समाचार

प्रकाश र उषा बने पोखरा साइकल दौड च्याम्पियन

पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको तेस्रो पोखरा साइकल दौड प्रतियोगिताको उपाधि प्रकाश थापा मगर र उषा खनालले जितेका छन् । पोखरा १७ र २१ भित्र तय गरिएको रुटमा शनिबार भएको प्रतियोगितामा पुरुषतर्फ प्रकाश र महिलातर्फ उषा विजेता बनेका हुन् । दुवैले ५० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रकाशले निर्धारित २८ किलोमिटर दूरी एक घण्टा ३७ मिनेट १३ सेकेन्ड र उषाले निर्धारित २० किलोमिटर एक घण्टा… पुरा पढौ

प्रश्नपत्र निर्माण र उत्तरपुस्तिका परीक्षणबारे कार्यशाला

नेपाली भाषा शिक्षक परिषद्,कास्की,नेपालले शनिबार प्रश्नपत्र निर्माण तथा उत्तरपुस्तिका परीक्षणसम्बन्धी कार्यशाला आयोजना गरेको छ । कार्यशालामा मावि तहमा डा बोधराज ढकाल र डा यामनाथ तिमिल्सिना, आधारभूत तह (६-८)मा डोलराज अर्याल र शिवहरि सुवेदी र आधारभूत तह (४-५)मा माधवशरण उपाध्याय र लोकचन्द्र खनालले नेपाली भाषाका शिक्षकहरूलाई प्रश्नपत्र निर्माण र उत्तरपुस्तिका परीक्षण सिपबारे सहजीकरण गरे । समारोहमा प्रदेश परीक्षा व्यवस्थापन कार्यालय गण्डकी प्रदेश प्रमुख लक्ष्मण देवकोटाले भाषा जोगाउने दायित्व शिक्षकहरुको काँधमा रहेको… पुरा पढौ

नेकपा कास्कीमा जिम्मेवारी बाँडफाँट

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा) कास्कीको जिल्ला कमिटीले नेताहरुको जिम्मेवारी बाँडफाँट गरेको छ । शुक्रबार भएको जिल्ला कमिटी बैठकले पालिका र निर्वाचन क्षेत्रहरुका सेक्रेटरी चयन गरेको हो । नेकपा कास्की सेक्रेटरी उमेश सीले कास्की १ को सेक्रेटरीम कुमार सी, कास्की २ को जिम्मा जिल्ला कार्यालय र कास्की ३ को सेक्रेटरीमा सोममाया सीलाई जिम्मेवारी दिइएको बताए । रुपाको सेक्रेटरीमा प्रशान्त सी, मादीमा गंगा सी र अन्नपूर्णमा खुसीमान सीले जिम्मेवारी… पुरा पढौ

सम्पदाले विद्यार्थीलाई सिकायो मानव अधिकार

नवीन माध्यमिक विद्यालय पोखरा ४ गैह्रापाटनका विद्यार्थीलाई मानव अधिकारका आधारभूत पक्षबारे जानकारी दिइएको छ । नवीनका कक्षा ९ र १० का विद्यार्थीलाई राष्ट्रिय मानव अधिकार आयोग पोखरा कार्यालयका मानवअधिकार अधिकृत टंक खनालले मानवअधिकारको परिचय, त्यसका विश्वव्यापी मान्यता र नेपालको अवस्थाबारे जानकारी दिए । राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालले आयोजना गरेको कार्यक्रममा खनालले मानव अधिकारको विश्वव्यापी घोषणापत्र, नेपालको संविधान र ऐनहरु अनुसार नागरिकले मानवअधिकारको अनुभूति गर्न पाउनुपर्नेमा जोड दिए… पुरा पढौ

ईश्वरचन्द्र ज्ञवालीलाई गोकुल पुरस्कार

साहित्यकार, समालोचक ईश्वरचन्द्र ज्ञवालीलाई गोकुल वाङ्मय पुरस्कार २०८० बाट सम्मान गरिने भएको छ । गण्डकी साहित्य संगम पोखराले स्थापना गरेको यो पुरस्कारको राशि ४० हजार र सम्मानपत्र छ । जनकवि गोकुल जोशीको सम्झनामा स्थापना भएको पुरस्कार चार दशकदेखि प्रगतिशील साहित्य, दर्शनशास्त्र र समालोचनाको क्षेत्रमा क्रियाशील ज्ञवालीलाई प्रदान गर्न लागिएको हो । पाल्पामा जन्मिएका ज्ञवाली अहिले काठमाडौंमा बस्छन् । यसअघि यो पुरस्कार केवलपुरे किसान, खगेन्द्र संग्रौला, गोविन्द भट्ट, श्यामप्रसाद शर्मा, रमेश… पुरा पढौ

पोखर १२ का सरकारी स्कुलमा संस्कार शिक्षा

पोखरा महानगरपालिकाले वडा नं. १२ ले पनि आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयमा संस्कार शिक्षा पाठ्यक्रम लागू गर्ने भएको छ । वडाका सबै सामुदायिक विद्यालयमा कक्षा ७ र कक्षा ११ मा संस्कार शिक्षा लागू गर्न लागिएको हो । पूर्वीय दर्शनका अध्यता तथा व्याख्याता डा केएन स्वामीले तयार पारेको संस्कार शिक्षा पोखरा महानगरपालिकाबाहेक अन्य केही स्थानीय तहले लागू गर्ने तयारी गरिरहेका छन् । अमरसिंह माविले यही शैक्षिक सत्रदेखि संस्कार शिक्षा सुरु गरेको विद्यालय… पुरा पढौ

‘गिद्ध र लाटोकोसेरो मान्छेका मित्र’

पोखरा, ३ जेठअन्तर्राष्ट्रिय जैविक विविधता दिवस पोखराका संरक्षणकर्मीले समेत मनाएका छन् । राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालको आयोजनामा बिहीबार गिद्ध र लाटोकोसेरोबारे विद्यार्थीलाई प्रशिक्षण दिइएको हो । विन्ध्येश्वरी माध्यमिक विद्यालय पोखरा १९ का विद्यार्थीलाई संरक्षणकर्मी कृष्णमणि बरालले प्रशिक्षण दिएका हुन् । बरालले विश्वमा २३ प्रजातिका गिद्ध पाइनेमा नेपालमा ९ प्रजातिका गिद्ध रहेको जनाए । उनले भने, ‘नेपालमा पाइने ९ प्रजातिका गिद्धमध्ये सबै पोखरामा पाइन्छन् । तर विविध कारणले… पुरा पढौ

सन्दीप विश्वकप खेल्न जाने

सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत पाटनले बलात्कार मुद्धामा सन्दीपलाई सफाई दिएसँगै क्यानले विश्वकप खेल्न पठाउने भएको छ । हामी १०० प्रतिशत सन्दीपलाई खेल्न पठाउँछौं । क्यानले आफ्नो खर्च गरेर भए पनि सन्दीपलाई पठाउछ, क्यानका कोषाध्यक्ष पदम खड्काले भने । आईसीसीको नियम अनुसार विश्वकपमा २५ मेसम्म कुनै पनि टोलीले खेलाडी परिवर्तन गर्न सक्छन् । पुरा पढौ

सन्दीप लामिछानेले पाए सफाइ

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको यसअघिको फैसलालाई उल्ट्याउँदै लामिछानेलाई सफाइ दिने फैसला गरेको हो । गौशाल–२६ ले आफूमाथि काठमाडौँको एक होटेलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै गत २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्। सो जाहेरीपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत काठमाडौँ जिल्ला अदालतमा दायर भएको मुद्दामा अदालतले… पुरा पढौ

फेवातालमा क्रस लेक खुला पौडी प्रतियोगिता

पोखरामा पहिलो पटक आयोजना भएको ‘प्रथम क्रस लेक खुल्ला पौडी प्रतियोगिता’ मा पुरुषतर्फ अभय अधिकारी र महिलातर्फ रुबी तामाङ प्रथम भएका छन् । गण्डकी प्रदेश पौडी संघले शनिबार फेवाताल किनारमा आयोजना गरेको प्रतियोगितामा दुवै विधामा गरी ३७ जना सहभागी थिए । पुरुषतर्फ अर्जुन नेपाली दोस्रो, ऋषि पौडेल तेस्रो बन्दा महिलातर्फ लसता श्रेष्ठ दोस्रो र युनिशा कुँवर तेस्रो ठहरिए । दुवै विधामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः १० हजार, ८… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं