समाचार

मणिपाल काण्डः पोखरा महानगरमा अख्तियारको छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले मङ्गलबार पोखरा महानगरपालिका कार्यालयमा छापा मारेको छ । कानुनविपरीत मणिपाल शिक्षण अस्पताललाई राजस्व छुट दिइएको उजुरीपछि अख्तियारले महानगरमा छापा मारेको हो । आख्तियार पोखराका प्रवक्ता उपसचिव जगदीशचन्द्र सिवाकोटीले महानगरबाट मणिपालसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको जानकारी दिए । “यसबारे हामीकहाँ उजूरी पनि परेको छ र मिडियामा पनि आएको कुरा हो,” उनले भने । मणिपाललाई करिब २० करोड कर छुट दिएर घरनक्सा सम्पन्न प्रमाणपत्र दिइएको थियो ।… पुरा पढौ

पिसिएमका विद्यार्थीले गरे डेमो प्रेस मिट

पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) मा बिबिए आठौं सेमेस्टरका विद्यार्थीले आइतबार नमुन पत्रकार सम्मेलनको अभ्यास गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा दुई सेक्सनका ७२ विद्यार्थीले ६ वटा समूहमा बाँडिएर डेमो पत्रकार सम्मेलन गरेका हुन् । बिबिए अन्तिम सेमेस्टरमा ‘मिडिया र जनसम्पर्क’ विषय अध्ययनरत विद्यार्थीलाई कार्यक्षेत्रको प्रत्यक्ष अनुभव गराउने सन्दर्भमा यो कार्यक्रम आयोजना गरिएको कलेजका बिबिए कार्यक्रम संयोजक हरि अधिकारीले बताए । क्याम्पस प्रमुख लिना श्रेष्ठ नेगीले विद्यार्थीले यस्ता… पुरा पढौ

सांसद केसीको प्रश्नः गाडी नकिन्ने भन्ने ५ करोड बजेट राख्ने किन ?

prakash kc
गण्डकी प्रदेश सभा सदस्य प्रकाशबहादुर केसीले आगामी आर्थिक वर्षको बजेटमा प्रतिपक्षी सांसदलाई पेलेर जान नीति तथा योजना आयोग सक्रिय बनेको दाबी गरेका छन् । आइतबार अर्थ र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तर्गतको छलफलमा नेकपा एमालेका सांसद केसीले प्रतिपक्षीलाई पेलिएको भन्दै असन्तुष्टि जनाए । सरकारका कारण धेरै सांसदलाई निर्वाचन क्षेत्रका जनतासामु जानै नसक्ने अवस्था आएको सांसद केसीले गुनासो गरे । ‘बजेट हेर्दा जनतालाई उत्पादनसँग कसरी जोड्ने, रोजगारी सिर्जना, पर्यटनको विकास… पुरा पढौ

मदरल्याण्डका १० विद्यार्थीले ल्याए ४ जिपिए

माध्यमिक शिक्षा परीक्षा (एसइई)–२०८० को नतिजामा मदरल्याण्ड माविका १० जना विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएका छन् । बिहीबार प्रकाशित नतिजामा नेपालभरबाट मात्र १८६ जनाले ४ जिपिए ल्याएका हुन् । पोखरा मासबारस्थित मदरल्याण्डको यो नतिजा हालसम्म प्राप्त विवरणअनुसार नेपालमै उत्कृष्ट हो ।४ जिपिए ल्याउनेमा कृपा बराल, रेडियस पोख्रेल, कनक अधिकारी, अपेक्षा ढुंगाना, आशीष बस्ताकोटी, कृपा गुरुङ, इक्वीटी पौडेल, अभ्यास वाग्ले, युनिका ढकाल र समीक्षा पहारी हुन्। विद्यालयबाट १४६ जना परीक्षार्थीले… पुरा पढौ

महतगौंडामा विद्यार्थीसँग असार १५ को तयारी

पोखरा महानगरपालिका वडा नम्बर १७ को महतगौंडामा असार १५ को अवसरमा विद्यार्थीसँग विशेष कार्यक्रम हुने भएको छ । सिद्देश्वर बहुउद्देश्यीय कृषि सहकारीले धान दिवसको अवसरमा पारी विभिन्न कार्यक्रम गर्न लागेको हो । नयाँ पुस्तालाई रोपाइँ, असारे गीत, धान दिवस आदिको महत्व बुझाउन कार्यक्रम गर्न लागिएको सहकारीका अध्यक्ष शंकरराज भण्डारी बताउँछन् । सो अवसरमा रोपाइँसँगै चित्रकला प्रदर्शनी, असारे गीत प्रस्तुति, विभिन्न खेलकुद र सांस्कृतिक कार्यक्रमसमेत हुने छन् । सहकारीका सचिव पवन… पुरा पढौ

समृद्धिको बुद्धिचालमा गौरव प्रथम

समृद्धि बाल क्लबको आयोजनामा हालै भएको खुला बुद्धिचाल प्रतियोगितामा गौरव पौडेल प्रथम भएका छन् । प्रतियोगितामा विकास घर्ती, अनुकूल गुरुङ क्रमशः दोस्रो र तेस्रो बने । प्रतियोगितामा जेनिस गुरुङ, ऋदम वाग्ले, आयुष पनेरु र एलेक्स राई सान्त्वना ठहरिए । विजेताहरुलाई समृद्धि महिला समूहकी उपाध्यक्ष अनिषा बराल र निर्णायक संयोजक परिवेश थापाले मेडल र प्रमाणपत्र प्रदान गरे । प्रतियोगितामा सुशान्त बाल क्लब, समृद्धि बाल क्लब, हिमालयन मित्र बाल क्लब र अन्य… पुरा पढौ

हाजिरीजवाफमा रेन्बो एकेडेमिक होम्स प्रथम

प्याब्सन कास्कीले शनिबार आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा रेन्बो एकेडेमिक होम्स मावि पोखरा–१५, कोलपाटन प्रथम भएको छ । माविस्तरीय प्रतियोगितामा रेन्बोका माल्लिका मल्ल, अमत्र्य खड्का र विश्वास रानाको समूह प्रथम ठहरिएको हो । प्रतियोगितामा शान्ति निकेतन माविका निश्चल कोइराला, अनुपम पराजुली र सफल शर्माको समूह दोस्रो हुँदा सन्देश तिवारी, सुप्रिम चापागाईँ र प्रतीक पौडेल रहेको वेस्ट प्वाइन्ट स्कुलको समूह तेस्रो बनेको छ । भाष्कर मेमोरियलका कीर्ति पाण्डे, उत्सव शर्मा र स्वस्तिका… पुरा पढौ

कविताः हाम्रो पहिचान

पश्चिमा दर्शन उदायो जबपरम्परा हाम्रो अस्तायो तब लुङी र चोली घलेकी राम्रोछ कति सुन्दर पोशाक हाम्रोसोरठी र घाटू प्रचलित नृत्यबिर्सनै कहिलै नहुने कृत्य आउन आउ ए आच्यो, ठागु !रोधी बस्ने चलन गराउन लागूजमर्को गरौं संस्कार साच्नेबिना अस्तित्व के जीवन बाच्ने ? चिनारी हाम्रो भाषामा हुन्छछ्याजालो भन्दा कति सभ्य सुन्छहुन्छ हाम्रो प्रारम्भ संवत ल्होसारसभ्यताको विकास क्व्होलासोंथर यानीमाया गाऊ, सुनिमाया सुनमादल अनि झ्याम्टा तालैको धुनफेरि एकताको गाँठ बाँध्ने बेला भोतमुको पर्यायवाची शब्द… पुरा पढौ

कास्कीका सिडिओलाई स्वागत, एसपीलाई सम्मान

होटल संघ पोखरा नेपालले कास्कीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई स्वागत र कास्की प्रहरी प्रमुख मोहनकुमार थापालाई सम्मान गरेको छ । हालै कास्कीमा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी पाण्डेलाई संघले स्वागत गरेको हो । जिल्लामा शान्ति, सुरक्षा कायम राख्दै विविध विकृति नियन्त्रणमा उल्लेख योगदान पु¥याएको भन्दै सोमबार थापालाई सम्मान गरिएको हो । २० वर्षअघि प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थापालाई गण्डकी प्रदेश सरकारले यसपालिको गणतन्त्र दिवसमा ‘शान्ति सुरक्षा… पुरा पढौ

माक्र्सवादी अध्ययन स्रोत केन्द्रमा झलकपाणि

माक्र्सवादी अध्ययन स्रोत केन्द्र पोखरा नेपालको भेलाले झलकपाणि तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको छ । केन्द्रको उपाध्यक्षमा दुर्गादत्त भण्डारी, सचिव डिल्लीराज ढुंगाना, सहसचिव दुर्गा भुजेल र कोषाध्यक्षमा कल्पना चिलुवाल छन् । संस्थाका सदस्यमा रवीन्द्र घिमिरे, राजेन्द्र पौडेल, परशुराम कोइराला, आरती अधिकारी र सीता नेपाली छन् । सल्लाहकारमा रामराज रेग्मी, हरि अधिकारी, तारा बराल, सावित्रा दुरा र नारायण अधिकारी छन् । संस्था अध्यक्ष रामराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्र अनुशासन… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं