माक्र्सवादी अध्ययन स्रोत केन्द्रमा झलकपाणि

माक्र्सवादी अध्ययन स्रोत केन्द्र पोखरा नेपालको भेलाले झलकपाणि तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको छ । केन्द्रको उपाध्यक्षमा दुर्गादत्त भण्डारी, सचिव डिल्लीराज ढुंगाना, सहसचिव दुर्गा भुजेल र कोषाध्यक्षमा कल्पना चिलुवाल छन् ।

संस्थाका सदस्यमा रवीन्द्र घिमिरे, राजेन्द्र पौडेल, परशुराम कोइराला, आरती अधिकारी र सीता नेपाली छन् । सल्लाहकारमा रामराज रेग्मी, हरि अधिकारी, तारा बराल, सावित्रा दुरा र नारायण अधिकारी छन् ।

संस्था अध्यक्ष रामराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्र अनुशासन आयोगका सदस्य कोमलनाथ बरालले संस्थाले लिनुपर्ने बाटोबारे प्रकाश पारे । नवनिर्वाचित अध्यक्ष तिवारीले संस्थालाई माक्र्सवाद, जीवन र अबको कार्यभारबारे बुझ्न, जान्न चाहनेहरुको साझा संस्थाका रुपमा विकास गरिने उल्लेख गरे ।

भेलाले सचिव दुर्गादत्त भण्डारीको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष राजेन्द्र पौडेलको आर्थिक प्रतिवेदन पारित गरेको छ । तारा बराल, नारायण मरासिनी र तारानाथ सुवेदी रहेको निर्वाचन मण्डलले नयाँ कार्यसमितिको निर्वाचन प्रक्रियाका लागि सहजीकरण गरेको थियो ।