गण्डकी प्रदेशसभामा राप्रपाले कांग्रेस संसदीय दलका नेतासमेत रहेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिने भएको छ । अहिले गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पाण्डेको विश्वासको मतमाथि छलफल जारी छ ।
गण्डकीमा राप्रपाका दुई सांसद छन् । नेपाली कांग्रेसका २९ र राप्रपाका दुई गरी पाण्डेको पक्षमा २९ सांसदको समर्थन देखिएको छ । उनलाई अब थप दुई सांसदको समर्थन आवश्यक पर्छ ।
गण्डकी प्रदेश जेठ १६ गते सर्वाेच्चको परमादेशबाट पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए । सदनमा बोल्दै राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङले बारम्बर सरकार परिवर्तन हुने कुरा जनतालाई सुनाउन लाज लाग्दो भएको बताए । उनले केन्द्र सरकारको पक्षमा होइन कि विपक्षमा उपस्थित भएको जनाउँदै सरकारलाई मत दिने बताए ।