पोखरा बहुमुखी क्याम्पसले आयोजना गरेको जील्लास्तरिय अन्तरमावि छात्रा भविबल प्रतियोगितामा पश्चिमाञ्चल मा बि बिजयी भएको छ ।
आज बिहान भयेको फाइनल म्याचमा न्यु ग्यालेक्सी मा बि का विरुद्ध पश्चिमाञ्चल बिजयी भयेको हो । पोखरा बहुुमुखी क्याम्पस खेलकुद मैदानमा शुक्रबार देखि शुरु भएको उक्त प्रतियोगीतामा कास्की जील्लाभरका २३ बिद्यालयले प्रतिस्पर्धा गरेका थिए ।
उक्त स्पर्धाबाट क्वाटर फाइनल मा पुगेका पश्चिमाञ्चल मावि, गुरुकुल बिद्यासदन, शान्ता मावि , मदरल्याण्ड, करुणानिधि एजुकेशन फाउण्डेशन, तालबाराही, कन्या क्याम्पस, र न्यू ग्यालेक्सी मध्यबाट हिजो भयेको खेल मा पश्चिमाञ्चल मावि र ग्यालेक्सी माबि सहित मदरल्याण्ड माबि र करुणानिधि एजुकेशन फाउन्डेसन सेमिफाइनल मा पुगेका थिए ।
आइतबारनै भयेको सेमीफाइनल बिच को स्पर्धा बाट पश्चिमाञ्चल र ग्यालेक्सी फाइनलमा पुगेका हुन ।
येसैबिच क्याम्पसले सोमबार एक विशेष समारोहको आयोजना गरि बिजयी पश्चिमाञ्चल मा बि र दित्तीय हुन सफल ग्यालेक्सी मा बि लाई पुरस्कृत गरेको छ ।
बिजयी विद्यालय तथा खेलाडीहरुलाई पोखरा बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष नरेन्द्रमान लालचनले नगद, प्रमाणपत्र, मेडल तथा शिल्ड प्रदान गर्नुभएको थियो ।
क्याम्पसमा बिद्यार्थीको चौतर्फी विकासका लागि अतिरिक्त क्रियाकलाप अन्तर्गत पोखरा बहुमुखी क्याम्पसले बिभिन्न समयमा बिभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।
यसै अन्तर्गत खेलकुदमार्फत बिद्यार्थीको व्यक्तित्व र नेतृत्व विकासगर्न प्रोत्साहन गर्ने उद्देश्यले छात्रा भलिबल प्रतियोगिता आयोजना गरिएको पोखरा बहुमुखी क्याम्पसका क्याम्पस प्रमूख शिशुकला पराजुलीले बताउनुभयो ।
पोखरा बहुमुखी जील्ला स्तरिय अन्तरमावि छात्रा भलिबलमा बिजयी पुरस्कार समारोहको अध्यक्षता क्याम्पस प्रमुख शिशुकला पराजुलीले गर्नुभएको थियो । कार्यक्रममा उक्त प्रतियोगिता का संयोजक बिनोदराज आचार्य, क्याम्पस अतिरिक्त क्रियाकलाप प्रमुख दिल तमु र सह प्राध्यापक निलिमा हिराचन लगायतले बोल्नुभयेको थियो ।
प्रतियोगीताका लागि बिलड्रीम इन्जनियरिङ प्राली, नरु गुरुङ, मारवाडी भोजनालय प्राली, र रामकृष्ण तथा सुजा वास्तोला लगायतका व्यक्ति तथा संस्थाहरुले प्रायोजन गरेका छन् । क्याम्पसले प्रत्येक वर्ष अन्तर बिद्यालय स्तरिय छात्राभलिबल प्रतियोगीता आयोजना गर्दै आइरहेको छ ।