समाचार

‘प्रकट दाइ’ रहेनन्

पोखरेली साहित्यकार प्रकट पगेनी ‘शिव’को निधन भएको छ । निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । मंगलबार दिउँसो ४ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । पछिल्लो समय जन्मस्थान रुपा गाउँपालिकाको देउरालीमा फार्म र कजेट चलाउने तयारी गरेका पगेनी गीत, गजल, कविता लेख्थे, त्यतिमात्र होइन उनी राम्रा कलाकार पनि थिए । बुधबार बिहान सवा १२ बजे मणिपाल शिक्षण अस्पतालबाट शवयात्रासहित… पुरा पढौ

साहित्यकार प्रकट पगेनी अस्पताल भर्ना, अवस्था गम्भीर

साहित्यकार प्रकट पगेनी ‘शिव’को पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । सोमबार बेलुकाबाट भेन्टिलेटरमा उनको उपचार भइरहेको र अवस्था गम्भीर रहेको अस्पताल प्रशासनले जनाएको छ । रुपा गाउँपालिका वडा नम्बर ५, देउराली घर भएका शिवका गीत र गजलका कृति प्रकाशित छन् । साहित्यकार तीर्थ श्रेष्ठले पगेनीको अवस्था गम्भीर र स्थिर रहेको चिकित्सकलाई उद्धृत गर्दै जानकारी दिए । पगेनीको फोक्सो र मिर्गाैलामा समस्या रहेको र अक्सिजन लेभल निकै कम रहेको… पुरा पढौ

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

गण्डकी प्रदेश सरकारले यही वैशाख ४ गते प्रदेशभर सार्वजनिक बिदा दिएको छ । चैत्र शुक्ल अष्टमी (चैते दसैँ)का अवसरमा प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना प्रकाशित गरी जानकारी दिएको हो । मन्त्रिपरिषद्को गत चैत ९ गतेको बैठकले गण्डकीमा विभिन्न चाडपर्व तथा दिवसमा बिदा दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले गरेको बिदाको निर्णय प्रदेश राजपत्रमा समेत प्रकाशित भइसकेको मुख्यमन्त्री तथा… पुरा पढौ

पोखरा १२ बासीलाई युआरएलका सबै सेवामा ३० % छुट

पोखरा महानगरपालिका वडा नम्बर १२ का बासिन्दाले युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल) का सबै सेवामा ३० प्रतिशत छुट पाउने भएका छन् । युआरएल गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ ९००ः२०१५ प्राप्त रेफरेन्स ल्याब हो । छुटसम्बन्धी सम्झौतामा वडाबासीको तर्फबाट वडाध्यक्ष सन्तोष बास्तोला र युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्तले सोमबार हस्ताक्षर गरे । गएको शनिबारदेखि सुरु भएको छुट सम्झौता २०८३ चैत मसान्तसम्म लागू हुनेछ । वडाध्यक्ष बास्तोला स्थानीयलाई सहज तवरले प्रयोगशाला सेवा दिन… पुरा पढौ

माछापुच्छ्रेको करुवामा सेतीमा शव फेला

माछापुच्छ्रे गाउँपालिका वडा नम्बर १ करुवाका २५ वर्षीय जगत पुनको शब सोमबार दिउँसो फेला परेको छ । शनिबार दिउँसो साढे २ बजेतिर घरबाट निस्किएका पुनको शव सोमबार घरभन्दा करिब तीन सय मिटर तल सेती नदीमा भेटिएको हो । घरभन्दा तल पुनले लगाएका चप्पल र कालो झोला फेला परेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको उद्धार टोलीले स्थानीय र आफन्तको समेत सहयोगमा खोजी गरेको थियो । कास्कीका प्रहरी प्रवक्ता प्रहरी… पुरा पढौ

नयाँ वर्ष अफरः वैशाखभर सबै सेवामा ३० % छुट

गण्डकी प्रदेशको पहिलो र अग्रणी रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले नयाँ वर्षको अवसरमा वैशाख महिनाभर छुट दिने भएको छ । युआरएलको प्रधान कार्यालय न्युरोडसहित सबै १८ शाखामा युआरएलका सबै सेवामा सेवाग्राहीले ३० प्रतिशत छुट पाउने छन् । नयाँ वर्षको अवसरमा वैशाख महिनाभर होलबडीसहित सबै प्रकारका रगत जाँचमा छुट दिइएको प्रबन्ध निर्देशक गणेशप्रसाद कोइरालाले बताए । युआरएलका अरु शाखाले ३० प्रतिशत छुटसहित आवश्यकता अनुसार केही रगत जाँच सित्तैमा गर्ने… पुरा पढौ

कस्मिक कम्प्युटिङले खोल्यो एकेडेमी

पोखराको न्यूरोडमा रहेकाृ कस्मिक कम्प्युटिङ सोलुशनले दायरा विस्तार गरेको छ । एक दशक भन्दा बढी समयदेखि कम्प्युटरका सामान खरीदविक्री र मर्मत गर्दै आएको कस्मिकले अब कम्प्युर शिक्षासमेत दिने भएको छ । कम्प्युटरसँग सम्बिन्धत सबै तालिम दिन एकेडेमी सुरु गरिएको सञ्चालक पुरुषोत्तम कुँवरले बताए । एकेडेमीमा बेसिकदेखि एडभान्स तहसम्मका कम्प्युटर कोर्स, हार्डवयर ट्रेनिङ, सर्भर तथा नेटवर्किङ, प्रोग्रामिङ तथा कोडिङ, ईथिकल ह्याकिङ, माइक्रोसफ्ट सर्टिफाइड प्रोफेशनल (एमसीपी), सीसीएनए, ग्राफिक डिजाइनिङ, फोटोग्राफी तथा भिडियोग्राफी… पुरा पढौ

कविता: नयाँ वर्ष आयो

नयाँ बर्ष आयो समुत्साह छायोसबैमा नयाँ हर्ष उल्लास आयो ।सबै बृक्षमा पालुवाले सजायोसबै वागमा फूल वास्ना उदायो ।। उता कोयली कुञ्जमा गीत रच्नेअलापेर मीठो नयाँ प्रीत गास्ने ।नयाँ प्रेममा मग्न डाफे मुनालगरे भृङ्गले फूलमा अङ्कमाल।। फुले वागमा फूल लाखौं रमाईफुले आम लीची किवि फल सजाई ।गुराँसै फुली उच्च पहाडी भेकशिरै रङ्गिएका बधूझैं छ लेक ।। हिमाली कुना कन्दरा रङ्गि चङ्गीफूलै फुलमा मुग्ध छन् मस्त भृङ्गी ।सबै छन बढेका नयाँ सिर्जनामाछ… पुरा पढौ

मादीमा २७ गते सार्वजनिक बिदा

कास्कीको मादी गाउँपालिकाले चैत २७ गते मंगलबार सार्वजनिक बिदा दिएको छ । गुरुङ जातिको पर्व ट्होटेको अवसरमा पालिकाले बिदा दिएको हो । मंगलबार पालिका अन्तर्गतका सबै कार्यालय तथा विद्यालयमा सार्वजनिक बिदा दिने निर्णय भएको अध्यक्ष देवीजंग गुरुङले जानकारी दिए । उनले टोहटेको अवसरमा स्वदेश तथा विदेशमा रहेका तमु समुदाय लगायत सम्पूर्ण नेपालीमा सुख, शान्ति तथा समृद्धिको कामनासमेत गरे । गुरुङ समुदायले प्रत्येक वर्ष चैत र साउन महिनाको अन्तिम मंगलबार यो… पुरा पढौ

खगराज बने मुख्यमन्त्री, टरेन विश्वासको मतको संकट

एमाले संसदीय दलका नेता खगराज अधिकारीले आइतबार दिउँसो प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष मुख्यमन्त्रीको पद तथा गोपनियताको सपथ लिए । माओवादी र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा मुख्यमन्त्री नियुक्त भए पनि उनले विश्वासको मत पाउने अवस्था बनिसकेको छैन । माओवादी सांसद कृष्ण धिताल सभामुख रहेकाले उनले मत बराबरी भएको अवस्थामा बाहेक मतदान गर्न पाउँदैनन् । उपसभामुख बिनाकुमारी मगर पनि सत्ता गठबन्धनकै सांसद रहेकाले सभामुखलाई राजीनामा गराएर पनि संकट निवारण हुने देखिँदैन… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं