समाचार

गण्डकीमा बन्यो राष्ट्रिय क्रान्तिकारी मोर्चा

राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपाल गण्डकी प्रदेशको प्रथम भेला सोमबार पोखरामा भएको छ । भेलामा मोर्चाका केन्द्रका सचिवालय सदस्य शैलज पौडेलले साम्राज्यवादी र राष्ट्रघातीहरुका विरुद्ध आन्दोलन उठाउनका लागि मोर्चा गठन भएको उल्लेख गरे । वामपन्थी र परिवर्तनकारी शक्तिमा टुटफुट र विभाजन हुँदा त्यसको फाइदा पश्चगामी र विदेशीका दलालहरुले लिएको भन्दै उनले अबको आन्दोलनले त्यस्ता शक्तिहरूलाई बढार्ने चेतावनी दिए । प्रतिरोधः जनअधिकार आन्दोलका सदस्यसमेत रहेका पौडेलले अहिलेसम्म कोसी, मधेश, लुम्बिनी, बागमती र… पुरा पढौ

पटनेरीमा अन्तर्राष्ट्रिय, नवलपुर र शुक्लागण्डकीमा प्रादेशिक क्रिकेट रंगशाला

अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला र कभर्डहल निर्माणको लागि उपयूक्त जग्गाको खोजीमा रहेको प्रदेश खेलकुद परिषद गण्डकीले अन्ततः जग्गा पाउने भएको छ । पोखरा महानगरपालिका वडा नं २९ पटनेरीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला र कभर्डहल निर्माणको लागि वडा कार्यालय २९ ले सहमति दिए संगै परिषदले प्रदेश सरकारलाई निर्माण कार्य अघि बढाउन सिफारिस गरेको हो । वडा नं २९ का अध्यक्ष श्रीप्रसाद गुरुङले उक्त जग्गा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणका लागि उपयूक्त रहेको बताएका छन् ।… पुरा पढौ

नेपाली नयाँ वर्षमा लेकसाइडका सबै चौतारीमा सांस्कृतिक कार्यक्रम

चैत २९ गतेदेखि वैशाख १ गतेसम्म पोखरामा हुने १९ औं फेवा नव वर्ष महोत्सवको तयारी जारी छ । पर्यटक र स्थानीय गरी ३ लाखले महोत्सव हेर्ने आयोजकको अपेक्षा छ । पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर होटल संघ पोखरा नेपालले ड्यामसाइड चोकदेखि खहरे चोकसम्मको सडकमा नै महोत्सव आयोजना गर्दै छ । महोत्सवलाई भव्य बनाउन तयारीलाई तीव्रता दिइएको संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी… पुरा पढौ

सीप विकास तालिम केन्द्रमा ९ तालिम सुरु

व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पोखराको आयोजनामा सोमबारबाट ९ प्रकारका तालिम सुरु भएका छन् । युवालाई रोजगार, स्वरोजगार र उद्यमी÷व्यवसायी बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री महेन्द्रध्वज जिसीले सोमबार भएको समारोहमा तालिम सुरुआत गरे । केन्द्रले यो आर्थिक वर्षको दोस्रो चौमासिकमा पोखरामा प्लम्बिङ, मोबाइल मर्मत, कुक, ब्युटिपार्लर, विद्युत जडान, आधारभूत सिलाइ कटाइ, सैलुन, फेसन डिजाइन र एडभान्स ब्युटिपार्लर तालिम दिँदै छ… पुरा पढौ

गीत

फूलभन्दा जून राम्रो जूनभन्दा मनसबैभन्दा राम्रो लाग्छ यो नेपाली पन। पाखा भरी लालीगुराँस रातै फुलेको छत्यै हेरेर आज भोलि मन भुलेको छ ।डर लाग्छ मान्छे सँग मेला आए पछिसमयले फुलाउँछ बेला आए पछि । फूल भन्दा जून राम्रो जून भन्दा मनसबैभन्दा राम्रो लाग्छ यो नेपाली पन । चाहे जति अन्न फल यहीं फलेको छज्ञान नभै मानिसले अहम् पालेको छ ।धर्तीबाटै मुल उठी बग्छ स्वच्छ पानीप्रकृतिलाई भन्दा ठूलो कस्लाई ठानाैं धनी… पुरा पढौ

पाेखरामा ब्रिज कोर्समा प्रतिबन्ध

पोखरा महानगरपालिका क्षेत्रमा ब्रिज कोर्स सञ्चालनमा प्रतिबन्ध लगाइने भएको छ । हालै बसेको नगर शिक्षा समितिको बैठकले महानगर क्षेत्रमा ब्रिज कोर्सका कुनै कक्षा सञ्चालनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । ब्रिज कोर्स नाममा मोटो रकम असुली हुँदै आएको गुनासो बिच महानगरपालिकाले अघिल्लो वर्ष पनि यस प्रकारका कक्षा सञ्चालन नगर्न आग्रह गरेको थियो । तर, कतिपय संस्थाले महानगरपालिकाको आग्रह विपरीत सञ्चालन गरेको पाइएको थियो । एसइईपश्चात् विद्यार्थीलाई उच्च शिक्षा प्रवेशमा सहज… पुरा पढौ

अमेरिकामा परशु प्रधान र दधिराज सुवेदीको सम्झना

अमेरिकाको मेरिल्याण्ड राज्यमा साहित्यकार परशु प्रधान र दधिराज सुबेदीको स्मृतिमा शोक तथा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ। ३० मार्चका दिन गेथेस्बर्गको लाइब्रेरीमा भएको श्रद्धाञ्जली सभा साङ्ग्रिला डायलगले आयोजना गरेको हो । कार्यक्रममा लेखक साहित्यकारहरुले परशु प्रधान र दधिराज सुवेदीको निधनले नेपाली सहित्य क्षेत्रमा ठूलो क्षति पुगेको बताए। कार्यक्रममा सीता पाण्डे, शैलेन्द्र साकार, योगेश उपाध्याय, गण्डकीपुत्र र भावना विष्टले प्रधान र सुवेदीका योगदानबारे बोलेका थिए । कवि तारा पराजुलीले आफ्नो मुक्तकमार्फत्… पुरा पढौ

भदौरे जिप दुर्घटनाः २ को मृत्यु, १० घाइते

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ भदौरे, थमाकोडाँडामा आइतबार दिउँसो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु १० घाइते जना भएका छन् । कास्की प्रहरीका अनुसार दुर्घटनामा परी पोखरा २३ का ५५ वर्षीय लक्ष्मण सुनार र ५२ वर्षे जयराम सुनारको मृत्यु भएको छ । घाइतेमध्ये चारको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र ६ जनाको मणिपाल शिक्षण अस्पताल उपचार भइरहेको छ । पोखराबाट भदौरे जाँदै गरेको ग१ज ४५४७ नम्बरको… पुरा पढौ

आलु महोत्सव २५ गतेबाट, ८० टन आलु बेच्ने लक्ष्य

यही चैत २५ गतेदेखि बैशाख ५ गतेसम्म हुने १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक विष्णुपादुका क्लवले शनिवार आज पत्रकार सम्मेलन आयोजना गरी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । क्लव अध्यक्ष समेत रहेका मूल आयोजक समितिका अध्यक्ष सुविन श्रेष्ठले महोत्सव किसानको चाड भएको उल्लेख गर्दै सबै मिली महोत्सव सफल बनाउनुपर्ने बताए । उनले महोत्सवलाई कृषि, पयर्टन तथा व्यापार मेलाका रुपमा विकास… पुरा पढौ

साना किसानको सेवा प्रवाहबारे अन्तक्रिया

साना किसान सहकारी सस्था लिमिटेडको आयोजनामा सस्था संचालन तथा सेवा व्यवस्थापन सम्बन्धि एक दिने अन्तरक्रियात्मक छलफल कार्यक्रम आज पोखरामा सम्पन्न भएको छ | कास्की जिल्ला स्तरीय कार्यसम्पादन सल्लाहकार समुहका संयोजक एव साना किसान सहकारी सस्था ,भरतपोखरीका अध्यक्ष रामजीप्रसाद अधिकारीको अध्यक्षतामा संचालित कार्यक्रमको प्रमुख अतिथी गण्डकी प्रदेश सभा सदस्य एव पुर्व मुख्य मंत्री खगराज अधिकारीले सहकारी सस्थाहरुमा समस्या आउनुको प्रमुख कारण शेयर सदस्यको वेवास्ता भएको बताउदै यत्ति ठुलो शेयर सदस्य भएको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं