कुमुदिनीमा नेपाली शब्दखेल प्रतियोगिता

पोखराको गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा आइतबार विद्यालयको वार्षिक कार्यतालिकाअनुसार अन्तरसदनात्मक प्राथमिक तह स्तरीय नेपाली शब्दखेल प्रतियोगिता सम्पन्न भएको छ।

कार्यक्रममा नीलो सदनका बिराट सिजापाटी, आविष्कार लामिछाने,जेशिका पंगेनी र वसन्त बरालको समूह प्रथम र पहेँलो सदनका अञ्जना नेपाली,सोइच्छा गुरुङ ,रञ्जिता गुरुङ र नस्विना गौतमको समूह द्वितीय भएका छन्।

विद्यालयको सह-प्राचार्य मनबहादुर भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक नवराज गरुङ समयपालक, शिक्षिका उषा गुरुङ अङ्कन र शिक्षिकाहरू रोशनी श्रेष्ठ र रजनी गुरुङ सहजकर्ताको भूमिकामा रहेको कुरा कार्यक्रम संयोजक सुरेन्द्र सदिच्छाले जानकारी दिनुभयो ।