कविताः हाम्रो पहिचान

पश्चिमा दर्शन उदायो जब
परम्परा हाम्रो अस्तायो तब

लुङी र चोली घलेकी राम्रो
छ कति सुन्दर पोशाक हाम्रो
सोरठी र घाटू प्रचलित नृत्य
बिर्सनै कहिलै नहुने कृत्य

आउन आउ ए आच्यो, ठागु !
रोधी बस्ने चलन गराउन लागू
जमर्को गरौं संस्कार साच्ने
बिना अस्तित्व के जीवन बाच्ने ?

चिनारी हाम्रो भाषामा हुन्छ
छ्याजालो भन्दा कति सभ्य सुन्छ
हुन्छ हाम्रो प्रारम्भ संवत ल्होसार
सभ्यताको विकास क्व्होलासोंथर

यानीमाया गाऊ, सुनिमाया सुन
मादल अनि झ्याम्टा तालैको धुन
फेरि एकताको गाँठ बाँध्ने बेला भो
तमुको पर्यायवाची शब्द नै भेला हो ।