पोखरा महानगरपालिका १२ का बासिन्दाले पोखराको मणिपाल हस्पिटलमा उपचार गर्दा छुट पाउने भएका छन । वडा कार्यालय र हस्पिटलबिच आईतबार भएको सम्झौता अनुसार अस्पतालबाट प्रदान गरिने विभिन्न शीर्षकको सेवामा विशेष छुट दिइने भएको हो ।
पोखरा महानगरपालिका १२ का वडाध्यक्ष सन्तोष बास्तोला र मणिपाल शिक्षण अस्पतालका सिईओ अनिल ओडूविलबिच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतामा वडावासीका लागि ओपिडी दर्तामा १०० प्रतिशत, बेड शुल्कमा २५ प्रतिशत, नियमित जाँचका ल्याब टेस्टमा १५ प्रतिशत, सिटीस्क्यान तथा यमआरईमा १० प्रतिशत, अपरेसनमा १० प्रतिशत छुट दिने उल्लेख छ ।
शहरी स्वास्थ्य केन्द्र पोखरा १२ मा हप्ताको एक दिन निशुल्क डाक्टरी सेवाको सुरुवात गर्ने लगायत पोखरा महानगरपालिका १२ का कर्मचारीलाई समेत यो सेवा प्रधान गरिने वडाध्यक्ष सन्तोष बास्तोलाले जानकारी दिए ।




