समाचार

अमेरिकामा हुने युवा नेतृत्व कार्यक्रममा मदरल्यान्डका ४ विद्यार्थी जाँदै

अमेरिकाको वासिङ्टन सिसी र क्यान्सस सहरमा आयोजना हुने युवा नेतृत्व कार्यक्रममा भाग लिन पोखराको मदरल्यान्ड माविका ४ विद्यार्थी जान लागेका छन् । उनीहरुलाई बिहीबार गण्डकी प्रदेशकी प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले अबिर र माला लगाएर बिदाइ गरिन् । मदरल्यान्डमा कक्षा १० मा अध्ययनर कृपा बराल र एल्भिना बराल, कक्षा ११ व्यवस्थापनका सुविज्ञा नेपाल र विज्ञान संकायका रबिना पौडेल अमेरिका जान लागेका हुन् । उनीहरु अमेरिकी दुतावास नेपालले सञ्चालन गरेको प्रतिष्पर्धामा उत्कृष्ट… पुरा पढौ

भारतीयले सुुनको माला भनी ठगे, २ पक्राउ

सुनको भनी पहेंलो धातुको माला बेचेर ठगी गरेको आरोपमा कास्की प्रहरीले दुई भारतीयलाई पक्राउ गरेको छ । बुधबार प्रहरीले भारत उत्तर प्रदेश घर भएका वर्ष ७१ की प्रभादेवी र वर्ष ४२ का रामनारायण सुलेङीलाई पक्रेको हो । उनीहरुले बुधबार पौने २ बजेतिर पोखरा महानगरपालिका वडा नं. ८ सृजनाचोकका एक व्यवसायीलाई सुनको माला भनी नक्कली पहेँलो धातुको माला दिएर नगद चार लाख लिएका थिए । यसबारे सूचना आएपछि प्रहरी चौकी छोरेपाटनबाट… पुरा पढौ

गण्डकीमा राप्रपाले सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिने

गण्डकी प्रदेशसभामा राप्रपाले कांग्रेस संसदीय दलका नेतासमेत रहेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिने भएको छ । अहिले गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पाण्डेको विश्वासको मतमाथि छलफल जारी छ । गण्डकीमा राप्रपाका दुई सांसद छन् । नेपाली कांग्रेसका २९ र राप्रपाका दुई गरी पाण्डेको पक्षमा २९ सांसदको समर्थन देखिएको छ । उनलाई अब थप दुई सांसदको समर्थन आवश्यक पर्छ । गण्डकी प्रदेश जेठ १६ गते सर्वाेच्चको परमादेशबाट पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए… पुरा पढौ

पहिरोले पुरिँदा लोडर चलाकको मृत्यु

लमजुङ मस्र्याङ्दी गाउँपालिका–६ न्यादी खोलामा निर्माणाधीन सुपर न्यादी आयोजनाका लोडर चालकको पहिरोले पुरिँदा मृत्यु भएको छ । शुक्रबार बिहान लोडर लिएर कामतर्फ जाँदै गर्दा माथिबाट खसेको पहिरोले पुरिँदा मकवानपुर हेटौँडा उपमहानगरपालिका–१० का ४२ वर्षीय गोपाल तामाङको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय लमजुङमा प्रहरी निरीक्षक मेघनाथ चापागाईले गम्भीर घाइते चालक तामाङकोे काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । पुरा पढौ

बजेटअघि नै विश्वासको मत लिँदै मुख्यमन्त्री पाण्डे

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २८ गते विश्वासको मत लिने भएका छन् । सर्वोच्च अदालतको परमादेशपछि संविधानको धारा १६८ (३) बमोजिम उनी जेठ १६ गते मुख्यमन्त्री बनेका थिए । पाण्डेलाइ अहिले कांग्रेसका २७ सांसदको मात्र समर्थन छ । ६० सदस्यीय संसदमा उनलाई ३१ सिट चाहिन्छ । त्यसका लागि राप्रपाका २ सिट, स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेसँगै अर्का एक सांसदको समर्थन चाहिन्छ । पाण्डेले माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित फणीन्द्र… पुरा पढौ

बकुल्लाको बास जोगाउन आग्रह

राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालले पोखरा महानगरपालिका वडा नम्बर ६ को बाराही घाटमा रहेको बकुल्लाको बास जोगाउन आग्रह गरेको छ । रत्न मन्दिर क्षेत्रमा पर्ने बाराही घाटका बाँसमा आख्लैपिच्छे बकुल्लाले गुँड लगाएका छन् । बकुल्लासहितका पंक्षीको विष्टाले दुर्गगिन्धत भएको भन्दै बेला बेलामा बाँस र बाँसका हाँगा काट्दा चराहरुको बिचल्ली हुने गरेको छ । सम्पदाका अध्यक्ष ठाकुरप्रसाद बराल र महासचिव दिलीप दोषीले नेपाल ट्रष्टको कार्यालय, पोखरामार्फत् ट्रष्टको केन्द्रीय कार्यालयलाई… पुरा पढौ

विद्यार्थीलाई वातावरणबारे सचेतना

पोखरा, २३ जेठराष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालले विभिन्न कार्यक्रम गरी विश्व वातावरण दिवस मनाएको छ । जनप्रिय माध्यमिक विद्यालय सिमलचौरका विद्यार्थीलाई वातावरणसँग सम्बन्धित सचेतना दिई दिवस मनाइएको हो ।कार्यक्रममा पत्रकार एवं गिद्ध संरक्षण अभियन्ता कृष्णमणि बरालले फेवातालको वर्तमान अवस्थाबारे विद्यार्थीलाई जानकारी दिए । बरालले २०–३० वर्ष पुरानो फेवाको अवस्था र मानव अतिक्रमणको चपेटाले प्रदूषण भएको अहिलेको फेवा ताल दर्शाउने फोटो तथा भिडियो प्रदर्शन गरे । संस्थाका सदस्य एवं… पुरा पढौ

मीना गुरुङलाई राष्ट्रपति महिला उद्यमी पुरस्कार

पोखराकी महिला उद्यमी मीना गुरुङ बुधबार राष्ट्रपति महिला उद्यमी समुन्नति पुरस्कार २०८१ बाट सम्मानित भएकी छन् । छैटौं राष्ट्रिय महिला अधिकार दिवस मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले उनलाई सम्मान गरेकी हुन् । पुरस्कार राशि नगद १ लाख, सम्मानपत्र र दोसल्ला छ । हङकङ ब्युटी इन्स्टिच्युट प्रालि पोखरा ११ कास्कीकी सञ्चालक गुरुङलाई महिलालाई स्वरोजगार, उद्यमी र रोजगार बनाउन योगदान गरेकोमा पुरस्कृत गरिएको… पुरा पढौ

कोकोम्हेन्दोमा तामाङ भाषाका सिर्जना सुनाइए

गणतन्त्र दिवसको अवसरमा कोकोम्हेन्दो साहित्य समाज कास्कीको आयोजना र पोखरा महानरपालिकाको व्यवस्थापनमा तामाङ भाषाको रचना वाचन तथा साहित्यिक विमर्श कार्यक्रम भएको छ । कार्यक्रममा आदिवासी जनजाति समुदायका सामाजिक अभियन्ता एवम् युवा नेता पूर्ण ह्योल्मो लामाले लामाले कुङामा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । उनले कोकोम्हेन्दो साहित्य समाजले शुरुवातदेखि आजसम्म गरेका कार्यक्रम सराहनीय रहेको जनाए । साहित्यका क्षेत्रमा बलियो पकड राख्न सकेको खण्डमा उक्त समुदायको भाषा, संस्कार र संस्कृति… पुरा पढौ

पाण्डे मुख्यमन्त्री नियुक्त, राप्रपा अहिले सरकारमा नजाने

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । बुधबार गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । सर्वाेच्चले परमादेश बमोजिम दोस्रो आम निर्वाचनपछि गण्डकी प्रदेशमा बुधबार चौथो सरकार बनेको हो । संविधानको धारा १६८ को उपधारा ३ अनुसार पाण्डे नेतृत्वमा सरकार बनेको हो । उपधारा २ बमोजिम मुख्यमन्त्री बनेका एमाले संसदीय दलका नेता खगराज अधिकारीले पाएको विश्वास मत अवैधानिक ठहर भएपछि… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं