उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन हुने भएको छ । पार्टीका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा नयाँ दल बन्ने पक्का भएको हो ।
नयाँ दलको नाममा नेपाल हटाएर जसपामात्र राखिएको छ । विभाजनको पक्षमा ७ जना सांसद उभिएको दाबी छ । यसमध्ये सात जनाले हस्ताक्षर गरिसकेका छन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव भने हाल अमेरिकाको भ्रमणमा छन् ।
जसपाबाट अलगिएका अशोककुमार राईले अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीकै कारण पार्टी विभाजनमा पुगेको प्रतिक्रिया दिएका छन् । निर्वाचन आयोग पुगेर आइतबार नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका राईले यादवकै कार्यशैलीले पार्टी विभाजन भएको दाबी गरे ।
राई नयाँ पार्टीको प्रस्तावित केन्द्रीय समितिका अध्यक्ष छन् । उनले आफूहरू अस्थिरताको कारक नबन्ने जनाउँदै सरकारलाई समर्थन गर्ने जनाए ।