समाचार

मातातीर्थ औंसीमा अम्बिकाको नयाँ गीत (भिडियोसहित)

मातातीर्थ औंसीको अवसरमा गायिका अम्बिका भण्डारीको नयाँ गीत बजारमा आएको छ । यही वैशाखमा सासूआमा र केही वर्षअघि आमा गुमाएकी अम्बिकाले आमाहरुप्रति समर्पित गर्दै ‘आमाको मन’ बजारमा ल्याएकी हुन् । उनको आफ्नै युट्युब च्यानलबाट गीतको म्युजिक भिडियो बुधबार सार्वजनिक भएको हो । विदेश जाने छोराछोरी र आमाको पीडा गीतमा समेटिएको छ । गायिका भण्डारीका छोराबुहारी र छोरीसमेत यही वर्ष परदेशिएका छन् । गायिका अम्बिकाले आफ्नो जस्तै धेरै नेपालीका पीडालाई गीतमार्फत्… पुरा पढौ

पोखरामा पार्किङ गरिएको बसमा सामूहिक बलात्कार, ३ पक्राउ

मंगलबार कास्की प्रहरीले सामूहिक बलात्कार आरोपमा ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी–९, कास्कीका ३६ वर्षीय चन्द्रबहादुर थापा, मादी–१२ का ३८ वर्षीय कृष्ण रानाभाट र सोही ठाउँमा २९ वर्षीय विनोद परियार छन् । मंगलबार बिहान पोखराको अमरसिंहचोकको खेलकुद मैदानमा पार्किङ गरिएको ग१ख६५९५ नम्बरको बसबाट तीनै जनालाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । सोमबार राति एक महिलालाई खाजा खान जाऊँ भनी फकाएर पार्किङ गरी राखिएको बसमा लगी मदिरा… पुरा पढौ

वर्ल्ड लिङ्कले ट्राफिकलाई गर्‍यो सहयोग

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिङ्क नेटवर्क प्रालिले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीलाई सहयोग गरेको छ । कास्की ट्राफिकको अनुरोधका आधारमा ६५ थान ट्राफिक व्यवस्थापनका लागि सहयोगी सामाग्री आइतबार वर्ल्ड लिङ्क, पोखराले प्रदान गरेको हो । कम्पनीका पोखरा पब्लिक रिलेशन म्यानेजर युसफ श्रेष्ठले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक भानु शर्मालाई सामाग्री हस्तान्तरण गरेका हुन् । म्यानेजर श्रेष्ठले सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले ट्राफिकलाई सहयोग गरी सहज ट्राफिक व्यवस्थापनका… पुरा पढौ

ला ग्राण्डीमा सामाजिक उद्धमशिलता तालिम

पोखर-८ सिमलचौर स्थित ला ग्राण्डी ईन्टरनेशनल कलेज र नबिल बैंक लिमिटेडको साझेदारीमा बिगत एक बर्ष देखी सामाजिक उद्धमशिलता सम्बन्धी तालिम संचालन हुँदै आईरहेको छ । नबिल बैंकको Nabil School of Social Entrepreneurship नामको उक्त कार्यक्रम गण्डकी प्रदेशमा ला ग्राण्डी ईन्टरनेशनल कलेजले संचालन गर्दै आइरहेकोमा तेस्रो संस्करणको  अभिमुखीकरण यवम् उद्घाटन समारोह २०८०, मङ्गसिर 09, गते शनिबारका दिन सम्पन्न भएको छ । गण्डकी प्रदेश भित्र रहेका युवाहरुलाई लक्षित गर्दै उद्धमशिलता बिकासको लक्ष्य… पुरा पढौ

पामेका अनधिकृत संरचनामा महानगरको डोजर

पोखरा महानगरपालिका वडा नं.२४ पामेबजार (चालिसे बडहरे) स्थित कालिका माध्यमिक विद्यालयको जग्गामा लामो समयदेखि अनधिकृत रूपमा बसोबास गर्दै आएका प्रेम बहादुर नेपाली र नारायण बहादुर परियारको अस्थायी टहरा महानगरिय प्रहरी बलले हटाइदिएको छ । मादी गाउँपालिका वडा नं.२ का स्थायी बासिन्दा प्रेम बहादुर नेपाली र कास्कीकोट २४ बस्ने नारायण प्रसाद परियारले २०८० कात्तिक १२ गते ४ महिना विद्यालयको जग्गा खालि गर्ने शर्तनामा गरेका थिए । सोही सर्तनामा बमोजिम उनीहरूलाई विद्यालयको… पुरा पढौ

उपेन्द्र यादवको पार्टी फुट्यो

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन हुने भएको छ । पार्टीका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा नयाँ दल बन्ने पक्का भएको हो । नयाँ दलको नाममा नेपाल हटाएर जसपामात्र राखिएको छ । विभाजनको पक्षमा ७ जना सांसद उभिएको दाबी छ । यसमध्ये सात जनाले हस्ताक्षर गरिसकेका छन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव भने हाल अमेरिकाको भ्रमणमा छन् ।जसपाबाट अलगिएका अशोककुमार राईले अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीकै कारण… पुरा पढौ

जंगलमा आगो लगाउने अन्नपूर्ण ३ मराम्चेका पौडेल पक्राउ

कास्की प्रहरीले जंगलमा आगो लगाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । शुक्रबार कास्कीको अन्नपूर्ण गाँउपालिका वडा नं. ३ मराम्चेको मराम्चे सामुदायिक जंगलमा आगो लगाएको अभियोगमा सोही ठाउँका ३९ वर्षीय अगन्दर पौडेललाई पक्राउ गरिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए । आगलागी भएपछि वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले आगो लगाउने व्यक्ति खोजतलास गर्दै पौडेललाई नियन्त्रणमा लिएको हो । पौडेलले सामुदायिक जंगल नजिकै रहेको आफ्नै… पुरा पढौ

मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा, कांग्रेस सर्वाेच्च जाने

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको घोषणा भएको छ । सभामुख कृष्ण धितालले आइतबार भएको प्रदेशसभाको बैठकमा अधिकारीको पक्षमा ३० मत परेको र सो मत प्रदेशसभाको बहुमत भएको घोषणा गरे । पक्षमा नेकपा (एमाले)का २२, नेकपा (माओवादी केन्द्र)का सात, स्वतन्त्र एक गरी ३० सांसदले मतदान गरेका थिए । नेपाली कांग्रेसका २७ सदस्यले विपक्ष दिए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई सांसद तटस्थ बसे । ६० सदस्यीय गण्डकी प्रदेशसभामा ३०… पुरा पढौ

पलाँसको ‘ खोला जस्तो जिन्दगी’ सार्वजनिक(गीतसहित)

गीतकार शिव पलाँसको नयाँ गीत ‘ खोला जस्तो जिन्दगी’ सार्वजनिक भएको छ । टीका दाहालको संगीत , उदयराज पौडेलको संगीत संयोजन र अन्जु श्रेष्ठको आवाजमा रहेको गीतको म्युजिक भिडियोमा जीवन भट्टराई, स्नेहा भट्टराई र बाल कलाकार प्रेइज श्रेष्ठको अभिनय छ । उत्सव दाहालले छायाँङ्कन गरेको भिडियोको निर्देशन भने राजेश राईले गरेका हुन् । खोलाको बिम्ब संग जोडेर गीतकार पलाँसले यो गीतमा जीवनको यथार्थ उतार्ने कोशिश गरेका छन् । https://youtu.be/Dwly75bZX20?si=snKJ1NURvxHnUAa9 हरिनास… पुरा पढौ

जिपी कोईराला श्वासप्रश्वास उपचार केन्द्रको सदस्यमा भण्डारी

जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको संचालक समिति सदस्यमा राम भण्डारी नियुक्त भएका छन् । हालै उपप्रधानमन्त्री स्तरको निर्णयबाट स्थापनाकालदेखीका संचालक समिति सदस्य रहेका राम भण्डारी संचालक समिति सदस्यमा नियुक्त भएका हुन् । तनहुँको शुक्लागण्डकी नगरपालिका दुलेगौँडामा रहेको जिपी कोइरालाको राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रको संचालक समितिमा नियुक्त भण्डारी सो अस्पतालको नाममा जग्गा ल्याउन नेतृत्वदायी भूमिका खेल्ने व्यक्ति हुन् । उनले सेती गंगा सामुदायिक अस्पतालको भवन र त्यहाका कर्मचारी ल्याएर… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं