समाचार

पोखरामा पनि पठाओको सेवा बिस्तार हुँदै, बाइक राइडरको दर्ता सुरु

काठमाडौँ । राइड सेयरिङ व्यवसायमा लोकप्रिय कम्पनी पठाओले पोखरासँगै मुलुकभर थप १७ सहरमा 'बाइक राइड' सेवा बिस्तार गर्ने भएको छ । मुलुकभर सेवा बिस्तार गर्ने नीतिअनुसार बागमती प्रदेशको काठमाडौँ उपत्यका र चितवनमा मात्रै सीमित पठाओको सेवा छिट्टै थप सहरमा उपलब्ध गराउन लागिएको पठाओ नेपालका प्रबन्ध निर्देशक असिम मान सिंह बस्न्यातले जानकारी दिए । बस्न्यातका अनुसार राइड सेयरिङ सेवाको पर्याय बनेको पठाओको सेवा अब कोशी प्रदेशका नौ सहरहरु बिराटनगर, दमक, उर्लाबारी,… पुरा पढौ

पोखरामा विश्व अटिजम दिवस मनाइयो

आम समुदायमा अटिजमसम्बन्धी सचेतना जगाउने उद्देश्यले मंगलबार पोखरामा विश्व अटिजम दिवस मनाइएको छ । दिवसको सन्दर्भमा अटिजम केयर सोसाइटी गण्डकीको अगुवाईमा चिप्लेढुंगा स्थित मानव अधिकारचोकदेखि नयाँबजारको प्रर्दशनी केन्द्रसम्म सचेतनामूलक ¥याली निकालिएको छ । कार्यक्रममा गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री महेन्द्रध्वज जिसीले अटिजम भएका बालबालिका तथा अभिभावकका लागि सबै क्षेत्रको सहयोग आवश्यक पर्ने बताए । अटिजम क्षेत्रको सवालमा गण्डकी प्रदेश सरकार संवेशनशील भएको उल्लेख गर्दै उनले सो क्षेत्रको… पुरा पढौ

बजारमा आइपुग्यो ‘गाउँको बाटो’

साहित्यकार दिनेश बस्नेतको नयाँ कृति ‘गाउँको बाटो’ सार्वजनिक भएको छ । मंगलबार भलाममा आयोजना गरिएको कार्यक्रममा समाजसेवीद्वय मना कार्की, रवि कार्की र साहित्यकार बस्नेतले संयुक्त रुपमा कृति साaर्वजनिक गरे । बालकविता सञ्चयन ‘गाउँको बाटो’ बस्नेतको पाँचौं कृति हो । समाजसेवी रविले बस्नेतका कृतिहरुमा स्थानीय परिवेशको चित्रणसहित बालमनोविज्ञान समेटिने गरेको जनाए । बालबालिकाका लागि लेख्नु भनेको बालबालिकालाई शिक्षित गर्नुभएको उल्लेख गरे । कवि बस्नेतले बालबालिकामा असल भावना, आशावादित र भविष्यको सम्भावना… पुरा पढौ

सहकारी दिवसमा मान्द्रेढुंगाको शिविर

६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा मान्द्रेढुंगा बहुउद्देश्यीय सहकारीको आयोजनामा मंगलबार निशुल्क स्वास्थ्य शिविर भएको छ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल) प्रालिको प्राविधि सहयोगमा भएको शिविरमा ३ सय ५० जनाको जाँच गरिएको छ । सहकारीले पोखरा १४, विशाल मार्ग, काजीपोखरीमा आयोजना गरेको यो शिविर युआरएलले विभिन्न संघ, संस्थासँगको सहकार्यमा आयोजना गरेको १ सय ६४ औं शिविर हो । कार्यक्रममा पोखरा १४ का वडाध्यक्ष बोधबहादुर कार्कीले कृषि उत्पादनसहितका क्षेत्रमा काम गरिरहेको… पुरा पढौ

माओवादी नेता कालीबहादुर खाम पक्राउ

नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खाम काठमाडौँबाट पक्राउ परेका छन्। माओवादी जनयुद्धका कमाण्डर खामलाई काठमाडौँको ठमेलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए । हाल माओवादी केन्द्रका केन्द्रीय सदस्य रहेका खाममाथि कोटेश्वरका व्यवसायी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोप छ। उनी लामो समयदेखि श्रेष्ठको हत्या कसूरमा फरार थिए । पुरा पढौ

गण्डकीमा बन्यो राष्ट्रिय क्रान्तिकारी मोर्चा

राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपाल गण्डकी प्रदेशको प्रथम भेला सोमबार पोखरामा भएको छ । भेलामा मोर्चाका केन्द्रका सचिवालय सदस्य शैलज पौडेलले साम्राज्यवादी र राष्ट्रघातीहरुका विरुद्ध आन्दोलन उठाउनका लागि मोर्चा गठन भएको उल्लेख गरे । वामपन्थी र परिवर्तनकारी शक्तिमा टुटफुट र विभाजन हुँदा त्यसको फाइदा पश्चगामी र विदेशीका दलालहरुले लिएको भन्दै उनले अबको आन्दोलनले त्यस्ता शक्तिहरूलाई बढार्ने चेतावनी दिए । प्रतिरोधः जनअधिकार आन्दोलका सदस्यसमेत रहेका पौडेलले अहिलेसम्म कोसी, मधेश, लुम्बिनी, बागमती र… पुरा पढौ

पटनेरीमा अन्तर्राष्ट्रिय, नवलपुर र शुक्लागण्डकीमा प्रादेशिक क्रिकेट रंगशाला

अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला र कभर्डहल निर्माणको लागि उपयूक्त जग्गाको खोजीमा रहेको प्रदेश खेलकुद परिषद गण्डकीले अन्ततः जग्गा पाउने भएको छ । पोखरा महानगरपालिका वडा नं २९ पटनेरीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला र कभर्डहल निर्माणको लागि वडा कार्यालय २९ ले सहमति दिए संगै परिषदले प्रदेश सरकारलाई निर्माण कार्य अघि बढाउन सिफारिस गरेको हो । वडा नं २९ का अध्यक्ष श्रीप्रसाद गुरुङले उक्त जग्गा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणका लागि उपयूक्त रहेको बताएका छन् ।… पुरा पढौ

नेपाली नयाँ वर्षमा लेकसाइडका सबै चौतारीमा सांस्कृतिक कार्यक्रम

चैत २९ गतेदेखि वैशाख १ गतेसम्म पोखरामा हुने १९ औं फेवा नव वर्ष महोत्सवको तयारी जारी छ । पर्यटक र स्थानीय गरी ३ लाखले महोत्सव हेर्ने आयोजकको अपेक्षा छ । पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर होटल संघ पोखरा नेपालले ड्यामसाइड चोकदेखि खहरे चोकसम्मको सडकमा नै महोत्सव आयोजना गर्दै छ । महोत्सवलाई भव्य बनाउन तयारीलाई तीव्रता दिइएको संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी… पुरा पढौ

सीप विकास तालिम केन्द्रमा ९ तालिम सुरु

व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पोखराको आयोजनामा सोमबारबाट ९ प्रकारका तालिम सुरु भएका छन् । युवालाई रोजगार, स्वरोजगार र उद्यमी÷व्यवसायी बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री महेन्द्रध्वज जिसीले सोमबार भएको समारोहमा तालिम सुरुआत गरे । केन्द्रले यो आर्थिक वर्षको दोस्रो चौमासिकमा पोखरामा प्लम्बिङ, मोबाइल मर्मत, कुक, ब्युटिपार्लर, विद्युत जडान, आधारभूत सिलाइ कटाइ, सैलुन, फेसन डिजाइन र एडभान्स ब्युटिपार्लर तालिम दिँदै छ… पुरा पढौ

गीत

फूलभन्दा जून राम्रो जूनभन्दा मनसबैभन्दा राम्रो लाग्छ यो नेपाली पन। पाखा भरी लालीगुराँस रातै फुलेको छत्यै हेरेर आज भोलि मन भुलेको छ ।डर लाग्छ मान्छे सँग मेला आए पछिसमयले फुलाउँछ बेला आए पछि । फूल भन्दा जून राम्रो जून भन्दा मनसबैभन्दा राम्रो लाग्छ यो नेपाली पन । चाहे जति अन्न फल यहीं फलेको छज्ञान नभै मानिसले अहम् पालेको छ ।धर्तीबाटै मुल उठी बग्छ स्वच्छ पानीप्रकृतिलाई भन्दा ठूलो कस्लाई ठानाैं धनी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं