समाचार

टिकटकमाथिको प्रतिबन्ध हट्यो

सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटाएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले टिकटक प्रतिबन्ध हटाउने निर्णय गरेको हो । एक मन्त्रीका अनुसार टिकटक कम्पनी तीन महिनाभित्र नेपाल सरकारले दिएका सर्तहरू पुरा गर्न भनिएको छ । सामाजिक सद्भाव भड्काएको भन्दै १० महिनाअघि तत्कालीन पुष्पकमल दाहाल सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । रकारले बन्द गरेपछिप्रयोगकर्ताले भने भीपीएन र ओपन डीएनएसको सहयोगमा टिकटक चलाउँदै आएका थिए । यसले अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत गरेको… पुरा पढौ

नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन हुँदै

आगामी असोज ४ र ५ गते नेपालमा पहिलोपटक हुन लागेको अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलनको तयारी तीव्र रूपमा अघि बढेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । सम्मेलन नेपाल प्रज्ञा-प्रतिष्ठान, नेपाल बालसाहित्य समाज र रूम टु रीडको संयुक्त आयोजनामा हुन लागेको हो । अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजक समितिका संयोजक, नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति एवम् बालसाहित्य विभागका प्रमुख विमलकृष्ण श्रेष्ठले सम्मेलनले बालसाहित्य सम्बन्धी प्राज्ञिक बहसलाई अघि बढाएर नेपाली बालसाहित्यको… पुरा पढौ

शिवरामले बनाइदिए जानकीमा अक्षयकोष

पोखरा महानगरपालिका वडा नम्बर १७ का वडा सदस्य शिवराम भण्डारीले आफूले पाएको तलव, सुविधाबाट सरकारी स्कुलमा अक्षयकोष बनाएका छन् । पोखरा–१७, महतगौंडाको जानकी माविमा उनले ५ लाखको अक्षयकोष स्थापना गरेका हुन् । विद्यालयको ४४ औं वार्षिकोत्सवमा उनले ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिने घोषणा गरेका थिए । त्यही घोषणा बमोजिम शिवरामले प्रधानाध्यापक अर्जुन कँडेललाई उक्त रकमको चेक बिहीबार हस्तान्तरण गरेका हुन् । आफूले पाएको दुई वर्षको सुविधामा रकम थप गरी… पुरा पढौ

राम विनयको पुनर्जन्म प्रकाशित

प्रगतिवादी साहित्यकार राम विनयको नवौं पुस्तक पुनर्जन्म प्रकाशित भएको छ  । कोभिड महामारीको समयमा आफ्ना पिता तथा दुइ भाइहरुको मृत्यु भएको राम विनयको परिवारमा सबैलाई कोभिड भएको थियो  ।  लेखक राम विनय कोभिडको कारण गम्भीर भएर झन्डै तीन हप्ता अस्पताल बस्नु परेको थियो  ।  आइसीयुमा जीवनका अन्तिम सास फेर्दै बाँचेका राम विनयले अत्यन्तै कारुणिक संस्मरण लेखेका छन्  ।  आफ्नो परिवारमा भएको बज्रपात तथा आफुले सहनु परेको पीडाबारे उनले आफूलाई निचोरेर… पुरा पढौ

गीताञ्जली साहित्य रत्न कल्याण र रूना साहित्य पुरस्कार असफललाई

गीताञ्जली साहित्य परिवार पोखरा–११, रामघाटद्वारा सञ्चालित गीताञ्जली साहित्य रत्न पुरस्कारबाट साहित्यकार कल्याण पन्त पुरस्कृत हुने भएका छन् । उक्त पुरस्कारबाट यसअघि तेजनाथ घिमिरे, डा. जगमान गुरुङ, तारानाथ पाखे, डा. नारायणप्रसाद अधिकारी, रुद्रबहादुर थापा, प्रा.डा. कुसुमाकर न्यौपाने, प्रा.डा. जगन्नाथ रेग्मीलगायत सम्मानित भइसकेका छन् । संस्थाद्वारा सञ्चालित मुक्तकविधा केन्द्रित रुक्मिना नारायणदत्त (रुना) साहित्य पुरस्कार असफल गौतमलाई अर्पण गरिने भएको छ । उक्त पुरस्कारबाट यस अघि रत्न शमशेर थापा, शंकर ज्ञवाली र लक्ष्मण… पुरा पढौ

कवि सिर्जना अर्यालकाे नाट्य कृति लाेकार्पित

नारी प्रतिभा वाङ्मय प्रतिष्ठान पाेखराकाे आयाेजनामा कवि सिर्जना अर्यालकाे नाट्यकृति "मुर्दाघर" एक समाराेहका बिच गण्डकी प्रज्ञा प्रतिष्ठानकाे सभाहलमा लाेकार्पित भएको छ।साथै कवि अर्यालकाे एकल वाचन समेत सम्पन्न भएको छ। गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान गुरुङकाे प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा पाेखराका कवि तथा साहित्यिक स्रष्टाहरुकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे।कार्यक्रममा बाेल्दै प्रमुख अतिथि कुलपति गुरुङले भने - "साहित्य सिर्जना गरेर बाँच्नु आनन्ददायक हुन्छ।त्यसैले साहित्यिक कार्यक्रममा मलाई सधैं जाऊँजाऊँ लाग्छ।" कार्यक्रममा बिशेष अतिथिका… पुरा पढौ

‘भिर्नी झोलामा’की गायिका लामिछानेको तीजगीत (भिडियो)

बहुचर्चित लोकदोहोरी गीत 'भिर्नी झोलामा'की गायिका सरस्वती लामिछाने नयाँ तिज गीत 'सैनाले दिएको ऐना' लिएर आएकी छन् । लामिछानेको एकल स्वर रहेको गीतको शब्द र संगीत शिव हमालको रहेको छ भने एरेन्ज कृष्ण केसीको रहेको छ । गीत गायिका लामिछानेको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । गीतमा गाउँली चेलीकोे व्यथालाई प्रस्तुत गरिएको छ । माइतीघरमा छँदा दुध र दही नखाएकी चेलीले घरमा मोही खाना नपाएको, श्रीमान जड्याहा परेको, सासूससुराले… पुरा पढौ

नेपाली भाषा शिक्षक परिषद्काे माविस्तरीय हिज्जे प्रतियाेगिता

`भाषा सभ्यताको संवाहक हो´भन्ने मूल मन्त्रका साथ स्थापना भएर नेपाली भाषा शिक्षणसँग सम्बन्धित विभिन्न शिक्षक केन्द्रित र विद्यार्थीकेन्द्रित कार्यक्रमका साथै भाषिक अनुसन्धानमुलक कार्य गर्दै आएको नेपाली भाषा शिक्षक परिषद्, कास्की, नेपालले श्रावण २५ र २६ गतेका लागि आयोजना गरेको माध्यमिक तह स्तरीय नेपाली हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । कास्की प्याब्सनको सभाहलमा सम्पन्न उक्त प्रतियोगिताबाट जम्मा सहभागी ५९ थिए । प्रतियोगितामा न्याश्नल इन्भे न्टिभ मावि प्रथम, भाष्कर मा.वि.द्वितीय, ग्लोबल कलेजियट… पुरा पढौ

यी हुन् हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउने ५ जना

एयर डाइनेस्टीको कल साइन ९ एन–एजेडी हेलिकप्टर दुर्घटनामा पाइलटसहित पाँचजनाको मुत्यु भएको छ । आज दिउँसो १ः५४ बजे भक्तपुरको नलिन्चोकबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडान भरेको हेलिकप्टर दिउँसो २ः१४ बजे नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौरमा दुर्घटनाग्रस्त भएको थियो । हेलिकप्टर दुर्घटनामा परी पाइलट अरुण मल्लसहित चार चिनियाँ (तीन पुरुष र एक महिला) नागरिकको मृत्यु भएको हो । नेपाल नागरिक उड््डयन प्राधिकरणका अनुसार मृत्यु हुनेमा पाइलट मल्ल र चिनियाँ नागरिकहरू जुताड ताङ,… पुरा पढौ

पोखरा सेन्ट्रल सेन्चुरीको रक्तदान

लायन्स क्लब अफ पोखरा सेन्ट्रल सेन्चुरीले बुधबार आयोजना गरेको रक्तदानमा ४२ युनिट रगत संकलन भएको छ । लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एम नेपालका ब्लड डोनेसन डिपार्टमेन्ट हेड विष्णुप्रसाद सुवेदीले रिजन १ का रिजन चियर पर्सन लक्ष्मी कोइरालालाई ब्लडब्याग हस्तान्तरण गरी रक्तदान सुरुआत गरेका थिए । ब्लड डोनेसन डिपार्टमेन्ट हेड सुवेदीले रगतको विकल्प रगत नै भएकाले समय समयमा रक्तदान गरी जीवन रक्षा गर्ने दायित्व निर्वाह गर्न आग्रह गरे । कार्यक्रममा क्लस्टर… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं