकारी र शान्तिकुमारी ढुंगाना निर्वाचित भएका हुन् । नयाँ बार कार्यसमिति चुन्न बिहान ११ बजेदेखि… पुरा पढौ

गोर्खा वरियर्सः गोर्खालीको जंगल वारको कथा

पोखरा आएर गोर्खा वारियर्स टिमले इतिहास देखाउने सिनेमा निर्माण गरेको दाबी गरेको छ । शुक्रबार चलचित्र पत्रकार संघ नेपाल कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा सिनेमाका निर्देशक मिलन चाम्सले वीर गोर्खालीको कथामा सिनेमा बन्नुपर्छ भन्ने लागेर निर्माण गरिएको बताए । फागुन ११ गतेबाट अल नेपाल प्रदर्शन हुने सिनेमाका विषयमा प्रचारप्रसार गर्ने हेतुले पोखरा आएका उनले पोखरा आफैंमा लाहुरेहरुको सहर भएको उल्लेख गरे । ‘पोखरामा आफैंमा लाहुरेहरुको सहर हो । यहाँ… पुरा पढौ

कावासोतीमा चरा उत्सव सुरु

पूर्वी नवलपरासीको कावासोती १३ नवलपुरमा शुक्रबारबाट दोस्रो नेपाल चरा उत्सव सुरु भएको छ । पोखरा पक्षी समाजले आयोजना गरेको उत्सवको सहआयोजकमा कावासोतीको जटायु रेस्टुरेन्ट व्यवस्थापन समिति र बर्ड एजुकेसन सोसाइटी छन् कावासोती नगरपालिकाकी उपमेयर फूलकुमारी थनेतले कार्यक्रमका अध्यक्ष पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेलाई पेनड्राइभ प्रदान गरी कार्यक्रम सुरुआत गरिन् । यो उत्सवमा प्लास्टिकको प्रयोग भएको छैन भने स्टलहरु पनि प्राकृतिमैत्री खालका छन् । उपमेयर थनेतले चरा संरक्षणका लागि वृक्षारोपणसँगसँगै… पुरा पढौ

वडा सदस्यको सुविधाबाट सरकारी स्कुलमा अक्षयकोष

सरकारी सेवा, सुविधाबाट प्राप्त रकमले पोखरा महानगरपालिका वडा नं १७ का वडा सदस्य शिवराम भण्डारीले जानकी मावि महतगौडामा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् । विद्यालयको ४६ औँ वार्षिकोत्सव कार्यक्रममा उनले बुवा धर्मदत्त र आमा जमुना भण्डारीको स्मृतिमा ५ लाखको अक्षयकोष स्थापना गर्ने जनाएका हुन् । निर्वाचित भएदेखि २०८१ असारसम्म २४ महिनामा प्राप्त गर्ने सेवा, सुविधामा बाँकी निजी रकम थप गरी स्थापना गरिएको अक्षयकोषबाट प्राप्त ब्याजले विद्यालय सञ्चालानार्थ सहयोग पुग्ने… पुरा पढौ

पोखरा १७ को वक्तृत्वमा अंकिता प्रथम

पोखरा महानगरपालिका वडा नं. १७ ले ‘वैदेशिक अध्ययन सम्बन्धमा बालबालिकाहरुको दृष्टिकोण’ शीर्षकमा वडा स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा ढुंगेसाँघु बोर्डिङ स्कुलका अंकिता भण्डारी र रासिका थापा क्रमशः पहिलो र दोस्रो बने । न्यु मिलेनियम बोर्डिङकी रोशनी रानाभाट तेस्रो बन्दा पार्दी माविकी करिश्मा खड्का सान्त्वना बनिन् । विजेताले क्रमशः ८ हजार, ६ हजार, ५ हजार र ३ हजारका साथमा प्रमाणपत्र पाएका छन् । वडा बाल मञ्च पोखरा १७… पुरा पढौ

रविविरुद्धको जाहेरी कास्की प्रहरीमा पुग्यो

पोखराको सूर्य दर्शन बचत तथा ऋण सहकारीका पीडितहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित १८ जनाविरुद्ध जाहेरी दिएका छन् । जाहेरीमा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन, नेत्रपाणि बास्तोला लगायतको समेत नाम छ । जाहेरी प्राप्त भएको र अध्ययनको क्रममा रहेको प्रहरी स्रोतले जनाएको छ । सूर्यदर्शनको एक करोड रुपैयाँ सभापति लामिछानेको खातामा जम्मा भएको पोखरा महानगरको प्रतिवेदनमा उल्लेख छ भने लामिछाने प्रबन्ध निर्देशक हुँदा ग्यालेक्सी फोरके टेलिजिभनको… पुरा पढौ

ग्लोबल कलिजियटको वार्षिकोत्सवमा मानव सेवा आश्रमलाई १ लाख

पोखराको रानीपौवास्थित ग्लोबल कलिजियट स्कुलको २८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस शनिबार भएको छ । सो अवसरमा मानव सेवा आश्रमलाई १ लाख रुपैयाँ सहयोग र शिक्षासेवी पवित्रमणि पौड्याललाई सम्मान गरिएको छ । यस्तै, शिक्षकहरु अशोक ओझा, नेपालप्रसाद अधिकारी, नारायणप्रसाद सापकोटा, नारायण प्रसाद शर्मा, रविनाथ पन्त, विश्वशान्ति कुँवर थापा, वीरेन्द्रजंग गुरुङ, कर्मचारीहरु मोतीलाल तिमिल्सिना, कल्पना पन्त र आनन्दीदेवी रानाभाटलाई सम्मान गरियो । कार्यक्रममा गत वर्षको परीक्षामा प्रथम, द्वितीय र तृतीय हुन… पुरा पढौ

४७ औं स्मृति दिवस तथा २ कृतिहरु लोकार्पण

पोखरा–२०, श्री १०८ स्वामी देवानन्द वेदान्त केशरी महाराजजीको ४७ औं स्मरण दिवसको अवसरमा श्री साईदेव साधना कुटीरद्वारा प्रकाशित २ वटा कृतिहरु एक भव्य समारोह बीच यही माघ ११ गते गुरुवारका दिन पोखरा २० भलाममा अवस्थित श्री साई देव साधना कुटीरको प्राङ्गणमा लोकार्पण भएका छन । उक्त कृतिहरु बिद्वान द्वय क्रमशः नेपाल ऋषि डा।जगमान गुरुङज्यू तथा सह–प्राध्यापक डा।भोला नारायाण रेग्मीको करकमलबाट लोकार्पण भएका हुन् । कार्यक्रमका प्रमुख अतिथि नेपाल ऋषि डा।जगमान… पुरा पढौ

पोखरा म्याराथनका सबै इभेन्टमा चिप्स

आगामी फागुन ५ गते शनिबार हुने १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सबैजसो इभेन्टमा चिप्सको प्रयोग गरिने भएको छ । नेपालकै सर्वाधिक पुरस्कार भएको म्याराथनको यो सस्करणमा ४१ इभेन्टका विजेतालाई १८ लाख १६ हजार नगद पुरस्कार प्रदान गरिनेछ । मनोरञ्जनका लागि सबै दौडिन मिल्ने ‘रन फर फन’ र अपाङ्ग दौडबाहेक सबै इभेन्टमा चिप्सको प्रयोग हुने, रन फर फनमा १० हजार हाराहारीमा सहभागी हुने नेपाल भूतपूर्व खेलाडी मञ्च नेपालले जनाएको छ… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं