लायन्स पोखरा लेकसाइडको अध्यक्षमा धर्मराज

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ यम अन्तगर्तको लायन्स क्लब अफ पोखरा लेकसाइडको १० औ अधिबेशनले वर्ष २०२४(२५ का लागि धर्मराज थापाको अध्यक्षतामा नयाँ नेतृत्व चुनेको छ ।

क्लबका प्रथम उपाध्यक्षमा ईन्द्रमान चौहान, द्वितीय उपाध्यक्ष भीमप्रसाद आचार्य, तृतीय उपाध्यक्ष श्याम थापा, सचिव कमलबहादुर भुजेल र कोषाध्यक्षमा कमलप्रसाद अधिकारी छन् ।

यस्तै, क्लब प्रशासकमा खिम लामिछाने काजी, सहसचिव राजेश भण्डारी, सहकोषाध्यक्ष भूपेन्द्र लामा, मेम्बर चेयरपर्सन धर्म पन्थी, यलसीआयफ कोकोर्डिनेटर चन्द्र केसी र जोन चेयरपर्सनमा रेशमबाबु श्रेष्ठ निर्वाचित भएका छन् । सल्लहाकारद्धयमा महेन्द्र श्रेष्ठ
र दयानन्द पोख्रेल छन् ।

नयाँ कार्यसमिति चयनका लागि क्लबका पूर्व अध्यक्ष कृष्णकुमार श्रेष्ठको नेतृत्वमा बनेको तीन सदस्यीय निर्वाचन मण्डलले सहजीकरण गरेको थियो । कार्यक्रममा लायन्स क्लब अफ पोखराका पूर्व अध्यक्षहरु तथा डिस्ट्रीकका पदाधीकारीले बोलेका थिए ।