बजेटअघि नै विश्वासको मत लिँदै मुख्यमन्त्री पाण्डे

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २८ गते विश्वासको मत लिने भएका छन् । सर्वोच्च अदालतको परमादेशपछि संविधानको धारा १६८ (३) बमोजिम उनी जेठ १६ गते मुख्यमन्त्री बनेका थिए ।

पाण्डेलाइ अहिले कांग्रेसका २७ सांसदको मात्र समर्थन छ । ६० सदस्यीय संसदमा उनलाई ३१ सिट चाहिन्छ । त्यसका लागि राप्रपाका २ सिट, स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेसँगै अर्का एक सांसदको समर्थन चाहिन्छ ।

पाण्डेले माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित फणीन्द्र देवकोटाको मत पाउने अपेक्षा गरेका छन् । विश्वासको मत पाउने सम्भावना देखेपछि बजेटअघि नै सदनको विश्वास उनले लिन लागेको स्रोत बताउँछ ।