समाचार

तामाङ बौद्धमा डा दिनेश सम्मानित

तामाङ बौद्ध सेवा समिति पोखराले डा दिनेश स्याङबो तामाङलाई सम्मान गरेको छ । तामाङले इटालीको सियाना विश्वविद्यालयबाट फाइभ जी प्रविधिमा विधावारिधि हाँसिल गरेका छन् । गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङ लगायतले उनलाई सम्मान गरेका हुन् । कुलपति गुरुङले सक्षम व्यक्तिलाई देशमै अडिइरहने वातावरण सृजना अहिले पनि नभएको भन्दै चिन्ता जनाए । हरेक क्षेत्रमा नातावाद र कृपावाद हावी रहेको सुनाउँदै उनले लाखौं खर्चेर अनेकन संघर्षले अध्ययन सकेर देश फर्केका युवालाई… पुरा पढौ

पुसमा मर्दी बेस क्याम्पमा बेपत्ता स्वेडेनीको अवशेष फेला

माछापुच्छ«े गाउँपालिकामा पर्ने मर्दी हिमालको बेस क्याम्पमा शुक्रबार मानव अवशेष फेला परेको छ । अवशेष पुस १४ गतेदेखि सम्पर्कविहीन २२ वर्षीय माइकल लिउको भएको खुलेको छ । कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले अवशेष लिउकै भएको पुष्टि भएको उल्लेख गर्नुभयो । “उहाँको परिवारले भेटिएका कपडाको ब्रान्ड, मोवाइल आदिको फोटो र भिडियोको आधारमा अवशेष लिउकै भएको पुष्टि गर्नु भएको छ,” थापाले भने । अवशेष ल्याउन आइतबार बिहान प्रहरी टोली त्यसतर्फ… पुरा पढौ

इन्जिनियर्स एसोसियसनको चुनावमा वामपन्थीको संयुक्त प्यानल

नेपाल इन्जिनियर्स एसोसिएसन गण्डकी प्रदेशको निर्वाचनमा नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) निकटका इन्जिनियरहरुले संयुक्त प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन् । शुक्रबार निर्वाचन अधिकृतको कार्यालयमा ३ दल निकट इन्जिनियरहरुले संयुक्त उम्मेदवारी दर्ता गराएका हुन् । प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल (पिन), नेपाल राष्ट्रिय इन्जिनियर संगठन (नियोन) र समाजवादी इन्जिनियरिङ एसोसिएसन (सिन) नेपालको तर्फबाट केन्द्रीय सदस्यमा राम चन्द्र पोखरेलको उम्मेदवारी दर्ता भएको छ । प्रदेश सभापतिमा महेन्द्रबहादुर गोदार,… पुरा पढौ

सिर्जनशील कलाकार समूहमा नयाँ नेतृत्व

सिर्जनशील कलाकार समूह कास्कीको २१ औं साधारणसभा तथा अधिवेशनले दलबहादुर(डिबी) गुरुङको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चुनेको छ । शनिबार भएको अधिवेशनबाट उपाध्यक्षमा झविन्द्र गुरुङ, महासचिव हेमकान्ति गुरुङ, सचिव निशान थापा र कोषध्यक्षमा रिकबहादुर गुरुङ छन् । सदस्यमा देवेन्द्र गुरुङ, शिव सिर्पाली, युवराज लामिछाने, सुदिन श्रेष्ठ, सुरेन्द्र अधिकारी र बाबुराम बस्ताकोटी निर्वाचित भएका छन् । अजय श्रेष्ठको संयोजकत्वमा विश्वेश्वर पराजुली, लोकप्रसाद गुरुङ र बुद्धि गुरुङ सदस्य रहेको निर्वाचन मण्डलले नयाँ समिति… पुरा पढौ

अम्बिकाको नयाँ तीजगीत सार्वजनिक (गीतसहित)

बाँडियो घर, बाँडियो खेतबाँडिएनन् आमाका दुःख बरी लै चेली र माइतीको सम्बन्धको पर्व तीज आउनुअघि नै तीजगीतहरु सार्वजनिक भइरहेका छन् । तीजमा आमाबा, दाजुभाइ हुनेहरु दुःख, संघर्ष र सुख माइती आएर साट्छन्, नहुनेले सुखदुःख साट्ने माध्यम तीजगीत बनेका छन् । सम्पत्ति बाँडिए पनि संघर्ष बाडिँदैन, गाउँठाउँ बन्जर हुँदै जाँदा आमाबाका दुःख पनि बाडिदैनन् । यही मर्मलाई तीजगीतमा ल्याएकी छन् अम्बिका भण्डारीले । बर्सेनि मौलिक तीजगीत बजारमा ल्याउने भण्डारीले यसपालि ‘बाँडिएन… पुरा पढौ

शब्द खेलमा रेन्बो प्रथम

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कास्कीले आयोजना गरेको शब्द खेल प्रतियोगिता पोखरा–१५ मा रहेको रेन्बो एकेडेमिक होम्स मावि प्रथम भएको छ । प्राथमिक तह स्तरीय प्रतियोगितामा दोस्रो बाल प्रभात मावि र तेस्रो केफ मावि बने । बिहीबार र शुक्रबार गरी दुई दिन भएको प्रतियोगितामा सबलाइम मावि, बेसलाइन मावि र जुनियर सिटिजन्स एकेडेमी सान्त्वना भएका छन् । हरेक विद्यालयका समूहमा तीन जना विद्यार्थी सहभागी थिए । प्रतियोगितामा विजयी विद्यार्थी… पुरा पढौ

पोउवा संघको महाधिवेशन भदौ अन्तिम साता

पोखरा उद्योग वाणिज्य संघको ७० औं वार्षिक साधारण सभा तथा ३५ औं अधिवेशनको मिति तय भएको छ । संघका अध्यक्ष पवनकुमार प्रजापतिको अध्यक्षतामा मंगलबार बसेको संघको २६ औं कार्यसमिति बैठकले भदौ २८ र २९ गते महाधिवेशन गर्ने निर्णय गरेको हो । महाधिवेशनअन्तर्गत भदौ २९ गते हुने निर्वाचन कार्यक्रमको लागि पूर्वअध्यक्ष कृष्णमोहन श्रेष्ठलाई निर्वाचन संयोजकको जिम्मेवारी प्रदान गरिएको छ। निजी क्षेत्रको प्रतिनिधिमूलक एवं पोखराको जेठो सामाजिक संस्थाको रुपमा परिचित संघको महाधिवेशन… पुरा पढौ

मानव बेचबिखन कम गर्न सचेतना

राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिले सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामसँगको सहकार्यमा मानव बेचबिखन कम गर्न सचेतना कार्यक्रम गरेको छ । पोखरा–५, मालेपाटनमा रहेको वाराहि माविमा कक्षा १२ का ६० विद्यार्थीलाई मंगलबार प्रशिक्षण दिइएको छ । अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्ध दिवसको अवसरमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्की सामुदायिक शाखा इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक होतबहादुर रोकाहाले मानव बेचबिखनसम्बन्धी प्रशिक्षण दिएका थिए । कार्यक्रममा सामुदायिक सेवा केन्द्रका पदाधिकारी,… पुरा पढौ

शिवालय माविमा अनियमितता भएको विद्यार्थी-अभिभावकको आरोप

पर्वतको सदरमुकाम कुश्मा नगरपालिका ६ स्थित शिवालय मावि बगैचाका विद्यार्थीले विद्यालयको खस्कदो शैक्षिक गुणस्तर र त्यहाँको आर्थिक भ्रष्टचारबारे खुलासा गरिदिएका छन् । विद्यार्थीले कुनै बेला देशकै नमूना बनेको शिवालय माविको खस्किदो शैक्षिक गुणस्तर र भएका आर्थिक भ्रष्टाचारबारे प्राधानाध्यापक भूपेन्द्र चापागाईलाई ८ बुँदे पत्र बुझाएका छन् । विद्यार्थीले शैक्षिक गुणस्तर वृद्धि गर्न भनी राष्ट्रपति शैक्षिक सुधार अन्तर्गत नेपाल सरकारबाट प्राप्त रकमको प्रयोग गर्न ढिलासुस्ती आर्थिक अनियमिताकै कारण भएको दाबी गर्दै विज्ञान… पुरा पढौ

स्कुल बस दुर्घटनाः छानबिन समिति गठन

पोखरा महानगरपालिका वडा नं.२१ छरछरेमा सोमबार भएको एलपी देवकोटा मेमोरियल स्कुलको बस दुर्घटना सम्बन्धमा छानबिन गर्न पोखरा महानगरपालिकाले छानबिन समिति गठन गरेको छ । नगर प्रमुख धनराज आचार्यको निर्देशनमा शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यको संयोजकत्वमा ७ दिन भित्र प्रतिवेदन पेस गर्ने गरी छानबिन समिति गठन गरिएको हो । समितिमा उपसचिव कृष्णप्रसाद तिवारी, महानगरिय प्रहरी बलका प्रमुख पुरुषोत्तम थापा र मेकानिकल इन्जिनियर सरोज चालिसे सदस्य रहनुभएको छ भने, समितिको सदस्य सचिवमा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं